• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

भक्तपुर अस्पताल चाँडै तीन सय शैयामा विस्तार हुने

  •  बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

भक्तपुर । भक्तपुर अस्पताल चाँडै तीन सय श्ययामा विस्तार हुने भएको छ । चन्द्र शम्शेरको पालामा १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट सञ्चालित उक्त अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्न लागिएको हो ।

बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई तीन सय श्ययामा स्तरोन्नतिको निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षमै खरिद गर्ने गरी करिब रु आठ करोडको सिटीस्क्यान मेसिन खरिद गर्न भक्तपुर अस्पताललाई बजेट विनियोजनसमेत गरेको छ ।

“भक्तपुरका बासिन्दालाई गुणस्तरीय उपचारका लागि उपत्यकाका महँगा निजी अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास छ, स्थानीयस्तरमा सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रदेश सरकारको नीतिअनुसारनै यो निर्णय भएको हो”, ढकालले भन्नुभयो ।

उपत्यकाकै पुरानो अस्पताल भए पनि सरकारबाट उपेक्षित हुँदै ७५ श्ययामा सञ्चालन हुँदै आएको यो अस्पताल बागमती प्रदेश सरकार मातहतमा गएपछि कोरोना महामारीको समयमा तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमको पालामा भेन्टिलेटरसहितको आइसियु सेवासहित एक सय ८६ श्ययासम्म सञ्चालन गरिएको थियो । डा गौतमले भन्नुभयो, “अस्पताल व्यवस्थितरुपमा सञ्चालन गर्नसके बिरामीले अन्य अस्पताल धाउनुपर्दैन ।” प्रदेश सरकारले भक्तपुर अस्पताललाई एम्बुलेन्ससमेत प्रदान गरेको छ ।

अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झाले प्रदेश सरकारको निर्णयले आफूहरुलाई उत्साहित बनाएको उल्लेख गर्दै दरबन्दी थपसहितको परिपत्र आएपछि सेवा विस्तारका प्रक्रिया थालिने बताउनुभयो । “अब नयाँ भवनमा सेवा सञ्चालनको तयारी छ । भवनको अभाव हुँदैन”, उहाँले भन्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले एक वर्ष अगाडिनै भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल र यस वर्ष देशकै उत्कृष्ट अस्पताल घोषणा भएर प्रदेश सरकारबाट पुरस्कृत भएको अवस्थामा तीन सय श्ययामा स्तरोन्नति भएर थप प्रोत्साहन पाएको बताउनुभयो । उपचारका लागि अन्य अस्पतालबाट रिफर गरेर आउने गरी सेवा विस्तार गरिने उहाँको भनाइ छ । रासस

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.