• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

  •  बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित

खोटाङ । सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्ष दिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ । प्रतिष्ठानले गत शनिबार (मङ्सिर २ गते)देखि लागू हुने गरी विसं २०८१ मङ्सिर २ गतेसम्म नगरपालिकाका सबै पाठेघर खस्ने समस्या भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिने भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्विपक्षीय सम्झौता भएको छ । नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाको पहिचान गरेर अस्पतालसम्म पुर्याउने तथा अस्पतालमा लाग्ने परीक्षण, शल्यक्रिया, औषधि र खानाको व्यवस्था प्रतिष्ठानले गर्ने द्विपक्षीय सम्झौतापत्रमा उल्लेख छ ।

नगरपालिकाबाट पाठेघर खस्ने समस्या भएका ३७ महिलालाई शल्यक्रियाका लागि बनेपा पुर्याइएको मौकामा नगरपालिका र प्रतिष्ठानबीचमा पाठेघर खसेका महिलाको निःशुल्क उपचारका लागि नौ बुँदे सम्झौता गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका एक जना बिरामीलाई जिल्ला बाहिर लगेर स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधोपचार, खाना र यातायात गरी रु ७० देखि रु ७५ हजार खर्च लाग्छ ।

नगरपालिकाकातर्फबाट वडावडामा पाठेघर खस्ने समस्याको पहिचानका लागि शिविर आयोजना गरेर पाठेघरसम्बन्धी समस्या पहिचान गर्ने, शल्यक्रियाका लागि अस्पताल जानेआउने क्रममा बिरामी र कुरुवालाई लाग्ने दोहोरो यातायात खर्च व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ”, उहाँले भन्नुभयो, “प्रतिष्ठानकातर्फबाट शल्यक्रिया शुल्क, बिरामी भर्ना, ल्याब परीक्षण, औषधिलगायत अस्पतालको सम्पूर्ण खर्च व्यवस्था गर्ने, भर्ना भएका बिरामी र एक जना कुरुवालाई बिहान–बेलुकाको खानाबापतको खर्च दिने, आवश्यक प्राविधिक सल्लाह प्रदान गर्ने सम्झौता गरिएको छ ।

नगरपालिकाले सिफारिस गरेका २० जना स्वास्थ्यकर्मीलाई अस्पतालले पाठेघर खस्ने समस्या पहिचानसम्बन्धी तालिम दिने, आगामी फागुन–चैतमा दिक्तेलमा आवश्यक उपकरणसहितका १५ जना विज्ञ टोली ल्याएर पाठेघर खस्ने समस्याको निःशुल्क परीक्षण गर्ने, कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोरीलाई पाठेघर खस्ने समस्याबाट जोगिन अपनाउनुपर्ने सावधानीको विषयमा प्रशिक्षित गराउने सम्झौता भएको छ ।”

गत मङ्सिर २ गते नगरपालिकाबाट शिर मेमोरियल लगिएका पाठेघर खसेका ३७ बिरामीमध्ये १७ जनाको शल्यक्रिया भइसकेको छ । पाठेघर खस्ने समस्या भएका ६२ मध्ये ३७ जनामात्र अस्पताल जान तयार भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ । कतिपय बिरामीको शल्यक्रिया नगरी थेरापी गर्दा नै रोग निको हुने अस्पतालले जानकारी दिएको नगरपालिकाले जनाएको छ । कतिपयलाई भने श्वासप्रश्वास, फोक्सो, मुटु, उच्च रक्तचापलगायतको समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा पाठेघर खस्ने समस्यालाई महिलाले लाज र शरम मानेर लुकाउने गरेको पाइएको छ । जिल्लामा यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । रासस

बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.