• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
आइतबार, मङि्सर २४, २०८०
आइतबार, मङि्सर २४, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • २ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • ३ घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • ४ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १० घण्टा 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १० घण्टा 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १६ घण्टा 

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक
  • १ दिन 

रोटरीको निःशुल्क स्वास्थ्य शिविर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

  • २. वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

  • ३. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • ४. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ५. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ६. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ७. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ८. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ९. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • १०. औषधि पसललाई मापदण्डभित्र आउन कामपाको निर्देशन

पालमुनि सुत्केरी र गर्भवतीको बित्छ रात

  •  शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित

सल्यान । सल्यान दार्मा गाउँपालिका ५ बछेलाकी १९ वर्षीय विन्दु खड्काको एक महिनाको बच्चा छ ।

एक महिना नपुगेकी सुत्केरी खड्का न्यानोमा बसेर झोलिलो खानेकुरा खानु पर्ने समयमा घरबाहिर त्रिपालमुनि रात कटाउँदै आइरहनु भएको छ ।

त्रिपालमुनिको असुरक्षित बास थाहा हुँदा हुँदै पनि उहाँ १ महिनाको सानो बच्चा लिएर मङ्सिरको चिसो सिरेटोमा पनि रात कटाउँदै आइरहनु भएको छ । गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले घर बस्न नमिल्ने गरी चर्काएपछि उहाँ त्रिपालमुनि बस्दै आउनु भएको हो । एक महिनाकी सुत्केरी खड्कालाई पालमुनिको रात निकै लामो लाग्छ ।

एक त पालमुनिको असुरक्षित बास, त्यसमा पनि एक महिनाको बच्चाको साथमा, चिसोका कारण बच्चालाई रुघा लाग्नुका साथै आफू समेत बिरामी पर्न थालेको बताउनु भयो । उहाँले भन्नु भयो ‘आफूमात्र भएको भए जसोतसो रात काट्थे होला तर एक महिनाको छोरी साथमा हुँदा रातको समयमा राम्रोसँग निदाउन पनि सक्दिन । जति नै आगो बाले पनि तातो नै हुँदैन खुट्टा सुनिएका छन् ।’

दार्मा ५ कै तीन महिनाकी सुत्केरी पुष्पा केसी पनि भूकम्पले घर भत्काएपछि पालमुनि रात कटाउँदै आइरहनु भएको छ । घर अघिको आँगनमा पाल टाँसेर बस्दै आइरहनु भएको छ । राहतस्वरुप पाएको त्रिपाल टाँगेर बस्न मिल्ने बनाए पनि सुत्केरीलाई भने निकै कष्टकर हुँदै आइरहेको उहाँको भनाई छ । न पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने लत्ताकपडा नै छन् न सुत्केरीमा खाने मिठो मसिनो नै । भूकम्पले सबै सपनामाथि पानी खन्याइदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले खाने भन्दा पनि सानो सानीलाई चिसोबाट कसरी बचाउने भन्ने मात्र पिर रहेको छ । घर भित्रै बस्दा त चिसोले छाडेको थिएन पालमुनि बस्दा कतिको चिसो भएको होला आफै अनुमान गर्नुस ।’ दिनमा खासै समस्या नभए पनि रातको समयमा निकै समस्या हुने गरेको छ उहाँले भन्नुभयो । ‘बिहान शीत चुहिएर ओछ्यान भिजेको हुन्छ । सानो बच्चालाई रातभर कति चिसो हुन्छ होला ।’

सुत्केरीसँगै यहाँका गर्भवतीलाई समेत समस्या भएको छ । चिसोमा रात काट्न निकै समस्या हुने गरेको खिमा खड्काले बताउनुभयो । सुत्केरी हुने समय आइसकेको बताउँदै उहाँले यो चिसोमा बच्चा र आफूलाई कसरी सुरक्षित राख्ने भनेर अहिलेदेखिनै चिन्ताले सताउने गरेको बताउनुभयो । चिसोका कारण २ वर्षको छोरालाई रुघाखोकीले सताइरहेको खड्काको भनाई छ ।

शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

लोकप्रिय

नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

ताजा

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.