• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सेवामा समर्पित डा रामनरेश

  •  शुक्रबार, असोज १९, २०८० मा प्रकाशित

जनकपुरधाम । डा रामनरेश पण्डितको नाम मधेस र विशेष गरी जनकपुरबासीका लागि नौलो होइन । स्त्री रोग तथा प्रसूतिका लागि पण्डित यस क्षेत्रमा पहिलो नम्बरको डाक्टरमा गनिनुहुन्छ ।

प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशक समेत रहनुभएका उहाँ पछिल्लो डेढ दशकदेखि यसै क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गर्दै आउनुभएको छ । डा पण्डित मधेस प्रवेश गरेका बेला प्रदेशमा प्रसूति शल्यक्रिया वीरगञ्ज र जनकपुरमा मात्रै सीमित थियो । तर त्यहाँ पनि सेवाग्राहीको सङ्ख्या पातलो थियो । “सुरुमा सुरक्षित प्रसूतिका लागि धेरै ठाउँमा शल्यक्रिया सेवा नै थिएन, न त यो विधामा धेरै चिकित्सक नै थियौँ । हाम्रो अथक प्रयासले नागरिकमा सेवाप्रति भरोसा र विश्वास जगाउन सक्यौ”, डा पण्डितले भन्नुभयो ।

पढाइमा अब्बल
महोत्तरीको मनरा शिसवा नगरपालिका–८ मा जन्मिनुभएका डा पण्डितले गाउँकै बथनाह स्कुलबाट विद्यालय शिक्षा पढ्नुभयो । उच्च शिक्षा भने चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज (टिचिङ हस्पिटल) काठमाडौँबाट हासिल गर्नुभयो । डा पण्डितले सामान्य चिकित्सा (एचए), एमबीबीएस, स्त्री तथा प्रसूति रोगमा एमडी गर्नुभएको छ ।

“विसं २०४२ मा एसएलसी गरेपछि २०४६ सादलमा एचए, २०५४ एमबीबीएस र २०५८ मा एमडीको पढाइ सकाएँ । त्यो समय स्त्री तथा प्रसूति रोगमा गिनेचुनेका मान्छेले मात्रै एमडी गर्थे । त्यही बेला मैले पनि अध्ययन पूरा गरेकामा अहिले गौरब महसुस हुन्छ”, उहाँले भन्नुभयो । उहाँले सरकारको छात्रवृत्तिमै सबै तहका अध्ययन पूरा गर्नुभएको हो ।

“उच्च शिक्षाका सबै तह सरकारको पूर्ण लगानीमा पढेँ । पैसा छैन, पढ्न पाइँदैन कि भन्ने चिन्ता कहिल्यै गर्नुपरेन । यो मेरो लागि सौभाग्य र आम विद्यार्थी तथा जिज्ञासुका लागि पनि प्रेरणाको विषय हुनसक्छ”, डा पण्डितले र्नुभयो ।

सेवामा पनि अब्बल

विसं २०५८ मा उच्च शिक्षाको अध्ययन पूरा गरेपछि डा पण्डितले सोही वर्ष जेठमा जनकपुर आउनुभयो । जागिरको सिलसिलामा केही समय सर्लाहीको लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र, महोत्तरीको बर्दिवास अस्पताल र उदयपुरमा काम गर्नुभयो । त्यसअघि सामान्य चिकित्सा विषयमा अध्ययनपछि काठमाडौँको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा स्थायी जागिरेका रुपमा सेवा गर्नुभयो ।

“सेवा सुरु गरेको २२ वर्षमा केही समय बाहिर रहेँ हुँला तर त्यसपछि निरन्तर जनकपुरमै छु । पछिल्लो १५÷१६ वर्षदेखि त प्रादेशिक अस्पतालबाट कार्यसम्पादन गरिरहेको छु । यसरी आफ्नै क्षेत्रका नागरिकको सेवा गर्न पाउनु मेरो सौभाग्य पनि हो”, डा पण्डित भन्नुहुन्छ ।

यस अवधिमा प्रादेशिक र निजी अस्पतालमा समेत गरी सानोतिनोबाहेक करिब १० हजार जति शल्यक्रिया र लाखौँ नागरिकको उपचार गर्ने अवसर पाएको उहाँले बताउनुभयो । “म प्रादेशिक अस्पतालमा आउँदा प्रसूति वार्डमा प्रायः बेड खाली हुन्थे । नागरिकको विश्वास जित्न धेरै प्रयत्न ग¥याँै, जसले नागरिकलाई आकर्षित गर्दै लग्यो । अहिले त बेड पाउनै मुस्किल छ”, उहाँले स्मरण गर्नुभयो, “त्यसको मुख्य कारण सरकारी नीति, गुणस्तरीय सेवा र जटिल अवस्थामा पनि सहजरुपमा काम गर्ने हामीजस्ता चिकित्सक नै हौँ ।”

अनुभव र सिकाइ

चिकित्सा क्षेत्रमा डाइग्नोसिसअर्थात् रोगको पहिचान सबैभन्दा जटिल र महत्वपूर्ण विषय भएको बताउनुहुने डा पण्डित त्यसमा आफू नेतृत्वको टिमले प्रदर्शन गरेको सफलताले नै जनकपुरलाई प्रसूति सेवाको ‘हब’ बनाउन सहजभएको धारणा राख्नुहुन्छ । “सेवा अवधिमा १० हजार पटक शल्यक्रिया गरेको हुँदा, तर त्यसमा पनि २० देखि २५ वटा जटिल बिरामीलाई बचाउन सफल भएको क्षणले मलाई हरक्षण सेवामा खटिन ऊर्जा दिइरहन्छ”, उहाँ भन्नुहुन्छ ।

डाक्टरका रुपमा सबैभन्दा आनन्द कति बेला आउँदो रहेछ ? हामीले सोधेको प्रश्नमा डा पण्डितले भन्नुभयो, “खोइ के हुने हो भन्दै अपरेसन थिएटर पसेको डाक्टरको टोली सफल भए फर्केको क्षण सबैभन्दा आनन्द दिने खालको हुन्छ, बिरामी र उनीहरुका आफन्तले पनि धन्यवाद दिनुहुन्छ ।”

उहाँका अनुसार ‘युट्राइन इन्भर्सन’ अर्थात् बच्चा जन्मिएपछि पाठेघर उल्टिने समस्यालाई जटिल मानिन्छ । त्यस्तो बेला बिरामीलाई अर्को ठाउँमा रेफर गर्ने विकल्प पनि रहँदैन । त्यसैले तत्काल सही उपचार नपाएमा अत्यधिक रक्तस्रावका कारण आमाको ज्यान जान्छ । यस्ता कैयन जटिल केसमा सफलता प्राप्त गर्दा आफ्नो अध्ययन, सिकाइ र जीवनको लक्ष्य नै सफल भएको अनुभूति हुने गरेको डा पण्डितको भनाइ छ । बच्चा पेटमा भएका बेला ब्लडप्रेसरका कारण कम्पन हुने समस्या र गर्भपतनको बेला पाठेघरमा प्वाल परेको समस्यालाई पनि सफलतापूवर्क निदान गरेको परिघटनाले थप जिम्मेवार बनाउने गरेको डा पण्डितको भनाइ छ ।

डा पण्डित अहिलेसम्मको अनुभव र सिकाइ अब सोही अस्पतालको श्रीवृद्धिमा प्रयोग गर्ने योजनामा हुनुहुन्छ । “म निर्देशकको रुपमा आएपछि मुटुरोग सेवा सुरु गरिसकेका छौँ । अब चाँडै एमआरआई, क्याथल्याब, न्यूरो सर्जरी, क्यान्सरको सेवा सुरु गर्ने तयारीमा छौँ । त्यसबाहेक यहाँको फोहर व्यवस्थापनका लागि नागरिक र पूर्वाधार निर्माणका लागि सरकारले सक्दो सहयोग गरेमा गुणस्तरीय सेवा दिन हामी कटिबद्ध छौँ”, उहाँले योजना सुनाउनुभयो ।

समस्या के छ ?

मधेस जनसङ्ख्याको हिसाबले ठूलो र सबैभन्दा बढी जन्मदर भएको प्रदेश पनि हो । त्यस हिसाबले यहाँ पर्याप्त सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधार हुनु आवश्यक छ । मुलुकमा सङ्घीयता आएपछि मधेसका दुई ठाउँमा सीमित प्रसूति शल्यक्रिया सुविधा सबैजसो मुख्य अस्पतालमा पुगे पनि त्यसलाई सुविधासम्पन्न बनाउन जरुरी रहेको डा पण्डितको भनाइ छ ।

त्यस्तै पाँच वर्ष पहिले यस प्रदेशमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर पाँच प्रतिशतभन्दा कम थियो । त्यो विश्व स्वास्थ्य सङ्गठनको मापडण्डअनुसार सुरक्षित प्रसूति सेवाको पहुँच नपुगेको सङ्केत हो । तर सङ्घीयतापछिका वर्षमा सुरक्षित प्रसूति सेवा पुगेकै कारण देशको मातृ मुत्युदरप्रति १० लाखमा एक सय ५१ हुँदा मधेसमा भने एक सय ४२ हुनु सुखद् पक्ष भएको डा पण्डितले बताउनुभयो ।

डा पण्डितका अनुसार लिङ्ग पहिचान गरी हुने गर्भपतन यहाँको अर्को डरलाग्दो समस्या हो । “गर्भपतनले कानुनी मान्यता नपाउनुभन्दा अघि महिलाले अकालमा ज्यान गुमाउनुपथ्र्यो । गर्भपतनको अधिकार पाएपछि भने ‘सेक्स सेलेक्टिभ एभोर्सन’ बढ्दै गएको छ । परिणामस्वरुप छोरीहरुले गर्भमै तुहिनुपर्ने अवस्था छ । त्यसै कारण त मधेसमा एक सय जना महिलामा एक सय १८ पुरुष छन्”, डा पण्डितले भन्नुभयो । उहाँका अनुसार धनुषाको अवस्था झन विकराल छ । यस जिल्लामा एक सय महिलामा एकसय ३६ पुरुष छन् । अल्ट्रासाउण्डबाट लिङ्ग पहिचान गरेर भ्रुण हत्या समयमै रोक्न नसकेमा लैङ्गिक सन्तुलनमा गम्भीर समस्या आउने छ ।

डा पण्डित चिकित्सकको भूमिकाका कारण निम्तिने अविश्वासको सङ्कट पनि समस्याका रुपमा रहेको धारणा राख्नुहुन्छ । त्यसैले उहाँ आवश्यक नभएको अवस्थामा पनि पैसाकै लागि डाक्टरले शल्यक्रिया गर्ने गरेको आरोप चिर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । रासस

शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.