• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

  •  बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो ।

भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा अस्पतालले भरतपुरमा अत्याधुनिक शल्यचिकित्सा भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालका निवर्तमान अध्यक्ष कृष्णराज धरेलले उपचारकै कारण कसैले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सेवा थालिएको बताउनुभयो । बुधबार नै सुरु गरिएको निःशुल्क आँखा शिविरमा दुई सय १९ जनाले आँखा जाँच गराएका छन् । शिविरमा १४ जनामा मोतिविन्दु, सात जनाको आँखामा मासु पलाएको, १९ जनामा आँखा चिलाउने, आँसु आउने समस्या र १९ जनामा चस्मा लगाउनुपर्ने समस्या भेटिएको भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुवास सापकोटाले जानकारी दिनुभयो ।

यसैबीच अस्पतालको भीमराज उषामाया पाठक आँखा बैंक नानी सङ्कलन केन्द्रमा एक हजार दुई सय ९२ जनाले आँखा दान गर्ने इच्छा पत्र पेश गरेका छन् । हालसम्म २५ जनाले आँखाको नानी दान गरेका छन् । हालसम्म अस्पतालबाट एक सय ३१ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको आँखा बैंकका संयोजक छाँया श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७४ मा स्थापना भएको बैंकले पहिलो पटक २०७५ सालमा गैँडाकोट–२ मा ८४ वर्षीय कलाधर गौतमको आँखाको नानी सङ्कलन गरेको थियो ।

गैँडाकोट नगरपालिका र भरतपुर आँखा अस्पतालबीच भएको सम्झौताअनुरुप आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकाले आवश्यक भवन निःशुल्क उपलब्ध गराएको छ । केन्द्र स्थापनाका लागि आर्थिक वर्ष २०८०÷८१ देखि निरन्तर वार्षिकरुपमा पाँच वर्षसम्म नगरपालिकाले रु छ लाख भरतपुर आँखा अस्पताललाई उपलब्ध गराउने छ । तर, दैनिक २५ जनाको अनुपातमा बिरामी उपचार केन्द्रमा परीक्षणको लागि दर्ता भई परीक्षण गराएमा नगरले वार्षिकरुपमा प्रदान गर्ने रकम प्रदान गर्नुनपर्ने गरी सम्झौता भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनले आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने औजार उपकरण, औषधि, चस्मा, लेन्स तथा स्टेसनरीको सामान उपलब्ध गराउने छ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवा सुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने एवं औजार उपकरणको मर्मतसम्भार तथा अन्य व्यवस्थापकीय कार्य भरतपुर आँखा अस्पतालले गर्नेछ । सम्झौताअनुसार आवश्यकताअनुसार स्रोत साधन जुटाई कम्तीमा वर्षमा एक पटक निःशुल्क शल्यक्रियसहितको आँखा शिविर सञ्चालन गर्नेछ । रासस

बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.