• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

असक्त व्यक्तिहरुले घरमै ह्वील चेयर पाउँदा दङ्ग

  •  मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ सत्यालफाँटाकी माधवी भट्ट ह्वील चेयरमा बसेर घरबाहिर हिँड्डुल गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । दुर्घटनामा परेर स्पाइनल कर्ड इन्जुरी हुँदा भट्ट घरभित्रै बस्दै आउनुभएको थियो ।

“ह्वील चेयर पाएपछि घरभित्र बाहिर गर्नका लागि निकै सहज भएको छ”, उहाँले भन्नुभयो, “ह्वील चियर पाउँदा खुट्टामै उभिएर हिँडे जस्तै महसुस गरी रहेको छु ।” उहाँलाई वडाध्यक्ष अर्जुन साउदले ह्वील चेयर घरमै पुगेर उपलब्ध गराउनुभएको हो ।

माधवी जस्तै पक्षघात भएर हिँड्डुल गर्न नसक्ने अवस्थाकी २२ वर्षीय मनीषा चन्दलाई पनि अध्यक्ष साउदले ह्वील चेयर उपलब्ध गराउनुभएको छ । ह्वील चेयर पाएपछि मनीषालाई घरभित्र बाहिर आउजाउ गर्न सहज भएको छ । “ह्वील चेयर नहुँदा कोठामै थन्किएर बस्नुपरेको थियो”, मनिषाले भन्नुभयो, “भित्रबाहिर जानका लागि घरपरिवारका सदस्यको सहयोग लिनुपर्ने बाध्यता थियो, अहिले ह्वील चेयर पाएपछि आफन्तको थोरै सहयोगमा बाहिरभित्र गर्न सक्ने भएको छु ।”

“गाउँ घर टोलमा शारीरिक अपाङ्गता भएका व्यक्तिबारे जानकारी पाइएपछि निवेदन मागेर वडाकै बजेटमा ह्वील चेयर खरिद गरी घरमै पुगेर वितरणको कार्य गर्दै आएका छौँ”, अध्यक्ष साउदले भन्नुभयो, “चालु आवको हालसम्म शारीरिक अपाङ्गता भएका ‘क’ श्रेणीको परिचयपत्र पाएका आठ व्यक्तिलाई ह्वील चेयर प्रदान गरेका छौँ ।”

थप दुई शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर उपलब्ध गराउने तयारीमा रहेको उहाँले बताउनुभयो । ह्वील चेयर उपलब्ध गराइका अपाङ्गता भएका व्यक्तिलाई केही दिनभित्रै दिशापिसाब गर्न सहज हुने कुर्सी उपलब्ध गराउन लागेको अध्यक्ष साउदले जानकारी दिनुभयो ।

“शारीरिक अपाङ्गता भएका वडाका जति व्यक्ति सम्पर्कमा आउँछन् सबैलाई चेयर उपलब्ध गराउन तयार छौँ”, वडाध्यक्षले भन्नुभयो, “वडा, नगरपालिका, स्वास्थ्य कार्यालय र सङ्घ संस्थासँग सहयोग मागेर चेयर उपलब्ध गराउने कार्य हुन्छ ।”

अपाङ्गता भएका विशेष क्षमता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि क्षमता अभिवृद्धिसँगै आयआर्जनका कार्यक्रमसँग जोड्नका लागि वडाका तर्फबाट कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ । “अपाङ्गता भएका व्यक्तिलाई माया स्नेह दिएर मात्रै पुग्दैेन, आत्मनिर्भर बनाउन अवसर दिनुपर्छ, त्यसका लागि सहज वातावरण तयार गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो । रासस

मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.