• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बीमाका बिरामीलाई एक महिनाको मात्र औषधि वितरण गरिँदा अस्पतालमा भीड

  •  मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित

चितवन । स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनाको मात्रै प्रदान गर्न लागिएको हो ।

एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ । बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ । दीर्घरोगीहरू आफँैमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ । यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ । गत असोज ४ गते एकैदिन अस्पतालमा दुई हजार नौ सय ४० जना बिरामी आएका थिए । तीमध्ये दुई हजार सात सय नौ बिरामीले बहिरङ्ग सेवामा र दुई सय ३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

माडी नगरपालिका–४ की गोमादेवी चापागाईँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आउनुभएको थियो । सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बस्नुभएकी उहाँले टोकन लिँदा दुई सय नम्बर पर्यो । बीमाबाट पाउने औषधि लिनका लागि आएका बिरामीको लाइन लामो लाग्ने गरेको छ ।

मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आउनुभएकी उहाँ महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुई–तीन महिनाको औषधि लिन पाए यो हैरानी व्यहोर्नुपर्ने थिएन ।” घरमा बुढाबुढीमात्रै भएको भन्दै ६५ वर्षीया चापागाईँले औषधि लिनका लागिसमेत समस्या हुने गरेको बताउनुभयो । “एक महिना कति चाँडो जान्छ, जान्छ”, उहाँले थप्नुभयो । माडी चितवन राष्ट्रिय निकुञ्ज पार गरेर आउनु पर्दछ । माडी आउन जान मात्रै रु चार सयभन्दा बढी बसभाडा लाग्छ ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आउनुभएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झन्झट भएको बताउनुहुन्छ । अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

“लाइन बस्यो औषधि लिनका लागि १ः०० बज्छ”, उहाँले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अस्पतालमा बिरामीको चाप घटाउनका लागि पनि बीमाबाट पाउने नियमित सेवन गर्ने औषधि तीन महिनाको दिनुपर्छ ।” अस्पताल प्रशासनलाई नियमित भन्दासमेत नसुन्ने गरेको उहाँको गुनासो छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट बिरामी आमा लिएर आउनुभएका राजेश लामा आमालाई लिएर लाइनमा हुनुहुन्थ्यो । बयासी वर्षीया आमाको नियमित परीक्षण र औषधि सेवन गर्नुपर्ने भएकाले उहाँले बिरामी नै लिएर अस्पताल आउनुभएको हो । मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलको नियमित औषधि सेवन गर्नुपर्ने लामाले बताउनुभयो ।

अस्पतालमा बिरामीको चाप बढ्नुको कारण बीमाबाट पाउने औषधि लामो समयका लागि नदिनु रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि हिजो लगेजस्तो लाग्छ । केही दिनमै सकियो भन्नुहुन्छ । अनि बिरामी लिएर आउनुपर्यो । भीड बढ्ने नै भयो ।”

अस्पतालमा आइतबारमात्रै बहिरङ्ग सेवामा दुई हजार चार सय ९४ जनाले सेवा लिएका थिए भने आकस्मिक कक्षमा दुई सय ४५ जनाले सेवा लिएका थिए । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लीलाधर पौडेलले अस्पतालमा आउने आधा बिरामी नियमित औषधि खाने रहेको बताउनुभयो । उहाँको भनाइमा दुई महिनाको लागि मात्रै औषधि दिँदासमेत ४० प्रतिशत बिरामी घट्छन् ।

अस्पतालमा आउने बहिरङ्ग सेवाका बिरामीमध्ये ७० प्रतिशत बीमाका बिरामी छन् । उहाँले थप्नुभयो, “बीमाका बिरामीलाई तीन महिनाको औषधि दिन सकेमा अस्पतालको भीड धेरै घट्छ ।” यसले अस्पताल व्यवस्थापन र बिरामीले पाउँदै आएको झन्झट घट्ने उहाँको भनाइ छ ।

भीडलाई व्यवस्थित गर्नका लागि अस्पताल प्रशासनले औषधि फार्मेसी काउन्टर थप्दै लगेको छ । यस्तै टिकट काउन्टरसमेत थप्दै लगिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बिरामीको चापअनुसार कर्मचारी व्यवस्थापन गर्दै आइएको उहाँले बताउनुभयो । अस्पतालबाट दिइने सेवाप्रति जनताको विश्वास बढ्दै जाँदा बिरामीको चाप बढेको उहाँको भनाइ छ । नियमित औषधि सेवन गर्ने बिरामीलाई बीमा बोर्डले लामो समयको औषधि नदिँदा चाप बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनासम्मको औषधि दिन मिल्ने भए चाप केही कम हुने थियो ।

बीमा बोर्डले पत्र पठाएर एक महिनाभन्दा बढी समयका लागि औषधि नदिन भनेपछि सोहीअनुसार गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले निर्देशकसँग मौखिकसमेत कुराकानी गरेँ, सम्भव छैन भनेपछि एक महिनाका लागि मात्रै औषधि दिइएको हो ।” उहाँले बोर्डले दाबी स्वीकार नगर्ने भएपछि बाध्य भएर एक महिनाको मात्रै औषधि दिँदै आएको बताउनुभयो ।

केही महिनाअघिसम्म अस्पतालमा दुई महिनाका लागि औषधि वितरण गर्ने गरिएको थियो । भीड बढेपछि अस्पतालले तीन महिनाका लागि औषधि दिन सुरु गर्यो । यससँगै बोर्डले पत्राचार गरी नियमसङ्गतरूपमा एक महिनाका लागि मात्रै औषधि दिन पत्राचार गरेको थियो । बीमा कार्यक्रममा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा रहेको छ । बीमा दाबी अस्वीकृत दर निकै न्यून भएकाले वार्षिकरूपमा अस्पतालले पाउने रकम अन्यको तुलनामा धेरै छ । रासस

मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.