• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

  •  बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

गलकोट (बागलुङ) । आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ ।

जन्मजात वा अन्य कारणबाट मुटुमा समस्या देखिएको सानै उमेरमा पत्ता लगाउनसके मुटुलाई बचाउन सकिने भन्दै देशभरका बालबालिकाको मुटु परीक्षण अभियान चलाइएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताउनुभयो । मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने बताउँदै उहाँले मुटु रोगसम्बन्धी सचेतना जगाउन अभियान थालिएको बताउनुभयो ।

“स्वास्थ्यमा समस्या आएपछि मात्रै परीक्षण गर्ने नेपालीको बानी छ । त्यसकारण अन्तिम अवस्थामा मुटु बचाउन नसक्दा धेरैको ज्यान गएको छ । मुटुरोग चिकित्सकले मुटुको चाल सुनेरै मुटुको अवस्था बुझ्न सकिन्छ”, डा रेग्मीले भन्नुभयो, “मुटुको धड्कन सुन्दासाथ मुटुको केही समस्या भए नभएको पत्ता लाग्छ । शङ्कास्पद बिरामीलाई मात्रै मुटुको इको गरिन्छ, इकोमार्फत मुटुको अवस्था कस्तो छ भनेपछि बल्ल समस्यादेखि उपचारतर्फ लागिन्छ, समयमै मुटुको समस्या पत्ता लगाउनसके उपचार सम्भव छ ।”

नेपालका ४० जिल्लामा जिल्लामा उक्त अभियान पुगिसकेको बताउँदै हालसम्म दुई लाख बालबालिकाको मुटु परीक्षण गरिसकेको रेग्मीको भनाइ । बालबालिकाको मुटुमा प्वाल पर्ने समस्या धेरै हुने र बर्सेनि तीन हजार बालबालिका मुटुको समस्याबाट मृत्यु भइरहेको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत बागलुङको कालिका कन्या मन्दिर माध्यामिक विद्यालयका तीन सय १० बालबालिकाको मुटु परीक्षण गरिएको प्रतिष्ठान बागलुङ शाखाका अध्यक्ष जगदिश चन्द्र उपाध्यायले बताउनुभयो । बालबालिकाले पत्रु खाना नखाने, बयस्कले चुरोट, रक्सी नखाने र मधुमेह तथा कोलेस्टेरोल बढ्न नदिए मुटु जोगाउन सकिने चिकित्सकको सुझाव छ ।

शिविरका लागि रोटरी क्लब अफ पाटनलेसमेत सहयोग गरेको थियो । परीक्षण गरेका अधिकांशको मुटु स्वास्थ्य भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल हृदयरोग प्रतिष्ठान केन्द्रीय समितिका पूर्वसभापति मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताउनुभयो र।

रेग्मी नेतृत्वमा मुटरोग विशेषज्ञ डा प्रेमराज वैद्य र डा उर्मिला शाक्यसहित २० स्वास्थ्यकर्मी सहभागि बागलुङमा आएका थिए । परीक्षण गरेका बालबालिकामध्ये १० जनालाई थप उपचार गर्नका लागि सुझाइएको छ ।

खानपान वा टन्सिल पाकिरहने अवस्था भएका बालबालिकामा पनि मुटुरोग हुनसक्ने भन्दै टन्सिलको तुरुन्तै उपचार गराउन आवश्यक रहेको चिकित्सकको भनाइ छ । अहिलेसम्म मुटु प्रत्यारोपण नहुने भएकाले जोगाउने उपाय नै महत्वपूर्ण भएको शिविरमा सहभागी डा उर्मिला शाक्यले बताउनुभयो । “पछिल्लो समय बालबालिकामा मोटोपन बढ्नु, पत्रुखाना खानु र स्वास्थ्यबारे चासो नराख्नुले मुटुमा समस्या आउने गरेको छ । हामीले प्रारम्भिक परीक्षणमा मुटुको चाल बुझेपछि समस्या भएको पत्ता लगाउन सकिन्छ”, शाक्यले भन्नुभयो, “समस्या बुझेपछि त्यसपछि मुटुको इकोलगायतका डायलासिस पद्धति गरेर उपचार गर्ने गरिन्छ ।” रासस

बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.