• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ४ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

‘रोग पहिचानको प्रवेशद्वार नै छायामा’

  •  शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित

जनकपुरधाम । नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ । नभए बिरामी आफैँले चिनेको वा नाम सुनेको भारमा चिकित्सक कहाँ पठाइदिनु भन्ने गरिएको छ ।

डा विश्वराज दवाडी प्रारम्भिक अवस्था पहिचानको प्रवेशद्वारका रुपमा रहेको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको विकास र विस्तारको अभावमा यो अलमल देखिरहेको बताउनुहुन्छ । जसकारण बिरामीले रोग पहिचानमै धेरै समय र पैसाको नोक्सानी बेहोर्नु परिरहेको उहाँ बताउनुहुन्छ ।

“चिकित्सा विज्ञानमा सबैभन्दा ठूलो काम नै रोगको सही पहिचान गर्नु हो । रोग पहिचानका लागि सही प्रक्रिया सुरु भएपछि मात्रै त्यसको निदान सहज हुन्छ । सहजीकरणको काम विशेषज्ञता हासिल गरेका चिकित्सक सम्मिलित ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोशियसन’ (जिपिइम्यान) विभागले गर्ने हो”, डा दवाडी भन्नुहुन्छ, “नेपालमा यससम्बन्धी खासै जानकारी दिने गरिँदैन । नागरिकको विश्वासका लागि प्रचारप्रसारको अभाव हुनुका सौ धेरै अस्पतालमा उक्त विभाग नै हुँदैन । जसले गर्दा बिरामी धेरै अस्पताल र चिकित्सक कहाँ भौतारिने र अन्तमा पैसा खर्चसँगै स्वास्थ्यमा थप जटिल समस्या आइसकेको हुन्छ ।”

डा जयनारायण साह पनि नेपालमा २५ शय्याभन्दा माथिका अस्पतालमा अनिवार्यरुपमा जिपिइम्यान सम्मिलित विभागको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरै अस्पतालमा त्यसको अभ्यास नरहेकाले छायामा परेको बताउनुहुन्छ ।

“जनरल भनेपछि सामान्य हो भनेर त्यहाँ किन जाने भन्ने प्रचलन छ । तर त्यहाँका चिकित्सक मेडिकल अधिकृतभन्दा माथिल्लो विशेषज्ञता हासिल गरेका विज्ञ हुन्छन् भन्ने जानकारी दिनुपर्ने अवस्था छ”, जानकी मेडिकल कलेज शिक्षण अस्पताल धनुषा, शिक्षण विभाग प्रमुखसमेत रहनुभएका डा साहले भन्नुभयो, “त्यसको अभावमा कि त बिरामीले रोगको प्रकृतिअनुसार घरबाटै डाक्टर पहिचान गरेर आउने कि त टिकट काउन्टरको कर्मचारीले भनेअनुसार जाने अवस्था छ । जसकारण बिरामीले यताउता भौतारिरहनुपरेको हुन्छ ।”

डा शिवशङ्कर साह सो विधाका विशेषज्ञ चिकित्सकहरुले रोगको पहिचान, सोको निदानका लागि सम्बन्धित चिकित्सकसँग सम्पर्क स्थापित गरी बिरामीलाई धेरै ठाउँ धाउने र थप समस्यामा पर्ने अवस्थाबाट जोगाउने तर्क गर्नुहुन्छ । “बिरामीले सुनेको र चिनेको भारमा रोगसँग असम्बन्धित चिकित्सक रोज्ने, रोगको डाइग्नोसिसमै अल्झिँदा सम्बन्धित चिकित्सकसम्म पुग्दा समय, अर्थ र स्वास्थ्यमा थप जटिलता उत्पन्न हुने गरेको छ । त्यसबाट जोगिन र जोगाउन सबै सचेत हुनुपर्छ । त्यो भनेको जिपिइम्यान विभागको विकास र विस्तार नै हो ।”

शुक्रबार जानकी मेडिकल कलेजमा आयोजित जिपिइम्यानको सेमिनारमा सहभागी हुन यहाँ आउनुभएका चिकित्सकको भनाइ हुन् यी । यो विधाका चिकित्सकको सङ्गठन जिपिइएमएएनका केन्द्रीय महासचिवसमेत रहनुभएका डा. विश्वराज दवाडीले नेपालमा हाल पाँच सयभन्दा बढी चिकित्सकहरु रहेकामा करिब पचास प्रतिशतले अवसरका लागि नेपाल छोड्ने गरेका जानकारी दिनुभयो । सो विधासम्बन्धी विशेषज्ञ चिकित्सकलाई नेपालमै रोक्नका लागि अस्पतालहरुमा सेवा विस्तार र नागरिकमा विश्वास अभिवृद्धि गर्न आफ्नो संस्थाले काम गरिरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष ओपी पाण्डेले विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्षजनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभाग स्थापना गरेर सेवालाई थप व्यवस्थित बनाउने काम गरिरहेको बताउनुभयो ।

अस्पताल निर्देशक प्रा डा धर्मदत्त सुवेदीले आफ्नो मेडिकल कलेजले रोग पहिचानको ‘प्रवेशद्वार’ का रुपमा रहेको उक्त विभाग स्थापना गरेर काम गर्नुका साथै सोही विषयमा अध्ययन/अध्यापन पनि गराइरहेको जानकारी दिनुभयो । हाल सो विधाका दुई जना विशेषज्ञ र एमडिजिपिए अध्ययनरत चार जना चिकित्सकले सेवा दिइरहेका उहाँले जानकारी दिनुभयो ।

सुवेदीले अन्तरङ्ग तथा बहिरङ्ग सेवामार्फत अस्पतालले वर्षमा एक लाखभन्दा बढी नागरिकलाई स्वास्थ्य उपचार दिइरहेको र गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने गरेकोसमेत बताउनुभयो ।

विसं २००३ देखि पठनपाठन सुरु गरेको सो मेडिकल कलेजमा अहिले १८औँ ब्याचलाई पढाइरहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत एमडी, एमएस, एमबिबीएसका साथै स्टाफ नर्स कोर्ष पनि सञ्चालनमा छ । यी सबै कार्यक्रमबाट हालसम्म दुई हजारभन्दा बढी दक्षजनशक्ति उत्पादन गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.