जनकपुरधाम ।मधेश प्रदेशको ७ वटै प्रादेशिक अस्पतालमा एक महिना भित्रमा नै विशेषज्ञ सहितको आँखाको उपचार सेवा शुरु गरिन लागेको बताउनुभएको छ ।
जनकपुरधाममा आँखा उपचार सम्बन्धी कार्यक्रममा प्रदेश सरकारले मधेशमा स्वास्थ्यको अवस्थामा सुधार गर्न दरबन्दी अनुसारको चिकित्सक व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो ।
स्वास्थ्यमन्त्री सिंहले प्रदेशको पुराना सबै प्रादेशिक अस्पताललाई एक सय बेडमा रूपान्तरण गर्नुका साथै सप्तरीको भारदह, धनुषाको डुमरिया, पर्साको पोखरिया तथा सर्लाहीको बरहथवामा स्थापना भएका नयाँ अस्पताललाई ५० बेडमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
