• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

आगलागीमा गम्भीर घाइते भएकी किशोरीको उपचारमा आर्थिक अभाव

  •  सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

खोटाङ । घरमा आगलागी भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया सरिता तामाङको उपचारमा आर्थिक अभाव भएको छ ।

गएराति मावली घर किशोर राईको घरमा आगलागी भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा गम्भीर घाइते भएकी सरिताको उपचारमा आर्थिक अभाव भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएकी किशोरीको उपचारमा आर्थिक अभाव भएपछि आफन्त तथा शुभेच्छुकले गाउँपालिका र काठमाडौँमा सहयोग सङ्कलन सुरु गरेका छन् । सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि ज्यान जोगाउन भाग्ने क्रममा लडेकी सरिताको बायाँ हात र तीन वटा दाँत भाँचिएको स्थानीय बासिन्दाले बताएका छन् ।

काठमाडौँमा पु¥याएर एक्स–रे गर्दा दाहिने खुट्टाको घुँडामुनिको हाड चोइटिएको देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । बेहोस अवस्थामा काठमाडौँ पु¥याइएकी किशोरीको मुखमा लागेको घाउमा १८ वटा टाँका लगाएको छ ।

पर्म गरेर दैनिक गुजारा चलाउनुपर्ने अवस्थाका कारण घाइते किशोरीको उपचारमा समस्या भएपछि सहयोग सङ्कलन गर्न अभियान चलाइएको स्थानीय प्रताप राईले जानकारी दिनुभएको छ । घाइते किशोरीलाई बाक्सिलास्थित स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर राति नै काठमाडौँ पठाइएको हो ।

उपचाररत घाइते किशोरी पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाको कक्षा–९ मा अध्ययनरत छिन् । ब्रोइलर कुखुराको चल्लालाई तातो बनाउन बालिएको चिमबाट सल्किएर भएको आगलागीमा राईको तीनतले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जल्दा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी पीडित परिवारको व्यवस्थापनका लागि स्थानीयस्तरमा पहल भइरहेको जनाइएको छ । आगलागीमा सर्वस्व गुमाएका अग्नीपीडित परिवारलाई क्षतिको आधारमा आर्थिक तथा बन्दोवस्तीका सामान उलपब्ध गराउने तयारी गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभयो ।

सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.