• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर

  •  आइतबार, पुष १५, २०८० मा प्रकाशित

गुल्मी । गुल्मीमा नवविवाहित एक दम्पतीले विवाहमा हुने फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका छन् । रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँका सञ्चारकर्मीसमेत रहनुभएका मोहन बस्नेतलले विवाहको भोजमा हुने फजुल खर्चबाट गाउँमा गरिब तथा विपन्न नागरिकका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको हो ।

पछिल्लो समयमा विवाहमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न भोजभतेरमा गर्ने खर्च सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरुले त्यस्तो योजना बनाएको उहाँले बताउनुभयो । बस्नेतले आफ्नो जन्मभूमिमा थोरै भए पनि सेवा गर्नुपर्छ भन्ने सोचले विवाहमा तडक भडक गर्नाको साटो जोगाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ, छाती तथा मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञद्वारा निःशुल्क परीक्षण गराइएको थियो । शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नाका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

विवाहकोे भोजमा हुने फजुल खर्च बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरिब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताउनुभयो । उहाँले यस्ता सामाजिक कार्यले आउँदो दिन अरुलाई पनि थप प्रेरणा मिल्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह हुने उल्लेख गर्नुभयो । आफ्नै घरदैलोमा आएर विशेषज्ञसहितको सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीयवासी पम्फा विश्वकर्माले बताउनुभयो ।

उहाँले यस्ता प्रकारका पुण्य कामबाट आफूहरुजस्ता धेरैलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनुभन्दा मानिसको उपचार गर्नु ठूलो धर्म भएको बताउनुभयो । शिविरमा चार सयभन्दा बढी बिरामी सहभागी थिए । सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायलाई सहयोग गर्दै आउनु भएको थियो ।

त्यसैगरी रेसुङ्गा नगरपालिका–११ राङ्बासका गुणाखर पाण्डेले विवाहमा हुने फजुलखर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापनाका लागि सहयोग गर्नुभएको छ । उहाँले स्थानीय भगवती मावि र राङ्बास माविलाई रु ५०÷५० हजारको अक्षयकोष स्थापनाका लागि सहयोग उपलब्ध गराउनुभएको हो ।
रासस

आइतबार, पुष १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.