• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४५ मिनेट 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ७ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

अस्पताल सुधारका लागि सङ्घर्ष समिति गठन

  •  बिहिबार, असोज ०४, २०८० मा प्रकाशित

सिरहा । सिरहाको लहानस्थित प्रादेशिक अस्पतालको सेवा प्रवाह र प्रशासनिक सुधार ल्याउन भन्दै अस्पताल सुधार सङ्घर्ष समिति गठन भएको छ ।

बिरामीको उपचारमा लापरवाहीदेखि करार सेवाका कर्मचारी भर्ना, उपकरण खरिदमा अनियमितता र सवारीसाधनको दुरुपयोग बढेको भन्दै स्थानीय सत्यनारायण यादवको संयोजकत्वमा विभिन्न पेसा व्यवसायमा संलग्न युवा आबद्ध रहेको २१ सदस्यीय अस्पताल सुधार सङ्घर्ष समिति गठन गरिएको हो ।

सङ्घर्ष समितिले गत २०७९ साउन र चैतमा सङ्घीय सरकारको चार र प्रदेश सरकारको २५ गरी २९ वटा सिटमा करार सेवाका कर्मचारी भर्ना गर्दा अनियमिमता भएको, अस्पतालमा ल्याब हुँदाहुँदै बिरामीले बाहिरबाट ल्याब जाँच गराउनुपर्ने, प्रसूति गराउन आउने महिलालाई त्रास देखाउँदै निजी स्वास्थ्य संस्थामा पठाएर कमिसन खाने गरेको पाइएको आरोप लगाएको छ ।

“अस्पताल व्यवस्थापन लथालिङ्ग रहेको अवस्था छ । विपन्न आर्थिक अवस्थाका महिला प्रसूति गराउन आउँदा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्छ भन्दै त्रास देखाएर निजीमा जान बाध्य पार्ने गरिएको जनगुनासो छ”, संयोजक यादवले भन्नुभयो, “डायलायसिस मेसिन र अक्सिजन प्लान्ट कैयौँ महिनादेखि बन्द छ । बिरामीले सस्तो र गुणस्तरीय उपचार सेवाबाट बञ्चित हुनु नपरोस् भनी सुधारका लागि प्रयास गरिएको हो ।”

समितिले दाता परिवारबाट अस्पतालले चर्चेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन र प्रदेश सरकारले फेरेको अस्पतालको नाम साविककै कायम राख्न पनि प्रयास गर्ने संयोजक यादवले बताउनुभयो ।

अस्पताल सरकारी, जग्गा दाताको नाममा

आफ्नो परिवारको दिवङ्गत सदस्यको स्मृतिमा लहानका व्यापारिक घराना मुरारका र शारडा परिवारले सिराहा, सप्तरीको पश्चिमी तथा दक्षिणी भेग र उदयपुरको दक्षिणी भेगका बिरामीलाई लक्षित गरी जग्गासहित विसं २०३५ मा भवन निर्माण गरी तत्कालीन श्री ५ को सरकारलाई हस्तान्तरण गरेको थियो । त्यतिबेलादेखि नै रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालको नाममा सञ्चालन हुँदै आएको अस्पताल १ पुस २०७८ को प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयबाट नाम परिवर्तन गरी प्रादेशिक अस्पताल नामकरण गरेपछि दाता परिवार रुष्ट बन्दै आएको छ ।

अस्पतालको नाम फेरिएपछि दाताकै नाममा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा अस्पतालले सेवा विस्तार गर्न नसकेको अस्पताल प्रशासनले गुनासो गर्दै आएको छ । यता जग्गादाताले भने अस्पतालको नाम पुरानै कायम गरी मुरारका र शारडा परिवारको नाम र पहिचान हुनुपर्ने माग गर्दै आएको छ ।

भवनसहित कर्मचारी, सेवा सुविधा सरकारी हुँदाहुँदै जग्गा व्यक्तिको नाममा हुँदा विगत ३९ वर्षदेखि अस्पतालमा स्वीकृत १५ शय्या भए पनि अस्पताल व्यवस्थापन समिति र प्रशासनले ४७ शय्या थप गरेर ६२ शय्या सञ्चालन गर्दै आएको छ । रासस

बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.