• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

कास्कीको मादीमा अस्पताल सञ्चालन

  •  शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित

कास्की । कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ ।गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो । अस्पतालमा मेडिकल चिकित्सक तथा प्रयोगशाला, भिडियो एक्सरे तथा एक्सरेका प्राविधिक जनशक्तिको व्यवस्थापछि बिहीबारदेखि अस्पतालको सेवा सुरु गरिएको हो ।

आधारभूत स्वास्थ्य केन्द्रबाट अस्पतालको सेवा सुरु भएँगै मादीका पश्चिमी भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने र सामान्य उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ ।

अस्पतालको सेवा सञ्चालनका लागि रोटरी क्लब पोखरा अन्नपूर्णबाट रु ४१ र गाउँपालिकाबाट रु १४ लाख गरी ५५ लाख मूल्यबराबरका स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले जानकारी दिनुभयो ।

भिडियो एक्सरे, एक्सरे मेसिन, इसिजी मेसिन, डेन्टल केयर, प्रसूति बेड र अन्य सामान्य बिरामी बेड अन्नपूर्णले सहयोग गरेको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख बरालले भन्नुभयो, “गाउँपालिकाको १५ शय्याको आधारभूत अस्प्ताल भवन अहिले निर्माणको चरणमा रहेको छ । सो भवन बनेर सेवा सुरु नहुञ्जेलसम्मका लागि स्वास्थ्य केन्द्रको भवनबाट अस्पतालको सेवा सञ्ञ्चालन गरेका हौँ । यसबाट मादीका उत्तरी भेगका नागरिकले फाइदा लिनुहुनेछ ।”

अस्पतालमा एक्सरे, भिडियो एक्सरे, दाँतसम्बन्धी, प्रयोगशाला, इसिजी, फार्मेसी तथा चिकित्सकबाट नियमित बिरामी जाँचलगायतका सुविधा प्रदान गरिने सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सेवाग्राहीको चापलाई हेरेर अस्पतालमा आवश्यक अन्य जनशक्ति तथा स्वास्थ्य उपकरण थप गर्दै लगिने बताउनुभयो ।

पालिकामा भौगोलिक अवस्थितिका कारण पूर्वी भेगका जनतालाई थुम्सीकोट र पश्चिम भेगकालाई छाचोकबाट स्वास्थ्य सेवा प्रदान गर्ने गरी योजना अगाडि बढाइएको अध्यक्ष गुरुङले बताउनुभयो । “गाउँपालिकावासी नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा गाउँमै उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ । सङ्घीय तथा प्रदेश सरकारसँग मिलेर अस्पतालमा स्वास्थ्योपचार सुविधा थप गर्दै जानेछौँ”, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो ।

मादीमा हाल थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा छ । यसबाट पूर्वी भेगका नागरिक लाभान्वित छन् । मादी गाउँपालिकामा १२ वडा छन् ।

शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.