• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने

  •  बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

लुम्बिनी । रुपन्देहीको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका–८ विशाल नगर (टटेरा)मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन (वन क्षेत्र)मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्रलगायतका संरचना निर्माण गरिने छ ।

धम्मग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित बुधबार ध्यान केन्द्र निर्माणस्थलमा आयोजित कार्यक्रममा सुखशान्ति विहार शङ्करनगरका भन्ते, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा तिलक आचार्य, साधक गोपाल पोखरेल, डा खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडेलगायतले बौद्ध विधि र संस्कार अनुसार विपश्यना ध्यान केन्द्रको शिलन्यास गर्नुभएको हो ।

केन्द्रका पुराना साधक साधिका (१० दिने शिविरमा बसेका)हरुको स्वतस्फूर्त दान सहयोगबाट ध्यान केन्द्रको निर्माण गरिने छ । गुरुयोजना अनुसार पहिलो चरणमा धम्म हल(ध्यान केन्द्र), आचार्य निवास, महिला र पुरुष (साधक साधिका)का लागि आवासीय सुविधा सहितका दुईवटा भवन, भान्सा र स्नान घर निर्माण गरिने छ ।

शिलान्याश अघि निर्माणस्थलमा साधक साधिका लागि करिब दुई घण्टाको ध्यान शिविर सञ्चालन गरिएको थियो । ध्यान केन्द्रको निर्माण पश्चात देश विदेशका साधक साधिकाले ध्यान, साधना, योग तथा अध्ययन अनुसन्धान गर्नुका साथै धम्म हलमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने छ ।
विपश्यना ध्यान शिविर सञ्चालनका लागि पनि कसैसँग शुल्क लिइनेछैन । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट हुनेछ । धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाल ेसमेत पारिश्रमिक लिदैनन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा तिलक आचार्यले लोपहुँदै गएका संस्कृति र सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई ध्यान, साधना तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरी देवदहको अलग्गै पहिचान स्थापित गर्ने गरी काम भइरहेको बताउनुभयो ।

साधक गोपाल पोखरेलले यो क्षेत्रलाई धम्मग्राम र अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । आजभन्दा लगभग दुई हजार छ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराउनुभएको विपश्यना ध्यानप्रति मानिसको आकर्षण बढेको भन्दै साधक पोखरेलले ध्यान केन्द्रको निर्माणपछि नयाँ साधक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना भएको साधक डा खडानन्द पौडेलको भनाइ छ । “विपश्यना दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो”, डा पौडेलले भन्नुभयो, “यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ ।”
यो साधनाविधि दुःखबाटमुक्त हुने सक्षम उपाय भएकाले हिन्दू, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्ने साधक मेघराज ज्ञवालीले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक महोत्सव मङ्सिर ६ देखि

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) को आयोजनामा आगामी मङ्सिर ६ देखि १८ गतेसम्म रुपन्देहीको भैरहवामा छैठौंँ लुम्बिनी प्रादेशिक महोत्सव–२०८० हुने भएको छ ।

आर्थिक मन्दिका कारण शिथिल रहेको बजारलाई चलायमान बनाउनुका साथै परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहनस्वरुप प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव सिद्धार्थनगर नगरपालिका-८ स्थित अञ्चलपुरमा हुनेछ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको महोत्सव सम्पन्न गर्न रु एक करोड २० लाख खर्च अनुमान गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा तीन सय ५० प्रदर्शनी कक्ष रहनेछन् । महोत्सव आयोजना गर्न अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ४२ सदस्यीय मूलआयोजक समिति, २५ सदस्यीय विशेष सल्लाहकार समिति र एक सय ५१ सदस्यीय सल्लाहकार समितिसहित विभिन्न उपसमिति गठन गरिएको छ ।

त्यस्तै महोत्सवको सहआयोजक सिद्धार्थनगर नगरपालिकासहित रुपन्देहीका सम्पूर्ण स्थानीय पालिका छन् । महोत्सव अवलोकन गर्ने दर्शकलाई रु ८०, विद्यार्थीलाई रु ५० र समूहमा आउने विद्यार्थीलाई रु ३० तोकिएको अध्यक्ष श्रेष्ठले जनाउनुभयो । शनिबार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेसम्म र ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको उहाँले बताउनुभयो । रासस

बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.