• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

मानसिक रोगीको उपचार गर्न थप शय्याको व्यवस्था

  •  शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

मनहरी (मकवानपुर) । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री जोशीले यस अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताउनुभयो । मानसिक स्वास्थ्यका कारण आत्महत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उहाँको भनाइ थियो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीले हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप भएसँगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिनुभयो । अब महँगो खर्चमा हेटौँडाका निजी मेडिकलमा मानसिक रोग लागेका बिरामीको उपचार गर्नुपर्ने समस्या हटेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताउनुभयो ।

“पहिलेदेखि नै वहिरङ्ग सेवा (ओपिडी)मा आएका मानसिक समस्या भएका बिरामीको उपचार गरिँदै आइएको थियो”, उहाँले भन्नुभयो, “मनोचिकित्सा वार्ड सञ्चालनमा आएसँगै अब भर्ना गरेर उपचार गर्न सहज हुनेछ ।” प्रसाईँका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइको हो ।

गत असारदेखि अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत सेवा प्रवाह गरिएकामा अहिले सेवा विस्तार गरी आकस्मिक तथा भर्ना सेवासमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ ।

वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट रू पाँच लाख खर्च गर्ने योजनाअनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईँले बताउनुभयो । आगामी आवदेखि अस्पतालमा तीन जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रूपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेका मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनःस्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ । रासस

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.