• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ४९ मिनेट 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ५ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ८ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ११ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

बराहपोखरीमा निःशुल्क स्वास्थ्य शिविर

  •  बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित

बराहपोखरी (खोटाङ) । खोटाङको दुर्गम गाउँ बराहपोखरीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासीले लाभ लिएका छन् ।

जिल्ला सदरमुकाम दिक्तेल बजारबाट दक्षिण भेगमा पर्ने यस क्षेत्रमा पुग्न दिक्तेलबाट सवारीसाधनमा करिब आठ घण्टा लाग्दछ । यहाँका मानिस बिरामी भएर उपचार गर्नुपरेमा अझै पनि उदयपुरको गाईघाट, मोरङको विराटनगर वा काठमाडौैँमै धाउने गर्दछन् । बराहपोखरीबाट दिक्तेलभन्दा गाईघाट नजिक पर्छ तर कच्ची बाटो भएको र कोशी नदी तर्न झोलुङ्गे पुलमात्रै भएकाले उदयपुर तरेपछि अर्काे गाडी चढ्नुर्छ ।

पूर्वाधार र सामाजिक विकासका दृष्टिले पछाडि परेको यस दुर्गम गाउँ बराहपोखरीका–१ मा जगतलाल गिरी प्रतिष्ठानले मङ्सिर १४ र १५ गतेका लागि सञ्चालन गरेको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिब एक हजार दुई सयले सेवा लिएका छन् ।

शिविर सञ्चालनका लागि काठमाडौँबाट वरिष्ठ चिकित्सकसहित करिब ४० स्वास्थ्यकर्मीको टोली बुधबार राति बराहपोखरी आइपुगेको थियो । स्थानीय शङ्खेश्वरी माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा मुटुरोगतर्फ जन्मजात समस्या, मुटुको बाथरोग र शल्यक्रिया गरी औषधि सेवा गरिरहेका गरी करिब चार सयले जाँच गरेका थिए भने अन्य रोगतर्फ करिब आठ सयले परीक्षण गराएका छन् । अन्यतर्फ सामान्य रोग, स्त्रीरोग, चर्मरोग, दाँत, पेट र बालरोगका परीक्षण तथा गरिएको थियो । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

वरिष्ठ अर्बुद रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल, सहिद गङ्गालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्ल, वरिष्ठ दन्त चिकित्सक अजय साहको नेतृत्व र सुपरीवेक्षणमा स्वास्थ्य जाँच गरिएको थियो । पैतीस वर्षदेखि प्यारालाइसिस भोगिरहेका र मुटुको समस्या भएका स्थानीयवासी सन्तोष तामाङले आफू मुटु जाँचका लागि टाढासम्म जान नसकिरहेका बेला शिविरबाट प्रत्यक्ष सुविधा पाएको अनुभव सुनाउनुभयो । शिविरमा चार पाँच घण्टासम्मको पैदलयात्रा गरेर पनि मानिस आएका थिए । वरिष्ठ अर्बुदरोग विशेषज्ञ डा बरालले दुर्गम क्षेत्रसमेत गरी आफूहरूले हालसम्म सयभन्दा बढी स्थानमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा र सचेतना दिएको जानकारी दिनुभयो ।

बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले कुनै बेला यस गाउँमा सिटामोलसमेत नपाइने अवस्थाबाट अहिले स्वास्थ्यचौकी र बर्थिङ सेन्टर सञ्चालन हुनुले स्थिति सुधारोन्मुख रहेको बताउँदै शिविरको सञ्चालनबाट निकै राहत मिलेको जनाउनुभयो । उहाँले गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माणका लागि जग्गा पहिचान भइसकेको र नेपाल सरकारबाट यस वर्ष रु २० लाख बजेट विनियोजन भएकाले अब काम अगाडि बढ्ने बताउनुभयो ।

दिवङ्गत जगतलाल बराहपोखरीमै जन्मिएकाले उहाँको स्मृतिमा स्थापित संस्थाले दुर्गम स्थानमा स्वास्थ शिविर सञ्चालन गरिएको प्रतिष्ठानका कोषाध्यक्ष एवं जगतलालका छोरा सुवोध गिरीले जानकारी दिनुभयो । प्रतिष्ठानका सदस्यसचिव अञ्जय गिरीले सीमित स्रोतसाधनका बीच विभिन्न संस्था र स्थानीय तहको सहयोगमा आफूहरूले शिविर सञ्चालन गरेको तथा जटिल रोग भई थप उपचार र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई काठमाडौँ वा अन्य स्थानमा लगेर पनि निःशुल्क सेवा दिने योजना रहेको बताउनुभयो ।

बराहपोखरी –१ वडाध्यक्ष ढकबहादुर कार्कीले आफूहरूको दुर्गम गाउँमा वरिष्ठ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य जाँच हुनुले स्थानीयवासीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुगेको बताउनुभयो । शिविरको सञ्चालनमा पूर्वप्रहरी नायब महानिरीक्षक उत्तम कार्की, स्थानीय युवा र विद्यार्थीले स्वयंसेवक भई सघाउनुभएको थियो ।

धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि भौगोलिक विकटताका कारण यस गाउँपालिकामा पूर्वाधार र सामाजिक विकासले गति लिन नसकेको देखिन्छ । यस गाउँमा गत वर्षमात्रै बिजली बत्ती बल्न थालेको थियो । रासस

बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.