• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

एक करोड ६३ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

  •  बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

लम्की (कैलाली) । कैलालीको लम्की चुहा अस्पताललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण मेसिनरी सामग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत अस्पताललाई केन्द्रले सिकलसेल एनोमिया रोग पत्ता लगाउनको लागि रगत परीक्षण गर्ने मेसिनलगायत तीन वटा ल्याबमा आवश्यक पर्ने रु ६२ लाख ९९ हजार सात सय ५० मुल्य बराबरका स्वास्थ्य उपकरण (मेसिनरी सामग्री) आज हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक नीरज अर्यालले बताउनुभयो ।

अस्पतालमा उपकरण जडान भएपछि थारु समुदायका मानिसलाई मात्र लाग्ने सिकलसेल एनोमिया रोगको परीक्षण गर्न अब यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने भएको छ । “म निर्देशक भएपछि लम्की चुहा अस्पतालको तीन पटक भ्रमण गरेको छु । यहाँका जनप्रतिनिधिको काम गर्ने दृढ इच्छाशक्ति देख्दा एकदमै खुसी भएको छु ।
मुख्यमन्त्री कमलबहादुर शाह यसै क्षेत्रको भएका कारण उहाँको विशेष पहल र लम्की चुहा नगरपालिकाका नगरप्रमुख लगाएतकाको समूहले गरेको मागको आधारमा उक्त सामग्री हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “उपकरण भएर मात्र भएन दक्ष जनशक्ति र उपकरणको सही उपयोग गरी यस क्षेत्रका जनतालाई सेवा दिन सक्नुपर्छ । यस क्षेत्रका जनताले सेवा पाउनेमा हामी ढुक्क छौँ ।”

लम्कीचुहा नगरपालिकाले सञ्चालन गरेको लम्की चुहा अस्पताललाई उपकरणका साथै जनशक्तिको अतिआवश्यक रहेको अस्पतालका सदस्य सचिव गङ्गाराम उपाध्यायले बताउनुभयो । त्यसका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयबाट सहयोग पाउनेमा आफू आशावादी रहेको उहाँले सुनाउनुभयो ।

लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले स्वास्थ्य सामग्री बुझ्दै सुदूरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्री कमलबहादुर शाहलगायत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई धन्यवाद दिनुभयो ।

अस्पतालको विकासको लागि हामी प्रतिबद्ध छौँ नगरप्रमुख शाहीले भन्नुभयो, “स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन ।” अस्पतालमा दिन प्रतिदिन परिवर्तन पाएका छौँ नगरप्रमुख शाहीले भन्नुभयो, “हामी निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य नै हो ।”

अस्पतालमा ब्लड बैङ्कको माग गरेका छाँै । नगरपालिकाबाट रु ३० लाख बजेट छुट्याएका छौँ । यो वर्षदेखि ब्लड बैङ्क स्थापनाको लागि काम सुरु हुन्छ ।” लम्कीचुहा अस्पतालमा दैनिक पाँच सय बढी बिरामी उपचारको लागि आउने गरेको बताउँदै जनशक्ति, भौतिक संरचना र उपकरणको आवश्यक रहेको नगरप्रमुख शाहीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा अस्पतालमा रु ६३ लाख र बर्दगोरिया गाउँपालिकाको बौनियामा भरखरै सञ्चालनमा आएको दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन रु एक करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । रासस

बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.