काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आईतवार डा.बसौलालाई निर्देशकमा नियुक्त गर्नुभएको हो ।
सो अस्पतालकी निर्देशक डा.मनिषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । बसौला यसअघि कान्तिबाल अस्पतालको निर्देशकको जिम्मेवारीमा हुनुुहुथ्यो ।
