चितवन । नेपाल डेन्टल एशोसियसन चितवनको डा. पूजा कोइराला चयन हुनुभएको छ । एशोसियनले हालै उहांँलाई भरतपुरमा सम्पन्न एक बैठकका बीच भरतपुरमासर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । एशोसियसनको उपाध्यक्षमा डा. रोशन आचार्य, सचिमा डा. अनिशा पाण्डे, सहसचिवमा डा. सुनिल खरेल, कोषाध्यक्षमा डा. मधुरेन्द्र शाह चयन हुनुभएको हो ।
यस्तै समितिको सदस्यहरुमा डा. अर्चना सुबेदी, डा. जितेन्द्र कुमार शाह , डा.लक्ष्मण पौडेल र डा. देवेन्द्र कंडेल चयन हुनु भएको छ ।
सोही कार्यक्रममा नेपाल डेन्टल एशोसियसन चितवन शाखाको कार्य समितिलाई पद तथा कार्य अधिकार हस्तान्तरण पनि गरिएको छ । वरिष्ठ दन्तचिकित्सकद्वय डा. वसन्त श्रेष्ठ र डा. शुभप्रभात श्रेष्ठ को प्रमुख एवं विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा एकदिने Simplified endodontic Workshop कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको संयोजन डा. देवेन्द्र कण्डेल नेपाल डेन्टल एशोसिएसन चितवन शाखा र प्रायोज डेन्टो मेड सोलुसन र ॐ सत्यम् डेन्टल एण्ड सर्जिकलले गरेका थिए ।
सन् २०१० मा दन्त चिकित्सकहरूको सीप विकास तथा नीतिगत हकहित को प्रर्वद्धन र संरक्षण साथै दन्तचिकित्सा विधामा हुने माल प्राक्टिस न्यूनिकरण गर्ने हेतुले यस संगठनको चितवनमा स्थापना भएको हो। वर्तमान कार्यसमितिले पनि यी दुई मुद्धा लाई केन्द्रमा राखे काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।