चितवन । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)को अध्यक्षमा पुनः नवराज लामिछाने चयन हुनु भएको छ । बिहीबार सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट लामिछानेको अध्यक्षतामा १७ सदस्यीय सचिवालय समिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा गोपीराम ब्लोन र उपाध्यक्षहरुमा जयविन्दकुमार सिंह, पदम भट्टराई र लक्ष्मणकुमार सिंह चयन हुनु भएको छ । ।
महासचिवमा मुक्ति काफ्ले, सचिवमा डिलबहादुर गौतम, दिलीपकुमार दास, अर्जुन लामिछाने र डिल्लीराम पौडेल चयन हुनु भएको छ । यस्तै कोषाध्यक्षमा गोवद्र्धन सापकोटा र सदस्यहरुमा मेहबुब राजा, घनश्याम पौडेल, राजेश श्रेष्ठ, लक्ष्मणकुमार जमरकट्टेल, सुवास रिजाल र राजीव गुप्ता चयन हुनु भएको छ । अध्यक्ष लामिछानेका अनुसार पाँचवर्षे कार्यकालका लागि निर्वाचित सचिवालय समितिले पछि सबै जिल्ला समेटिने गरी ५३ सदस्यीय केन्द्रीय समिति निर्माण गर्नेछ ।
