• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जुम्लाका साढे ५४ हजार बढीलाई टाइफाइड विरुद्धको खोप लगाइने

  •  बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

जुम्ला । जुम्लाका साढे ५४ हजारबढी नागरिकलाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकारको भूकम्प प्रभावित जिल्लाहरूमा खोप अभियान २०८०–८१ अन्तर्गत जुम्लाका (१३ देखि ४५ वर्ष उमेर समूह) का ५४ हजार ६ सय ३५ जना नागरिकलाई टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । जुम्लाको जनसङ्ख्या करिब १ लाख २० हजार बढी छ । जसमध्य खोप उमेर समूहका साढे ५४ हजारलाई खोप लगाइने तयारी छ ।

भूकम्प प्रभावित जाजरकोट,रुकुम पश्चिम,लगायतका जिल्लामा खोप अभियान चलाउने राष्ट्रिय कार्यक्रम अनुसार जुम्लामा पुष ८ गतेदेखि १३ गतेसम्म खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार खोप अभियानका लागि एक सय २० जना खोप कार्यकर्ता, दुई सय ४० जना स्वयम सेवक परिचालन गरिने छन् । भने तीन सय वटा खोप सेसन सञ्चालन हुने छन् ।

पहिला कुनै खोप लगाएर एलर्जी भएका,एड्स भएको अवस्था, हालै उच्च ज्वरो, सिकिस्त बिरामी भएको, गर्भवती महिला र ६ महिनाभित्र स्तनपान गराई रहेका महिलालाई भने टाइफाइड विरुद्धको खोल नलगाइने प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

पुस ८ गतेदेखि हुने खोप अभियान दुई चरणमा सञ्चालन गर्ने कार्यतालिका छन् । जसमा पहिलो चरणमा पुष ८ गतेदेखि १० गते सम्म कनकासुन्दरी,सिंजा र हिमा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । भने, दोस्रो चरणमा पुष ११ गतेदेखि १३ गते सम्म चन्दननाथ नगरपालिका सहित,गुठिचौर,पातारासी,तातोपानी र तिला गाउँपालिकामा खोप लगाइने छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन टाइफाइड विरुद्धको खोप अनिवार्य हो भन्ने कुरा जनचेतना अभिवृद्धिमा जोड दिन जरुरी रहेको छ । जुम्लामा मङ्गलवार आयोजित सरोकारवालाको बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने साँझा प्रतिबद्धता गरेका छन् । गाउँगाउँमा जनचेतना अभिवृद्धि, प्रचार प्रसार, शान्ति सुरक्षा,खोप केन्द्र छनोट,खटिने जनशक्तिलाई तालिम लगायत विभिन्न सवालमा समन्वय सहकार्य र सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लाका साढे ५४ हजार नागरिक नछुट्ने गरी टाइफाइड विरुद्धको खोप अभियान सम्पन्न गर्न पत्रकार, नागरिक समाज, सुरक्षा निकाय, जनप्रतिनिधि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“पुर्वतयारीलाई मजबुद बनायौ । भूकम्प प्रभावित जिल्लामा टाइफाइडको प्रकोप फैलिन सक्ने जोखिम न्युनिकरणका लागि खोप अभियान कोशेढुंगा सावित हुने छ । सबै पालिकामा आवश्यक समन्वय गरिने छ ।”

यसअघिनै ६ महिनादेखि १५ वर्ष मुनीका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाई सकेकोले अभियान अन्तर्गत १६ देखी माथि ४५ वर्षमुनिका नागरिकलाई खोप लगाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले खोप अभियान सफल बनाउन र सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन सुरक्षा निकायले भरपुर सहयोग गर्ने उल्लेख गर्नुभयो । गाउँमा खोप किन लगाउने ? खोप लगाएपछि के फाइदा हुन्छ भन्ने सोचाई रहेकोले व्यापक प्रचार प्रसारमा जोड दिनुपर्ने प्रजिअ घिमिरेको भनाई छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओका) प्रतिनिधि तथा डाक्टर पुरुषोत्तम सडाईले कुनै पनि क्षेत्रमा भूकम्प लगायतका विपद्पछि टाइफाइडको प्रकोप फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सञ्चालन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“रोग प्रतिरोधात्मक क्षमता बढाउन टाइफाइड विरुद्धको खोप लगाउन अनिवार्य छ । खोपबाट कोही नछुटुन्, कोही नदोहोरिउन् भन्दै शतप्रतिशत नागरिकलाई खोपको पहुँचमा पुराउने सरकारको लक्ष्य छ । सोहीअनुसार जुम्लाका खोप लक्षित उमेर समूहका सबैलाई खोप लगाउन आवश्यक समन्वय सहकार्यमा जोड दिन जरुरी छ ।”

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.