सुदूरपश्चिम प्रदेशमा अर्थोपेडिक सेवा र जनशक्तिको अवस्था
स्वास्थ्य सेवाका क्षेत्रमा विकसित भएका विभिन्न सेवाहरु मध्ये अर्थोपिडिक सेवा एउटा महत्वपुर्ण सेवा हो । यस अन्र्तगत मानव स्वास्थ्य अति महत्वपुर्ण शारीरिक संरचनाको हाडजोर्नी तथा नसारोग सँंग सम्बन्धित स्वास्थ्य सेवा पर्दछ ।
नेपालको स्वास्थ्य सेवाको इतिहासलाई अध्ययन गर्दा प्राचिनकाल देखि हालसम्म परम्परागत तथा आधुनिक चिकित्सा पद्धतिको आधारमा विविध स्वास्थ्य समस्याहरुको निदान तथा उपचार गरिंदै आएको पाईन्छ । आधुनिक चिकित्सा सेवाको विकास तथा विस्तार पहिचानमा स्वास्थ्य सेवाका क्षेत्रमा व्यापक सुधार भएको पाईन्छ । यसका साथै अर्थोपेडिक स्वास्थ्य सेवाले पनि आधुनिक तथा प्रविधिको विकाससँंगै क्रमिक रुपमा फड्को मार्दै आएको छ ।
नेपालको पिछडिएको क्षेत्र यस सुदूरपश्चिम प्रदेशमा विगत १० वर्ष पहिले दक्ष हाडजोर्नी चिकित्सकको हाडजोर्नीसंँग सम्बन्धी समस्या परेका मानिसहरुले उपचारको लागि अधिक खर्च तथा दु:ख कष्टको सामना गरेर छिमेकी मुलुक भारतका अस्पतालहरु वा नेपालको राजधानी शहर काठमाडौंमा रहेको अस्पतालबाट स्वास्थ्य सेवा लिन जानु पर्ने र त्यही विविध कारणले उपचार सेवा पाउन नसकेको अवस्थामा जीवन बचाउन निकै अप्ठ्यारो थियो । नेपाल सरकारले विशेषज्ञ सहितको स्वास्थ्य सेवाको विकास तथा विस्तार गर्ने नीति लिए अनुरुप सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रलाई पनि विशेष स्वास्थ्य सेवा प्रदान गर्ने गरी विभिन्न तह र क्षेत्रमा अस्पतालहरु सञ्चालनमा छन् ।
नेपाल सरकारको नीति अनुरुप जिल्ला, अञ्चल, क्षत्रीय अस्पतालहरुमा दक्ष चिकित्सकको व्यवस्था गर्न जोड दिइएको पाइएता पनि हाडजोर्नीसँंग सम्बन्धी दक्ष चिकित्सकको अभावका कारण सबै जिल्ला अस्पतालहरुमा हालसम्म पनि अर्थोपेडिक स्वास्थ्य सेवाले पूर्णता पाउन सकेको छैन । यसका साथै तात्कालिन अञ्चल अस्पताल क्षत्रीय अस्पताल तथा उप–क्षत्रीय अस्पतालहरु अर्थोपेडिक विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन् । जहाँ समान्य टुटफुट तथा सर्जरी सेवा पनि सञ्चालनमा रही आएको पाईन्छ । यसका अलावा यस सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले नीजि अस्पतालहरु पनि सञ्चालनमा रहेका छन्, जहाँ अर्थोपेडिक स्वास्थ्य सेवालाई अस्पतालको अभिन्न अंग मानेर विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । यस क्षेत्रमा नीजि अस्पतालबाट विभिन्न सेवा दिने गरी अस्पतालहरु सञ्चालन गरिएको भएतापनि अर्थोपेडिक स्वास्थ्य सेवालाई प्रवाह गर्ने मुख्य उद्देश्यका साथ कैलाली जिल्लाको अत्तरियामा अवस्थित पदमा अस्पताल प्रा.लि अग्रणी संस्थाको रुपमा रहेको छ । पदमा अस्पतालका प्रबन्धक निर्देशक अर्थोपेडिक विशेषज्ञ डा. नर बहादुर मौनीले आफ्नो विशेषज्ञता अध्ययन पश्चात सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा अर्थोपेडिक स्वास्थ्य सेवा लगायत अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएको छ । साथै विभिन्न अवसरको संभावनालाई त्यागेर यस क्षेत्रलाई आफ्नो कर्मथलोको रुपमा लिई निरन्तर गुणस्तरीय अर्थोपेडिक स्वास्थ्य सेवालाई प्रदान गर्दै अर्थोपेडिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विगत २० वर्ष देखि महत्वपूर्ण भुमिका खेलिरहनु भएको छ ।
संस्थागत विकास :
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा विशषेज्ञ सेवा विकास तथा विस्तार गर्ने क्रममा दक्ष चिकित्सक अभाव आधुनिक उपकरणको अभाव, सुविधामुखी वा शहर केन्द्रित चिकित्सक र राज्यले स्वास्थ्यमा गर्ने लगानी न्यून लगानीका कारण अस्पतालबाट प्रदान गरिने अर्थोपेडिक स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन भने तात्कालिन क्षत्रीय ,उपक्षत्रीय अस्पतालमा छुट्टै अर्थोपेडिक स्वास्थ्य शाखाद्धारा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिंदै आएको पाईन्छ । साथै दक्ष चिकित्सकहरुको छोटो सेवा अवधि (सरुवाका कारण) साथै अस्पतालमा अर्थोपेडिक स्वास्थ्य सेवाका लागि चाहिने आधुनिक प्रविधिमुक्त उपकरणहरुको अभावमा पनि सरकारी अस्पतालको संस्थागत विकासको बाधकको रुपमा रहेको छ । नीजि क्षेत्रद्धारा सञ्चालित अस्पतालहरुको आधुनिक प्रविधियुक्त उपकरण अधिकांश सेवाग्राहीहरुको आकर्षण राम्रो देखिन्छ साथै नीजि अस्पतालहरुको संस्थागत विकास क्रमिक रुपमा सुधारोन्मुख रहेको छ । अर्को सुपाका विभिन्न सरकारी तथा नीजि अस्पतालहरुमा कार्यरत २५ जना अर्थोपेडिक चिकित्सकहरुले (NOa/farwest Chapter) गठन गरी अर्थोपेडिक स्वास्थ्य सेवाका समस्या पहिचान, प्रभावकारी, स्वास्थ्य सेवा प्रदान, अनुभव आदान–प्रदान गरी अर्थोपेडिक सेवा प्रदान गरिरहेको अस्पतालमा संस्थाहरुको संस्थागत विकासमा टेवा पुगेको छ ।
दक्ष जनशक्तिको अवस्था :
सुदूरपश्चिम प्रदेशमा अर्थोपेडिक दक्ष जनशक्ति यस क्षेत्रको जनसंख्याको अनुपातमा अति न्यून ( २७लाखमा २५ जना मात्र) रहेको छ । यस क्षेत्रमा कार्यरत चिकित्सकहरु सेवा सुविधा अभाव पेशागत/व्यवसायिक सुरक्षा अभावका कारण, भौगोलिक विकटता ,विकासका पुर्वाधार विकासको अभाव जस्ता कारणले दक्ष चिकित्सक दिगो रुपमा यस क्षेत्रमा बस्न नरुचाउने भएकाले अर्थोपेडिक लगायत अन्य स्वास्थ्यसेवा प्राप्त गर्न नसकीरहेको अवस्था छ । सुदूरपश्चिम प्रदेश. अन्र्तगत करिब २५ देखि २७ जना अर्थोपेडिक डाक्टरहरु कार्यरत भएतापनि जनसंख्याको अनुपातमा निकै कम हो । राज्यका तर्फबाट विशेषज्ञहरुलाई थप सेवा सुविधाको व्यवस्था गरी जनसंख्याको अनुपातमा विशेषज्ञ चिकित्सकको प्रबन्ध गर्नु पर्ने आवश्यक देखिन्छ ।
आधुनिक प्रविधि र सेवाको अवस्था :
यस सुदूरपश्चिम प्रदेशमा सञ्चालित सरकारी अस्पतालहरुमा आधुिनक प्रविधियुक्त स्वास्थ्य सेवाको अवस्था अति न्यून छ । तात्कालिन क्षत्रीय अस्पताल धनगढीमा एम.आर.आई ,सिटीस्क्यान तथा अन्य प्रविधियुक्त आधुनिक उपकरण र स्तरीय प्रयोगशालाको पनि अभाव छ । यसले गर्दा अर्थोपेडिक लगायत अन्य स्वास्थ्यसेवाहरु प्रभावकारी हुन सकेको छैन । यस क्षेत्रमा सञ्चालित केही नीजि अस्पताल वा प्रयोगशालाहरुमा आधुनिक प्रविधियुक्त औजार उपकरण राखी सरकारी तथा नीजि अस्पतालहरुबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी र सहजता भएको पाईन्छ ।
सुदूरपश्चिम प्रदेशमा समग्र स्वास्थ्यसेवा र शिक्षाको अवस्था :
जनगणना २०६८ को प्रतिवेदनका आधारमा सुदूरपश्चिम प्रदेश साक्षरता प्रतिशत ७६ दशमलब २ छ । जसमध्ये महिला ६८ दशमलव २ प्रतिशत र पुरुष ८५ दशमलव ४ प्रतिशत साक्षर रहेको पाईएको छ । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाका अवस्था क्रमिक रुपमा बृद्धि हुदै गएको पाईएको छ । यहाँ सुदूरपश्चिम विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयद्धारा सञ्चालित विभिन्न क्याम्पसहरुले उच्च शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । यस प्रदेशको महिला र पुरुषको साक्षरता दर हेर्दा महिलाहरुको शैक्षिक अवस्था कमजोर रहेको पाईन्छ र राज्यले महिला शिक्षामा विशेष जोड दिनुपर्ने देखिन्छ । यस प्रदेशमा स्वास्थ्य सेवालाई प्रदान गर्न ९ वटा जिल्ला अस्पताल, १६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३७७ वटा हेल्थ पोष्ट , एक क्षत्रीय अस्पताल , एक उपक्षत्रीय अस्पताल र करिब २० नीजि अस्पताल सञ्चालनमा रहेका छन् ।
संख्यात्मक रुपमा स्वास्थ्य संस्थाहरु क्रमिक रुपमा बढेको पाईएको छ । जसबाट अति आवश्यक आधारभुत स्वास्थ्य सेवा प्रदान गरिंँदै आएको पाईन्छ । विगतका वर्षहरुमा जसरी सामान्य विरामी हुंँदा पनि मृत्युवरण हुने उपचारका लागि भारत वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यतामा केहीकमी आएको छ ।
यो प्रदेशमा तत्कालिन र भावी योजनामा थप गर्दै लैजानु पर्ने स्वास्थ्यका आवश्यक कार्यक्रमहरु :
भौगोलिक बनावटका हिसाबले विकट पहाडी ७ वटा जिल्लामा बसोबास गर्ने सम्पूर्ण मानिसहरुको जोखिमपूर्ण जनसंख्या जोखिमपूर्ण बाटोका कारण दुर्घटनाको उच्च जोखिमका साथै अशिक्षा, गरिबी, रुढीवादी र स्वास्थ्यसेवाको पहंँुच विहीनताका कारण सर्वसाधारणले अकालमै मृत्युवरण गर्नु नपरोस वा द:ुखी जीवन बेथित गर्न नपरोस र गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न तत्कालिन तथा भावी योजनामा थप गर्दै लैजानु पर्ने कुराहरु निम्नानुसार छन् :
तत्कालिन योजना :
१. सुविधा सम्पन्न सरकारी (Trauma Center) स्थापना र सञ्चालन गरिनुपर्ने । २. जिल्लाहरुमा अर्थोपेडिक सर्जन लगायत अन्य विशेषज्ञहरु तत्काल नियुक्ती गरिनुपर्ने । ३. जिल्ला अस्पतालहरुमा प्रविधियुक्त प्रयोगशाला स्थापना सञ्चालन गरिनुपर्ने । ४. उपलब्ध जनशक्तिलाई तालिम प्रदान गर्नुपर्ने । ५. उपलब्ध सेवा सुविधाहरुको पहुँच बृद्धिमा जोड दिनुपर्ने ।
भावी योजना :
१.सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापना र सञ्चालन हुनुपर्ने , २. संञ्चालित स्वास्थ्य संस्थाहरुको स्तरोन्नतिका लागि बेड संख्या बृद्धि, प्रविधियुक्त उपकरणको व्यवस्था, विशेषज्ञ स्वास्थ्य सेवामा जोड दिनुपर्ने , ३. स्वास्थ्य सेवा विमा कार्यक्रमलाई प्रभावकारी तथा कार्यक्रममा जोड दिनुपर्ने , ४. स्वास्थ्य जोखिम न्यूनीकरण सञ्चालन गरिनुपर्ने ।
सल्लाह तथा सुझावहरु :
(Health For All) भन्ने विश्वव्यापी नारालाई पूर्णता दिन र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनको लागि सुदुरपश्चिम प्रदेशको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा शैक्षिक अवस्थाको आधारमा स्वास्थ्यसेवा सुविधाको व्यवस्थामा जोड दिन निम्नानुसार सल्लाहहरु तथा सुझाबहरु प्रस्तुत गरिएको छ ।
१. सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक, शैक्षिक अवस्थाका आधारमा स्वास्थ्य नीति निर्माण तथा परिमार्जन गरिनुपर्ने , २. पूंँजी लगायत सेवा पहँुच बृद्धि गर्न सुदरूपश्चिम प्रदेशमा यथाशिघ्र मेडिकल कलेज सञ्चालनमा ल्याउनु पर्ने , ३. चिकित्सकहरुको पेशागत सेवा सुविधा तथा सुरक्षाको सुनिश्चितताका लागि नीति निर्माण तथा परिमार्जन सहित प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिनु पर्ने , ४. सञ्चालित स्वास्थ्यसेवा सुविधाहरुको प्रभावकारी रुपमा अनुगमन तथा मूल्यांकन गरिनुपर्ने र सुधारका प्रयास गर्नुपर्ने , ५. स्वास्थ्य अनुसन्धान केन्द्रहरुको स्थापना तथा सञ्चालन गरिनु पर्ने , ६. अन्य चिकित्सक संरक्षणको लागि प्रभावकारी नीति नियम बनाउनु पर्ने , ७. नविनतम प्रविधियुक्त प्रयोगशाला तथा अस्पतालहरु संचालन गर्न स्वास्थ्यमा लगानी बृद्धि गर्नु पर्ने , ८. नीजि क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था र अस्पतालहरुको सेवा प्रभावकारी बनाउन पब्लिक प्राईभेट साझेदारी कार्यक्रमको नीतिगत स्वरुप तयार गरी कार्यन्वयन गरिनु पर्ने ।
लेखक डा.नर बहादुर मौनी सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको पदमा अस्पताल प्रा.लि.को निर्देशक तथा वरिष्ठ अर्थोपेडिक सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।