• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

शिलान्यास भए, निर्माण भएनन् आधारभूत स्वास्थ्य अस्पताल

  •  शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

फिक्कल । स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन सङ्घीय सरकारले २०७७ मङ्सिर १५ गते इलामका सातसहित कोशी प्रदेशका ८६ ओटा आधारभूत अस्पताल एकैसाथ शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्यो । तर, अझैपनि अस्पताल निर्माणको कार्य निराशाजनक छ । जिल्लाको माईजोगमाई, रोङ, चुलाचुली, फाकफोकथुम, र माङसेबुङ गाउँपालिका साथै सूर्योदय र माई नगरपालिका गरी सात स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पातलको शिलान्यास गरिएको थियो ।

तीमध्ये सूर्योदय, माई र चुलाचुलीमा १५÷१५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य सम्पन्न भएर सेवा सुरु भएको एक वर्ष बित्यो । बाँकी स्थानीय तहमा काम सुरु गर्ने छाँटकाट नै छैन । माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा रु १५ करोडमा तीन वर्षे ठेक्कामार्फत १५ शय्याको आधाभूत स्वास्थ्य अस्पताल निर्माणको काम सुरु भएको डेढवर्ष भयो । कामको प्रगति भने सुस्त नै छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भन्नुभयो, “सुरुवातमा सामान ढुवानीको समस्याले ढिलाइ भए पनि काम समयमा सक्नलाई अहिले हामी ठेक्केदारलाई लगातार ताकेता गरिरहेका छौँ ।

”फाकफोकथुम गाउँपालिका–२ कोलभोटेमा रु १३ करोड ७९ लाखमा ३६ महिनामा निर्माण हुनेगरी २०७९ फागुन महिनामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको ठेक्का लागेको थियो । भौगोलिक रुपमा अप्ठ्यारो ठाउँ भएकाले जेठसम्म खार्दै ठिक्क भएको र मङ्सिरपछि धमाधम काम सुरु गर्ने गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभएको छ । जिल्लाको पश्चिमी गाउँपालिका फाकफोकथुममा सडक र स्वास्थ्य दुबैको सहज पहुँच नहुँदा नागरिकलाई सास्ती छ । बिरामी परेर उपचारमा सदरमुकामसम्म आउने सडक सञ्जालको व्यवस्थित निर्माण भएकोे छैन । बर्षाद्मा यहाँका नागरिक पालिका छोडेर अन्यत्र जानसक्ने अवस्था नभएको स्थानीयवासी बुद्धिसागर भण्डारीले बताउनुभयो ।

रोङ गाउँपालिका–५ मा आधारभूत स्वास्थ्य अस्पतालका लागि स्थानीयवासीले १५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको भए पनि निर्माणको काम सुरु हुनसकेको छैन । उक्त अस्पताल निर्माणमा करिब रु ११ करोड हाराहारी लागत लाग्ने तर मन्त्रालयले १९ लाख मात्र बजेट छुट्याएकाले काम गर्न अलमल भएको अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताउनुभयो ।

‘चाडपर्वपछि एकपटक स्वास्थ्य मन्त्रालय गएर बजेट प्राप्तिको सुनिश्चितता भएपछि मात्र काम सुरु गर्छौँ ।’ उहाँ भन्नुहुन्छ, “ठेकेदारले हामीसँग सम्झौता गरेको हुन्छ । मन्त्रालयले बजेट समयमा पठाएन भने यहाँ समस्या हुनेभएकाले प्रक्रिया अगाडि बढाउन नसकिएको हो ।” माङसेबुङ गाउँपालिका–५ लारुम्बामा अस्पताल बनाउन स्थानीयवासीले आठ रोपनी जग्गा निःशुल्क दान दिएर पालिकाले डिपिआरको काम सकेपनि मन्त्रालयले बजेट नदिँदा काम सुरु हुन नसकेको अध्यक्ष हेमन्त राईले बताउनुभयो ।

‘यही काम लिएर मन्त्रालय धाएको पाँच पटक भयो । मन्त्रालयले बजेट अभावका नाममा भाका सारिरहन्छ ।’ हामीले दिएको जग्गामा अस्पताल कहिले बन्छ अध्यक्ष ज्यू ? भन्दै स्थानीयवासीले प्रश्न गर्दा नाजवाफ हुनुपरेको उहाँ बताउनुहुन्छ । ‘माङसेबुङका नागरिक बिरामी पर्दा सदरमुकाम पुग्नसमेत टाढा छ ।’ स्थानीयवासी रोहित राई भन्नुहुन्छ, “इलाम जानु र झापा पुग्नु हामीलाई उस्ताउस्तै हो ।’’ ज्वरो खोकी जस्ता सामान्य समस्या त जडिबुटी खाएर निको हुने गरेको छ । तर, जटिल रोग लागिहाल्दा ज्यान गुमाउनुको विकल्प छैन ।

सन्दकपुर गाउँपालिकामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल रु १३ करोड १७ लाख एघार हजार ३५ सयमा ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष तुलाराम गुरुङले बताउनुएको छ । ‘तीन वर्षे ठेक्कामार्फत काम सुरु भएको दुई वर्ष बित्यो काम भने कछुवाको गतिमा सुस्त छ । कारण मन्त्रालयले समयमा बजेट नदिएर हो ।’ उहाँले भन्नुभयो, “हालसम्म भूतहको काम मात्र भएको छ ।”नेपालको संविधान धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको पहिलो सङ्क्रमणमा नेपालमा पहिलो पटक २०७६ माघ ९ गते पुष्टि भएपछि कोभिड–१९ सङ्क्रमित अधिकांशले आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनुप¥यो । त्यसको नकारात्मक असरले सरकारले आधारभूत स्वास्थ्य अस्पताल बनाउने अभियान सुरु गरेको थियो तर तीन वर्ष बित्न लाग्दा कतिपय पालिकामा काम नै सुरु नहुनुले जनतामा निराशा छाएको छ । जिल्लामा तीन सरकारी अस्पताल,४४ स्वास्थ्यचौकी र चार प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

गतवर्ष इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, इलाममा एक लाख ४३ हजार तीन सय ५५ जनाले बीमा गराएर स्वास्थ्य सेवा लिइरहेका छन् । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममा पनि १३ हजार तीन सय २२ जनाको बीमा गरिएको छ । नेपाल सरकारले व्यवस्था गरेको स्वास्थ्य बीमा कार्यक्रममा अपाङ्गता भएका र रातो कार्ड पाएका दुई हजार दुई सय ४८ जना, कुष्ठरोगी सात जना, ज्येष्ठ नागरिक महिला पाँच हजार आठ सय पाँच जना र पुरुष सात हजार पाँच सय १७ जनाले बीमाको स्वास्थ्य सेवा पाइरहेका छन् । रासस

शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.