• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

मुगुको दुर्गम गाउंँमा प्रसुति गृह

  •  बिहिबार, असोज १८, २०८० मा प्रकाशित

मुगु । सुन्दा अचम्म लाग्ने एउटी आमा १६ पटक सुत्केरी हुनु चानचुने कुरा होइन । स्थानीय बाम गाउँकी ७० वर्षीया बदमकला बुढा सुत्केरी हुँदाको पीडा यसरी सुनाउनुहुन्छ, “म १६ पटक सुत्केरी भएँ तर पाँच बच्चा मात्र बाँचे, यस्तै सुत्केरी हुन्या अस्पताल, डाक्टर भइदिएका भए मेरा सबै सन्तान बाँच्थे होलान् ।”
उहाँ भन्नुहुन्छ, “त्यो बेला हामीले राम्रोसँग खान र बस्न पाएनौँ हिँड्दाहिँड्दै र काम गर्दागर्दै कतिचोटी सुत्केरी भयाँै, कति पीडा भोग्यौ भन्नर साध्य छैन ।”

जिल्ला सदरमुकाम गमगढीबाट नजिकै रहेका तर सदरमुकामकै दुर्गम गाउँ छायाँनाथ रारा नगरपालिका–१४स्थित बाम गाउँमा प्रसूति गृह बनेपछि बदमकला आफूले विगतमा आफूले भोगेकोजस्तो पीडा अबका सन्ततीले व्यहोर्नु नपर्ने भएकामा खुशी हुनुभयो ।

गुड नेवर्स इन्टरनेशल र कोरियाली सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपालको साझेदारीमा छायाँनाथ रारा नगरपालिका–११ रोवा र वडा नं १४ बाम गाउँमा प्रसूति गृह बनेपछि स्थानीयवासी खुसी भएका छन् । सोही गाउँका ६५ वर्षीय चन्द्रबहादुर बढुवाल पनि आफू छिटो जन्मेकामा पछुतो लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा श्रीमती सुत्केरी हँुदा धेरैपटक आफ्ना बालबच्चाको मृत्यु भएको र श्रीमती पनि झण्डै मरेर बाँचिन । रगत धेरै बग्यो बल्लबल्ल उनी बाँचिन । अहिले भएको भए सबै सुविधा पाइने रहेछ, त्यसैले आफूलाई पछुतो लागेको हो ।”

वडा नं ११ रोवा गाउँकी विनसरा बुढा भन्नुहुन्छ, “गाउँमा गर्भवती भए र प्रसव पीडा लागे महिला दिदीबहिनीहरु कष्ट सहेर पनि बाँच्दथे । अस्पताल जान टाढा भएकाले घरकाले पनि दुःख पाउने हुँदा जति पीडा भए पनि गाउँमै सुत्केरी हुने गर्दथे । रगत बगेर, बच्चा उल्टो बसेर र सालनाल खस्न नसकेर कति आमा तथा बच्चाको मृत्यु भयो यकिन छैन, गर्भवतीदेखि सुत्केरी हँुदासम्मका पीडा सम्झने हो भने महिला भएर कुनै पनि जुनीमा जन्मनु नपरोस्जस्तो लाथ्यो।”

रोवा प्रसूति गृहका जग्गादाता रामबहादुर बुढा आफ्नी श्रीमतीले सुत्केरी हुँदा साहै्र पीडा भोग्नुपरेको र गाउँमा सुत्केरी हुन नसकेर कैयाँै आमा तथा बच्चाको मृत्यु भएकाले अब आफ्ना गाउँका महिलाले यस्तो पीडा भोग्नु नपरोस् भनेर नै सुरक्षित गर्भ जाँच तथा गाउँमै सुत्केरी गराउन सहज होस् भन्ने उद्देश्यले प्रसूति गृहका लागि निःशुल्क जग्गा उपलब्ध गराएको बताउनुहुन्छ ।

आमा तथा बालस्वास्थ्य कार्यक्रमकी जिल्लाप्रोजेक्ट म्यानेजर मिस लैला मुगुजस्तो विकट जिल्लामा शैक्षिक क्षेत्रमा काम गर्दैगर्दा सुविधा सम्पन्न अस्पताल नपाएर कैयौँ मुगालीले दुःख पाएको देखेर पहिलो चरणमा जिल्ला अस्पतालका लागि भौतिक संरचना बनाएर आवश्यक उपकरण सहयोगस्वरुप उपलब्ध गराइएकोे सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँका विकट गाउँमा आफू घुम्दै गर्दा सालनाल नझरेर, बच्चा अड्किएर, उल्टो बसेर, रक्तस्राव भएर महिला तथा बच्चा कैयौँको अकालमा ज्यान गएको देख्दा मन कटक्कै काटिथ्यो । त्यो बेला सोच्दथे कि गाउँमै ठूलो चिकित्सकीय सेवा नभए पनि सामान्य जटिल अवस्थाको प्रसूति र गर्भजाँच सेवा दिनसक्ने प्रसूति गृह बनाउनसके मात्र पनि कैयौँ आमा र बच्चालाई बचाउन सकिन्थ्यो । यो विषयमा कोइका र गुडनेवर्ससँग किन कुरा नगर्ने भन्ने सोचेर कुरा गर्दा सहजै सहमति जुटेकाले आमा तथा बालस्वास्थ्य कार्यक्रम सुरु गर्न सकियो ।

प्रसूति गृहमा सुत्केरी मात्र नभएर गर्भ अघिका जाँच गराउन र नवजात शिशुलाई नियमित खोप लगाउन सहज होस् र समयमै गुणस्तरीय प्रसूति सेवामार्फत् प्रसूति हुँदा आमा तथा बालबालिकाको मृत्युदर घटाउन सकियोस् भनेर आमा तथा बाल स्वाथ्य कार्यक्रमअन्तर्गत् नगरपालिका भित्रका बाम, रोवा र कोटिल्ला गाँउमा प्रसूति गृह बनाएर नगरपालिकालाई हस्तान्तरण गरिसकिएको र कोटिल्लामा भने निमार्णाधिन अवस्थामा रहेको गुड नेवर्स ईन्टरनेशलका परियोजना संयोजक खेमबहादुर रोकाया उल्लेख गर्नुहुन्छ । बनेका प्रसूति गृह, निमाणाधिन प्रसूति गृह र उपलब्ध गराइएका उपकरणहरू नेपाल सरकारको निर्देशिकाअनुसारको भएको पनि उहाँको भनाइ छ । तीनवटै प्रसूति गृह निमार्णमा रु एक करोड ९३ लाख र वथिङ्ग सेन्टर ईक्युपमेण्टका लागि रु २१ लाख खर्च भएको बताइएको छ ।

साझेदारी सस्था किडार्क नेपालका जिल्लास्थित कार्यक्रम संयोजक टेकबहादुर शाही कोईका र गुडनेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र आफ्नो सस्थाको साझेदारीमा जिल्लामा आमा तथा बाल स्वास्थ्य कार्यक्रम संचालन भैरहेको र सोही कार्यक्रमको लक्ष्यअनुसार सुरक्षित प्रसूति सेवा र आमा तथा बालबालिको स्वास्थ्यमा सुधार, मातृ तथा शिशु मृत्युदर घटाउन विभिन्न कार्यक्रम संचालन हुँदै आइरहेको बताउनुहुन्छ । उहाँका अनुसार समुदायलाई आमा तथा बाल स्वास्थ्य र सुरक्षित प्रसूतिबारे बुझाउन देउडा खेलाउने, सडक नाटक गर्ने,विद्यालय शिक्षा तथा विभिन्न प्रतियोगिता गराउनेदेखि महिला स्वास्थ्य स्वयंसेविकालाई प्रयोग गरेर नियमित आमा तथा बच्चाको स्वास्थ्य जाँच, नियमित खोप, प्रसूति पूर्वका गर्भजाँच, पोष्टिक खानपान र स्याहारबारे बुझाउन घरघरमा भेटघाट गर्ने गदै आइएको र पढेलेखेकाहरुले सहजै बुझुन भनेर मर्यादित महिनावारी, गणस्तरीय प्रसूति तथा आमा र बालबालिको स्वास्थ्यबारे जानकारीमूलक ब्रोसर प्रकाशन गरी गाँउटोल र विद्यालयमा वितरण गरिँदै आइएको छ ।

सदरमुकामदेखि दूरदराजमा रहेका गाँउमा दातृ निकायले प्रसूति गृह मात्र बनाएका होइनन् आमा र बच्चा बचाउन भगवान् नै बनेका हुन् भन्नुहुन्छ, वडा नं ११ का वडाध्यक्ष कुन्जुमा कुमाई। गाँउमा समयमै उपचार नपाएर आमा र बच्चाहरु अकाल मै मर्ने गरेकाले हामीले प्रसूति घर बनाउनका लागि कतिचोटी सरकारी तथा गैरसरकारी निकायलाई गुहा¥याँै तर कहिल्यै सुनवाइ भएन, काईका नेपाल र गुडनेवर्स ईन्टरनेशनलले हाम्र्रो पीडा बुझ्यो र अहिले आमा तथा बालबालिका लाभान्वित हुन पाए भने प्रसूति गृह स्थापनाले गाँउलेहरुको समय र पैसा बचत हुँदा सबै लाभन्वित भएका उहाँको भनाइ छ ।
निमार्ण सम्पन्न भएका प्रसूति गृहहरु गुड नेवर्स ईन्टरनेशलले नगरपालिकालाई हस्तान्तरण गरेपछि नगरप्रमुख विष्णुकुमार भाम आफनो प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको उल्लेख गर्दै दातृ निकाय तथा गैर सरकारी संघ सस्थाहरुलाई सुगममा भन्दा दुर्गम गाँउ बस्तीमा काम गर्न अनुमति दिने गरेको बताउनुहुन्छ । प्रसूति गृहबाट गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक स्वास्थ्यकर्मी,औषधि र प्रशासनिक खर्चका साथै घेरवारको व्यवस्था नगरपालिकाले गर्ने पनि उहाँको भनाइ छ । रासस

बिहिबार, असोज १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.