• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा डायलासिस सेन्टर

  •  बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित

दमौली । लायन्स क्लब नेपाल इन्टरनेसनल ३२५ एलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना गर्ने भएको छ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लवले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढाएको हो । लायन्सका गभर्नर परमेश्वर बराल, चिफ अफ एओजी अमृत बराल, कोचिफ एडभाइजर बाबुराम अधिकारीलगायतको बैठकले केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि छलफल गरेको जनाइएको छ ।

मिर्गौला पीडित बिरामीको लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको क्लवका डिष्ट्रिक क्याबिनेट सेक्रेटरी सुजित हिराचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।”

हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । यहाँ ११ वटा उपकरणमार्फत बिरामीले सेवा लिँदै आएका छन् । केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० भन्दा बढी छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत वर्षको कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

व्यासभूमिको प्रचारका लागि लायन्स नेपालको क्याबिनेट बैठक दमौलीमा

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक दमौलीमा हुने भएको छ । आगामी मङ्सिर ८ र ९ गते दोस्रो क्याबिनेट बैठक व्यासभूमि दमौलीमा हुन लागेको हो ।

व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा हुन लागेको दोस्रो क्याबिनेट बैठकमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध करिब एक हजार दुई सय सदस्यको सहभागिता रहने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । व्यासभूमिको प्रचारप्रसारका लागि क्याबिनेट बैठक दमौलीमा आयोजना गरिएको उहाँको भनाइ छ ।

दोस्रो क्याबिनेट बैठकका संयोजकसमेत रहेका पौडेलका अनुसार लायन्सवादको ५२ वर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याबिनेट बैठक हुन लागेको हो । लायन्सको नीतिअनुसार कुनै पनि कार्यकाल एक वर्षको हुने र उक्त कार्यकालमा चार वटा क्याबिनेट बैठक गरिने हुँदा वर्ष २०२३÷२४को दोस्रो क्याबिनेट बैठक दमौलीमा गर्न लागिएको हो ।

यसअघि लायन वर्ष २०१८÷१९ मा गण्डकी प्रदेशका वर्तमान सांसद अशोककुमार श्रेष्ठ गभर्नर भएको समयमा पहिलोपटक दोस्रो क्याबिनेट बैठक दमौलीमा गरिएको थियो ।

तनहुँमा रहेका लायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ तनहुँ व्यास सिटी, लायन्स क्लब अफ तनहुँ भानुभक्त, लायन्स क्लब अफ तनहुँ सत्यवती, लायन्स क्लब अफ तनहुँ दमौली र लायन्स क्लब अफ डुम्रेको संयुक्त आयोजनामा हुन लागेको क्याबिनेट बैठकले तनहुँको धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसारमा समेत टेवा पुग्ने दोस्रो क्याबिनेट बैठकका सहसंयोजक एवं लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ चूडामणि दाहालले जानकारी दिनुभयो ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ अवसरबाट वञ्चित विपन्न वर्गका समुदायलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संंंस्थाको रुपमा परिचित अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक दमौलीमा हुन लाग्दा सम्पूर्ण लायन्स अत्यन्त उत्साहित भएको अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका वरिष्ठ सल्लाहकार सुशीला शर्माले बताउनुभयो ।

शर्माका अनुसार दोस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । जसका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको शर्माले बताउनुभयो ।

लायन्स क्लबले विभिन्न समय र विपद्को अवस्थामा समेत अग्रपङ्क्तिमा रहेर सेवा गर्दै आइरहेको छ । लायन्सले आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक भवन र विज्ञान प्रयोगशाला तथा विसं २०७२ को भूकम्पले क्षति पुगेको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माणलगायत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

यस वर्ष पनि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालले तनहुँमा दुईवटा मुख्य परियोजना अघि सारेको छ । क्लबले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी श्वासप्रश्वास स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेन्टर सञ्चालनका लागि अमेरिकी डलर रु एक लाख र आँबुखैरेनी गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्नका लागि प्रस्ताव गरेको छ । रासस

बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.