• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु

  •  बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ ।

अस्पतालले तीन दिनअघि देखि उक्त रोगका बिरामीलाई उपचार सेवा दिन थालिएको हो । हेटौँडा अस्पतालमा अहिले मकवानपुरका विभिन्न भेगबाट मनोरोगका बिरामी दैनिक ३० देखि ३५ जना उपचारका लागि आउने गरेका छन् । ती बिरामीहरुलाई सम्बन्धित चिकित्सकले स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनको भरतपुरतर्फ पठाउने गरिएको हेटौँडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले राससलाई बताउनुभयो ।

उक्त अस्पतालको परिसरमा रहेको भवनका विभिन्न कक्षमा महिला र पुरुषको छुट्टाछुट्टै शय्याको व्यवस्था गरी आवश्यक सुरक्षाको प्रबन्धसहित बिरामीहरुलाई नियमित भर्ना गरी उपचार दिने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा अहिले प्रसूति सेवा, मिर्गौला रोगबाट प्रभावित बिरामीहरुलाई डाइलाइसिस उपचार सेवालगायत पेट र पत्थरीको पनि शल्यक्रिया गर्ने सुविधा उपलब्ध गराएको मेसु डा सोपकोटाले बताउनुभयो ।

हाल अस्पतालमा एक मनोचिकित्सकको दरबन्दी रहेको र अर्का एक चिकित्कको दरबन्दी उपलब्ध गराउन सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरी माग गरिएको आवश्यक प्रक्रिया पनि सुरु भइसकेको उहाँले बताउनुभयो । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरी गम्भीर प्रकारका बिरामीलाई थप उपचारका लागि काठमाडौँको पाटन, वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएको सूचना अधिकारी झाले बताउनुभयो ।

सो अस्पतालमा बागमती प्रदेशको सिन्धुली, धादिङ, चितवन, मधेस प्रदेशको सर्लाही, महोत्तरी, बारा, पर्सा, रौतहटबाट प्रसूति सेवा, डेङ्गु, पेटसम्बन्धी पत्थरीलगायत अन्य रोगका बिरामी पनि हेटौँडा अस्पतालमा उपचार सेवा लिन दैनिक रुपमा आउने गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताउनुभयो । रासस

बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.