• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

‘आँखा देखाउने डाक्टरलाई आर्शिवाद’

  •  बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

टक्सार (भोजपुर)। दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ । स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिनुभयो ।

भोजपुर नगरपालिका दाँवा घर भएकी ८२ वर्षीया लक्ष्मीदेवी चौहानले शिविरमा आँखाको शल्यक्रिया गराउनुभयो । उहाँले आँखा देख्न थालेपछि भन्नुभयो, “हामीलाई आँखा देखाउने डाक्टरलाई राम्रो होस्, आर्शिवाद छ । सधैँ धमिलो आँखा देख्थे अहिले सबै देख्न थालेकी छु ।”

उहाँ मात्र होइन भोजपुर–७ की सीता भुजेल पनि आँखाको शल्यक्रिया भएपछि खुसी हुनुहुन्छ । शिविरमा पाँचथरकी तुलसी राईले आँखाको शल्यक्रिया गराउनुभयो । उहाँले भन्नुभयो, “शिविरमा शल्यक्रिया गराएपछि छ्याङ्ग देख्न थालेको छु ।”

शिविरमा भोजपुरसहित जिल्ला बाहिरका नागरिकले पनि सेवा लिएका जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो । उहाँका अनुसार शिविरमा ९० वर्षसम्मका वृद्धवृद्धाले सेवा लिनुभएको हो ।

उपचारका लागि अन्यत्र जान आर्थिक तथा पारिवारिक समस्या हुने भएकाले जिल्लामा सञ्चालन भएको शिविर प्रभावकारी बनेको आयोजक नेपाल नेत्रज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “रू ५० तिरेर वर्षौँदेखि आँखा नदेख्ने समस्या भएका बिरामीलाई शिविरले सुविधा दिएको छ ।”

तामाङका अनुसार विराटनगर आँखा अस्पताल रानी र केन्द्रको आयोजना तथा सिबिएम संस्थाको सहयोगमा सञ्चालित शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने पाँच सय २१ जनाको परीक्षण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका, जेष्ठ व्यक्ति तथा अन्य विविध कारणले वर्षौँदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालित शिविरले लाभ पु¥याएको सङ्घका संस्थापक सदस्य धर्मराज राईले बताउनुभयो । “शिविरमार्फत हाम्रा वृद्ध आमाबुबालाई पुनःस्पष्ट देख्ने हुनुभएको छ । उहाँहरुसँगै हामी पनि खुसी छौँ”, उहाँले भन्नुभयो ।

विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखाको शल्यक्रिया गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा सगुन मल्लले जानकारी दिनुभयो । “आर्थिक अवस्था कमजोर भएका र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “वर्षौँदेखि आँखाको समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।” शिविरमा मल्लसहित नौ जना चिकित्सकको सहभागिता थियो । रासस

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.