• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

आँखाको उपचार गर्न शिविरकै भर

  •  शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित

पाँचथर । याङ्वरक गाउँपालिका–३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बस्नुभएको छ । करिब ७६ वर्षीय मैतसिंहको देब्रे आँखामा मोतियाबिन्दुुको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो । झण्डै १० वर्षदेखि आँखाको समस्या भोगिरहनुभएका मैतसिंहले गत वर्ष थर्पुमा स्थापित आँखा उपचार केन्द्रमा पहिलो पटक आँखा जाँच गराउनुभएको थियो । आँखामा समस्या देखिएको स्वास्थ्यकर्मीले बताएपछि उहाँ शिविर पर्खेर बसिरहनुभएको थियो । “भरसक दुवै आँखाको शल्यक्रिया गराऔँ भनेको, डाक्टरले एउटाको मात्रै गरे पुग्छ भन्नुभयो”, मैतसिंहले भन्नुभयो ।

सोही वडाका श्रीनन्द नुगो लिम्बू ७४ वर्षको हुनुभयो । उहाँका दुवै आँखामा बादल लागेजस्तो हुन्थ्यो । नजिकैको स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा उपचार नहुने सुनेपछि उहाँ समस्या पालेरै बसिरहनुभएको थियो । मधुरो देखिने हुँदा विस्तारै हिँडडुल गर्नुपर्ने बाध्यतामा रहनुभएका उहाँ आँखाको उपचार गरेर सहज जीवनको अपेक्षामा हुनुहुन्छ । “गाउँबाट तीन जना साथीहरु आएका छौँ, चस्मा लगाउँदा होला कि भनेको ‘अप्रेसन’ नै गर्नुपर्छ भन्ने कुरा डाक्टरले गर्दै हुनुहुन्छ”, याङ्वरक गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा भेटिनुभएका नुगोले भन्नुभयो ।

शिविरमा आँखा परीक्षणका लागि आउनुभएका याङवरक–६ का रामकुमार भारती शिविरमार्फत घर दैलोमा सेवा पु¥याउने कार्यले सामान्य नागरिक बढी लाभग्राही हुने बताउनुहुन्छ । “टाढा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्थ्यो, स्वास्थ्य क्षेत्रका अन्य सेवालाई पनि यसरी नै विस्तार गर्न स्थानीय सरकार लाग्नुपर्छ”, भारतीले भन्नुभयो, “आँखाको उपचारका लागि झापासम्म पुग्नुपर्ने बाध्यताले झापा पुगेर उपचार गराउनसक्ने अवस्था छैन ।”

उपचार र परीक्षणका लागि गाउँपालिकाले आयोजना गरेको आँखा शिविरमा आउनुभएका मैतसिंह, श्रीनन्द र रामकुमारजस्तै पूर्वी पहाडका नागरिकले आँखाको उपचार तथा परीक्षणका लागि कि त शिविर नै पर्खनुपर्छ, कि झापा पुग्नुपर्छ । पूर्वी पहाडका आँखाको उपचार गर्ने अस्पताल र जनशक्ति अभावका कारण नागरिक आँखा शिविरको भरपुर सदुपयोगमा लागेका देखिन्छन् ।

तथ्याङ्कले पनि यहाँका नागरिक शिविरमार्फत सेवा लिन इच्छुक रहेको देखाउँछ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङसँगको सहकार्यमा यही मङ्सिर १४ र १५ गते याङवरक गाउँपालिकाले आयोजना गरेको शिविरमा तीन सय ९७ जनाले सेवा लिएका छन् । त्यसमध्ये ३२ जनाको मोतियाबिन्दको शल्यक्रिया, दुई सय २८ जनाको आँखा परीक्षण र चस्मा वितरण तथा बाँकीको आँखा परीक्षण गरिएको गाउँपालिकाका प्रवक्ता कुमारध्वोज सुनुवारले जानकारी दिनुभयो ।

यहाँ गत वर्ष आयोजना गरिएको शिविरमा पाँच सय ३० सेवाग्राहीले लाभ लिएका र त्यसमध्ये ३८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिनुभयो ।

याङवरक र कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गरी आँखा परीक्षण, बिरामीको तथ्याङ्क सङ्कलन, चस्मा र औषधि वितरण गरिरहेका छन् । कुम्मायकले यासोक बजारमा कुम्मायक आँखा उपचार केन्द्र र याङ्वरकले थर्पुमा याङवरक आँखा उपचार केन्द्र स्थापना गरेका छन् । यी उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको सहकार्यमा स्थापना गरिएका हुन् ।

दुई÷दुई वर्षमा आँखा शिविर सञ्चालन गर्दै आएको हिलिहाङ गाउँपालिकाले यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा मङ्सिर पहिलो साता आयोजना गरेको शिविरमा नौ सय सात सेवाग्राहीले सेवा लिएका थिए । त्यसमध्ये ६७ जनाको मोतियाबिन्दु र अन्य समस्याको शल्यक्रिया गरिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार आँखाको उपचार सहज नहुँदा सेवाग्राही शिविर कुरेर बस्ने गरेका छन् । “स्वास्थ्य संस्थामा आँखाका बिरामी दैनिकजसो आउँछन्, मोतियाबिन्दुको समस्या धेरै देखिन्छ, चस्मा लगाउनुपर्ने अवस्थाका बिरामी पनि प्रशस्तै भेटिन्छन्”, घिमिरेले भन्नुभयो, “हामीले उपचार गर्न नसक्ने हुँदा उपचारका लागि जिल्ला बाहिर जान वा शिविर पर्खन भन्ने गरेका छौँ ।” विद्यार्थीमा पनि आँखाको समस्या देखिने गरेको घिमिरेको भनाइ छ । यस्तै आँखामा आकस्मिक समस्या तथा दुर्घटनामा चोट लागेमासमेत उपचारका लागि झापा पुग्नुपर्ने बाध्यता छ ।

यहाँका अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल विर्तामोड पुग्ने गर्दछन् । कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन् । उसो त पाँचथरका फिदिम नगरपालिकासहित अन्य स्थानीय तहले आँखा शिविर सञ्चालन गरिरहेका छन् । स्थानीय तहले नियमित शिविर सञ्चालन गर्दा नागरिकलाई केही सुविधा पुगेको देखिन्छ ।

शिविरमार्फत दिइने सेवाभन्दा जिल्लामा आँखाको उपचार गर्ने सुविधासम्पन्न अस्पताल निर्माण गर्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिने गरेका छन् । जिल्ला अस्पतालमा मेची आँखा अस्पतालको सहयोगमा छुट्टै कक्ष स्थापना गरिए पनि दक्ष स्वास्थ्यकर्मी, उपकरण र औषधिको अभावमा उक्त कक्षले प्रभावकारी सेवा दिन नसकेको बिरामीको गुनासो छ । रासस

शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.