काठमाडौं । शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा बाह्र बर्षीय बालककको जटिल शल्यक्रिया गरिएको छ ।
बालकको ’ट्रीकस्पीड भल्भ’ पुरै निकालेर मुटुको बाहिरी खोल बनाई सफल प्रत्यारोपण गरिएको हो ।
यो उमेर समुहको यस प्रकृतिको शल्यक्रिया निकै जटिल रहने उपचारमा संलग्न चिकित्सकहरु बताउंँछन ।
ती बिरामी बालकको केही हप्ता अघि मात्र खुट्टामा चोट लागेर संक्रमण भएको थियो । यो संक्रमणले मुटुको ‘ट्रीकस्पीड भल्भमा’ संक्रमण भई भल्भ नष्ट भएको डाक्टर रबीन्द्रभक्त तिमलाले जानकारी दिनुभयो ।
उहांँ सहितको टीमले बालकको मुटुको भल्भ पुरै निकालेर पेरिकार्डियम खोल बनाएर बेलनाकार भल्भ बनाएर प्रत्यारोपण गर्नुभएको थियो । यो जटिल सफल शल्यक्रिया हुन ४८ घण्टा लागेको र हाल बालकले स्वास्थ्य लाभ गरेको डा. तिमलाले बताउनु भयो ।
अस्पतालले ‘ट्रेटालोजी अफ फ्यालोट’ रोगका कारण पल्मोनरी भल्भ निकालेर मुटुकै दायांँ कोष्ठबाट पल्मोनरी भल्भ बनाई सफल प्रत्यारोपण भईसकेको जनाएको छ ।
यी दुबै प्रविधि संभवत नेपालमै पहिलोपटक गरिएको अस्पतालको भनाई छ ।
