• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा डायलासिस सेन्टर

  •  बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित

दमौली । लायन्स क्लब नेपाल इन्टरनेसनल ३२५ एलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना गर्ने भएको छ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लवले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढाएको हो । लायन्सका गभर्नर परमेश्वर बराल, चिफ अफ एओजी अमृत बराल, कोचिफ एडभाइजर बाबुराम अधिकारीलगायतको बैठकले केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि छलफल गरेको जनाइएको छ ।

मिर्गौला पीडित बिरामीको लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको क्लवका डिष्ट्रिक क्याबिनेट सेक्रेटरी सुजित हिराचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।”

हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । यहाँ ११ वटा उपकरणमार्फत बिरामीले सेवा लिँदै आएका छन् । केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० भन्दा बढी छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत वर्षको कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

व्यासभूमिको प्रचारका लागि लायन्स नेपालको क्याबिनेट बैठक दमौलीमा

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक दमौलीमा हुने भएको छ । आगामी मङ्सिर ८ र ९ गते दोस्रो क्याबिनेट बैठक व्यासभूमि दमौलीमा हुन लागेको हो ।

व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा हुन लागेको दोस्रो क्याबिनेट बैठकमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध करिब एक हजार दुई सय सदस्यको सहभागिता रहने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । व्यासभूमिको प्रचारप्रसारका लागि क्याबिनेट बैठक दमौलीमा आयोजना गरिएको उहाँको भनाइ छ ।

दोस्रो क्याबिनेट बैठकका संयोजकसमेत रहेका पौडेलका अनुसार लायन्सवादको ५२ वर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याबिनेट बैठक हुन लागेको हो । लायन्सको नीतिअनुसार कुनै पनि कार्यकाल एक वर्षको हुने र उक्त कार्यकालमा चार वटा क्याबिनेट बैठक गरिने हुँदा वर्ष २०२३÷२४को दोस्रो क्याबिनेट बैठक दमौलीमा गर्न लागिएको हो ।

यसअघि लायन वर्ष २०१८÷१९ मा गण्डकी प्रदेशका वर्तमान सांसद अशोककुमार श्रेष्ठ गभर्नर भएको समयमा पहिलोपटक दोस्रो क्याबिनेट बैठक दमौलीमा गरिएको थियो ।

तनहुँमा रहेका लायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ तनहुँ व्यास सिटी, लायन्स क्लब अफ तनहुँ भानुभक्त, लायन्स क्लब अफ तनहुँ सत्यवती, लायन्स क्लब अफ तनहुँ दमौली र लायन्स क्लब अफ डुम्रेको संयुक्त आयोजनामा हुन लागेको क्याबिनेट बैठकले तनहुँको धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत टेवा पुग्ने दोस्रो क्याबिनेट बैठकका सहसंयोजक एवं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ चूडामणि दाहालले जानकारी दिनुभयो ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ अवसरबाट वञ्चित विपन्न वर्गका समुदायलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संंंस्थाको रुपमा परिचित अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक दमौलीमा हुन लाग्दा सम्पूर्ण लायन्स अत्यन्त उत्साहित भएको अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका वरिष्ठ सल्लाहकार सुशीला शर्माले बताउनुभयो ।

शर्माका अनुसार दोस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । जसका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको शर्माले बताउनुभयो ।

लायन्स क्लबले विभिन्न समय र विपद्को अवस्थामा समेत अग्रपङ्क्तिमा रहेर सेवा गर्दै आइरहेको छ । लायन्सले आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक भवन र विज्ञान प्रयोगशाला तथा विसं २०७२ को भूकम्पले क्षति पुगेको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माणलगायत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

यस वर्ष पनि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालले तनहुँमा दुईवटा मुख्य परियोजना अघि सारेको छ । क्लबले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी श्वासप्रश्वास स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेन्टर सञ्चालनका लागि अमेरिकी डलर रु एक लाख र आँबुखैरेनी गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्नका लागि प्रस्ताव गरेको छ । रासस

बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.