• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५३ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५६ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५९ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

घुँडाको निःशुल्क प्रत्यारोपण

  •  बिहिबार, असोज १८, २०८० मा प्रकाशित

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ ।

थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला नामक परियोजनाअन्तर्गत लुम्बिनी क्षेत्रका ३२ बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो । लुम्बिनीस्थित राजकीय थाई विहारको समन्वय र थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा किराती सि वानिचको पहलमा बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा घँुडा प्रत्यारोपण स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा सोमबार १४ र मङ्गलबार १६ बिरामीको घुँडाको सल्यक्रिया गरिएको थियो ।

घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जनासहित ४५ जनाको टोली थाइल्याण्डबाट आएको थियो । ‘मानवताका लागि प्रेम’ नाराका साथ स्थापित थाइल्याण्डको सिरीराज अस्पताल एक सय ३५ वर्ष पुरानो हो । सिरीराज अस्पतालका प्रा डा किरातीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गरेका हुन् ।

घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीको उत्साहका लागि बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्याण्डका धर्मगुरु र चिकित्सकको पहलमा पहिलोपटक स्वास्थ्य शिविर गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले थाइल्याण्डको चिकित्सक टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचार गरेर ठूलो योगदान दिएको बताउनुभयो । उहाँले बुुद्धको उपदेश नै मानवसेवा भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिकरुपमा विपन्नलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकामा थाइल्याण्डका बौद्ध ध्यान गुरु भिक्षु सुधर्मले खुसी व्यक्त गर्नुभयो ।

नेपालमा स्वास्थ्य शिविर सञ्चालनका समन्वयकर्ता भिक्षु फ्रा अनिल सुगन्धले भगवान बुद्धकै कारण थाइल्याण्डका सुधर्मगुरु र सिरीराज अस्पतालका चिकित्सक प्रोफेसर किरातीको अगुवाइमा स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताउनुभयो । उहाँका अनुसार डा किराती नेतृत्वको बुद्धको पहिलो पाइला परियोजनाले थाइल्याण्डका पनि ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोचअनुसार पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताउनुभयो । लुम्बिनी आएर बिरामीको उपचार गर्न पाउँदा निकै खुसी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा किराती सि वानिचले बताउनुभयो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगको निःशुल्क उपचार सेवा स्थानीयले पाएको बताउनुभयो । उहाँले लुम्बिनी र बुद्धसँग जोडेर विहारले यस्ता कार्यक्रम बढाउनुपर्ने बताउनुभयो । सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा सुबोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महँगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफूको अस्पतालमा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । रासस

बिहिबार, असोज १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.