डाक्टर बन्ने बाल्यकालको मेरो सपना :
परिवारमा मलाई असाध्यै माया गर्ने मेरो हजुरआमा हुनुहुन्थ्यो । आमा बुबा भन्दापनि हजुरआमाको छत्रछायाँमा हुर्केर बढेको हुनाले पनि होला परिवारमा अरु भन्दा बढी उहाँसँग नै नजिकिएकी थिएंँ । म करिब ११ बर्षको थिए होला, हजुरआमालाई बिस्तारै दमको समस्या देखा परेको कारणले नियमित औषधि सेवन गर्नुपथ्र्यो तर एक दिन अचानक बिमारले धेरै च्यापेर अस्पतालमा भर्ना गरेर राख्नुपर्ने परिस्थिति आयो । अर्को दिन आमासँग हजुरआमालाई भेट्न अस्पताल जाँदा गुमाई सकेको अवस्थाको हजुरआमाको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आएको देखेर एकदमै हर्षित भएंँ ।
सेतो कोट र आला लगाएर मिठो बोलीसँग बेलाबेलामा हजुरआमाको स्वास्थ्य अवस्था बुझ्न आउनु भएका डाक्टर नर्सहरुलाई देखाउदै भन्नुभयो, ‘नानी हिजो म धेरै पीडामा हँुदा उहाँहरुको उपचार र सेवाले गर्दा निको भएर अर्को जीवन पाएकी छु । उहाँहरुको सधै भलो होस् । तिमी पनि धेरै पढी उहाँहरु जस्तै डाक्टर बनेर बिरामीको सेवा गर्नुपर्छ है ।’ त्यो समयमा हजुरआमाको भनाईलाई मैले त्यति वास्ता गरिन जब एकबर्षपछि हजुरआमाको मृत्यु भयो, हरेक पटक हजुरआमाको याद आउँदा उहाँको उक्त भनाई मेरो मानसपटलमा आउने ग¥यो, त्यसपछि म पनि एउटा डाक्टर बनेर गरिब दुःखी र बिरामीहरुको सेवा गर्छु भनेर अठोट गरंँे ।
एमविविएस डाक्टर अध्ययन गर्दै गर्दा पढेका र देखेका घटनाहरुले मेरो मानसपटलमा गाउँमा जानुपर्छ भन्ने भावनाको विकास यसरी तयार बन्यो :
मेडिकल सिटीको विकसित रुपमा भईरहेको चितवनको भरतपुरमा अवस्थित पुरानो मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै जांँदा त्यहाँ सेवा लिन आउने अधिकांश बिरामीहरु चितवन भित्रका मात्र नभई छिमेकी जिल्ला लगायत नेपालको दुर्गम र ग्रामिण क्षेत्रका अन्य जिल्ला देखि आउने गर्थे । न्यून आर्थिक अबस्था भएका, जनचेतनाकोकमी भई उपचार पद्दति अपनाउन ढिला गरि नाजुक अवस्थामा पुगेका र सामान्य रोगको उपचारको लागि डाक्टरको अभावले शहरमा झर्नु परेको देख्दा मेरो मन खिन्न भएर आउँथ्यो , अझ भन्नुपर्दा उपचार खर्च तिर्न नसकेर अस्पतालमै आत्महत्या प्रयास देखि लिएर उपचारकैक्रममा मुत्यु पश्चात शब लैजाने पैसा नहुँदा अस्पतालमै बेवारिसे रुपमा आफन्तले शब कुरिरहेको अवस्था देख्दा मनमा अध्ययन पुरा गरिसकेपछि ग्रामिण र दुर्गम भेगमा गएर कम्तिमा पनि एउटा डाक्टरबाट दिन सक्ने स्वास्थ्य सेवा प्रदान गर्नेछु भन्ने भावना जागृत भयो ।
ग्रामिण क्षेत्रमा स्वास्थ्यको समस्या र सेवाको अवस्था :
वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रमा केही मात्रामा सुधारोन्मुख कार्यहरु भएतापनि त्यति सन्तोषजनक सेवा पाइएको छैन । यस क्षेत्रमा ल्याईएका प्रायः नयाँ कार्यक्रम, प्रविधि तथा सेवा सुविधाहरु शहरमा मात्र केन्द्रित छन । शहरको तुलनामा ग्रामिण क्षेत्रमा मातृ तथा शिशु मृत्युदर उच्च नै रहेको छ । भौगोलिक दुरी, गरिबी,अज्ञानताका कारण जनताले आधारभूत स्वास्थ्य सेवा र सुविधाबाट बञ्चित भईरहेका छन् । ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थालाई हेर्नुपर्दा सेवाको प्रवाह तथा व्यवस्थापन न्यूनतम मापदण्ड अनुरुप नभएको,दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुको पदपूर्ती नभएको नेपाल सरकारबाट पाइने ९८ प्रकारका निःशुल्क औषधिको उपलब्धता नभएको विशेषज्ञ सेवा तथा आवश्यक प्राविधिक उपकरण र जनशक्तिको पहंँुच नभएको पाइएको छ ।
ग्रामिण स्वास्थ्य क्षेत्रको दिगो विकासका लागि गनुपर्ने महत्वपूर्ण कार्यहरु :
– स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरोकारवालाहरुको ध्यान नपुग्नुनै एउटा प्रमुख कारण भएकोले संघीय सरकार प्रदेश ,र स्थानीयस्तरबाट ग्रामिण क्षेत्रको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्दछ ।
– स्वास्थ्य सँग सम्बन्धित समयसापेक्ष उपयुक्त नीति नियमको निर्माण र कार्यान्वयन गर्नुपर्दछ ।
– सेवा सुविधाको व्यवस्था गरी डाक्टर तथा अन्य स्वास्थ्यकर्मीलाई ग्रामिण क्षेत्रमा काम गर्ने उपयुक्त वातावरणका सिर्जना गर्नुपर्दछ ।
– विशेषज्ञ चिकित्सक मार्फत प्रदान गरिने सेवा सुविधाको प्रयोग गर्न बिरामी तथा चिकित्सक दुबैलाई उचित वातावरणको सिर्जना गर्नुपर्दछ ।
– लोकसेवा मार्फत रिक्त दरबन्दीको पूर्ती गर्नुका साथै सिप र क्षमता विकासका लागि उपयुक्त तालिम र कार्यक्रमहरुको व्यवस्था गरिनुपर्दछ ।
– स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा सेवा सुविधाहरु न्यूनतम मापदण्ड अनुरुपको हुनपर्दछ ।
– स्वास्थ्य संस्थामा आवश्यक पर्ने प्राविधिक उपकरण र औजारहरु प्रर्याप्त मात्रामा तथा प्रयोग गर्ने दक्ष जनशक्ति उपलब्ध गराउनु पर्दछ ।
– स्वास्थ्य संस्थाहरु सम्म पहंँुच हुने बाटोको निर्माण तथा एम्बुलेन्स अथवा अन्य सवारीसाधनमा सहज रुपमा पहंँुच हुनुपर्दछ ।
– निरन्तर रुपमा स्वास्थ्य संस्थाको अवलोकन,गुणस्तरको मापन र अभिलेख राख्नुपर्दछ ।
ग्रामिण स्वास्थ्य क्षेत्रको संभावना तथा चुनौतिहरु :
– स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा सेवा सुविधाहरु न्यूनतम मापदण्ड अनुरुपको नहुनु।
– दरबन्दी अनुसारको जनशक्तिको अभाव हुनु ।
– लोकसेवामा डाक्टरहरुको दरबन्दी एकदमै कम खुल्नुका साथै सरकारी डाक्टरहरु शहरमा मात्र केन्द्रित हुनु ।
– भौगोलिक बिकटता ,गरिबी,अज्ञानतका कारण जनताले उपचार सेवामा ढिलासुस्ती गर्नु ।
– विशेषज्ञ सेवा तथा दक्ष जनशक्ति अभावको कारण रिफर गर्नुपर्ने बाध्यता हुनु ।
– आधुनिक उपकरण तथा प्रयोगशाला परिक्षणको अभावका कारण रोगको निदान र उपचार समयमा नहुनु ।
शहर नजिकैको ग्रामिण क्षेत्रमा सेवा गर्दाको मेरो अनुभुति :
एमबिबिएसको अध्ययन समापन पश्चात् ग्रामिण क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुख भई जिम्मेवारी निभाउंँदै गर्दा नेपालको स्वास्थ्य प्रणालीलाई नजिकैबाट बुझ्ने मौका पाउनुका साथै बिरामीको पाटोलाई मात्र नहेरेर हरेक स्तरका ज्ञान क्षमता भएका व्यक्ति ,सम्बन्धित निकाय ,सरोकारवाला ,जनप्रतिनिधिहरुसँग सहकार्य गर्ने मौका प्राप्त भईरहेको छ । विभिन्न संस्कृति, भाषा, निम्न आर्थिक अवस्था तथा,जनचेतनाको कमी भएका बिरामीहरुको उपचार गर्नुृपर्ने भएकोले बिरामीको उपचार गर्दा रोगलाई मात्र बुझ्नु होइन बिरामीलाई पनि बुुझ्नुपर्ने रहेछ भन्ने कुराको अनुभुति भएको छ । तालिमको अवसर पर्याप्त मात्रामा आउने हुनाले व्यक्तिगत विकास बढेको छ, भने यस क्षेत्रमा सेवा दिदैं गर्दा सजिलै आफ्नो पहिचान बनाउन सकिने र बढी आत्मसन्तुष्टी प्राप्त हंँुदो रहेछ ।
(लेखक डा.बुद्धि कुमारी बुढामगर प्राथमिक स्वास्थ्य केन्द्र बुलिङटार,नवलपुरमा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ।)
