• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १८ मिनेट 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १८ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १९ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १९ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • २० घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • २१ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २३ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • १०. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस

  •  मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

काठमाडौँ ।‘स्वास्थ्य क्षेत्रमा दिगो विकास :महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको संयुक्त प्रयास’ नाराका साथ आज २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
कार्यक्रमका वक्ताले ६० वर्षमाथिका स्वयंमसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाख र यातायात खर्चबावत एक हजार प्रदान गर्न अपिल गरेका छन् ।
महिला स्वास्थ्य स्वयंमसेविका सङ्घका अध्यक्ष गीता थिङले स्वयंमसेविका चयन गर्ने आमा समूहलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं. १३ मा २८ वर्षदेखि निरन्तर सेवा गर्दै आउनु भएकी स्वयंमसेविका तारादेवी मानन्धर अहिले ६७ वर्षकी हुनुभयो । उहाँ सेवारत हुनुहुन्छ । हुनुहुन्छ । आफना दुई छोराको स्वास्थ्यमा समस्या देखिएपछि आफु स्वयंमसेवामा लागेको बताउनुभयो । “छोराको स्वास्थ्य समस्याले मलाई स्वास्थ्यसेवामा लाग्न प्रेरित ग¥यो”, स्वयंमसेविका मानन्धरले भन्नुभयो, “०५२ सालदेखि स्वयंमसेविकाको रुपमा आफनो क्षेत्रमै केहि गर्ने मौका मिल्यो । त्यो समयमा रु ३० यातायात खर्च पाइन्थ्यो अरु केही पाइन्नथ्यो । यहाँ कुरा पैसाको होइन, सेवाको जो अमूल्य छ ।”

काठमाडौँ महानगरपालिकाको अर्काे स्वयंमसेविका च्यान्टु लामा पनि उमेरले ६९ पुग्न लाग्नुभयो । ०५६ सालदेखि स्वयंमसेविकाको रुपमा काम गर्दै आउनु भएको लामाले पनि आफनो भूमिकालाई निरन्तरता दिनुभएको छ । उहाँ वडा नं ३ को सदस्य पनि हुनुभयो । पछि सोही वडामा स्वास्थ्यसम्बन्धी कार्यक्रम र सचेतना घरदैलोसम्म पु¥याउने जिम्मेवारी पाउनुभयो । स्वयंमसेविका लामाले भन्नुभयो, “ यतिका वर्ष बित्दा पनि महानगरपालिकाले हाम्रो कामलाई कदर गर्न सकेको छैन ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्य साक्षरता आवश्यकता भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका आमा र बालबालिकाको स्वास्थ्यस्तरमा सुधार ल्याउन उहाँहरूले सघाउनुपर्नेमा बताउनुभयो ।

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रम २०४५ साल देखि २७ वटा जिल्लाबाट सुरु भएको हो । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभर ५१ हजार ४ सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत रहेका छन । सम्बन्धित समुदायमा नै स्थायी रुपमा बसोबास गर्ने र कमतीमा पाच वर्षसम्म स्वयसेवि भई सेवा गर्न इच्छुक महिलालाई स्थानीय आमा समूहले सिफारिस गर्ने गरेको छ । मुख्यतः आमा तथा बालबालिकाको स्वास्थ्य प्रव््धनका साथै सरुवा रोग र महामारी नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य स्वयंमसेविका परिचालन गर्दै आएको छ ।

महिला सामुदायिक स्वास्थ्य सेविकाले ६० वर्षको उमेरसम्म काम गर्न पाउने व्यवस्था छ । साठी वर्षपछि पनि स्वयंमसेवा गर्न चाहनेले सरकारबाट सेवासुविधा पाउँदैनन् । । सरकारले कम्तीमा १० वर्षसम्म महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका भई काम गरेका र ६० वर्ष उमेर पुगेकालाई रु २० हजार प्रदान गर्दै आएको छ । रासस

मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पतालका चिकित्सकको राजीनामा
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.