• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने माग

  •  बुधबार, पुष १८, २०८० मा प्रकाशित

पाटन (ललितपुर) । चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्स, फार्मेसी विभागका प्रा डा पन्ना थापाले मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भए बिरामीमा प्रयोगका लागि सिफारिस गरिने भएकाले बिरामीले पनि औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसार कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको हो ।

“बिरामीले औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूको जोड छ । मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भएको अवस्थामा बिरामीलाई प्रयोग गर्न सिफारिस गर्ने गरिन्छ, धेरैजसो देशले औषधिका रूपमा प्रयोग गर्नपाउनु पर्छ भनेर पैरवी गरेका छन् तर हामीले २० वर्षभन्दा मुनिका लागि भने प्रयोगमा अनुमति दिनुहुँदैन”, उहाँले भन्नुभयो ।

प्रा डा थापाले गाँजा विशेष किसिमको वनस्पति भएको र नेपालमा अहिलेसम्म तीन प्रकारको गाँजा पाइने उल्लेख गर्दै चीनबाट सुृरु भएको गाँजाको प्रयोग अहिले निद्रा नलाग्दा र एन्जाइटीमा प्रयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले शक्तिशाली देशले गरिब देशलाई कमजोर बनाएर राख्ने रणनीतिअनुरुप औषधीय गुणलाई बेवास्ता गर्दै गाँजालाई बन्देज गरिएको छ भन्नुभयोे । नेपालकै इतिहासमा पनि विसं १९७३ भन्दा अगाडि यसलाई औषधीयरूपमा प्रयोग गरेको पाइन्छ भन्दै डा थापाले गाँजाको टुप्पोदेखि जरासम्म सबै उपयोगमा आउने र यसलाई राम्रोसँग नियमन गर्न सके आर्थिक उपार्जनको माध्यम बन्नसक्ने जानकारी गराउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले गाँजाको प्रयोगसम्बन्धी तीन सय वर्षको इतिहास भेटिने उल्लेख गर्दै गार्मेन्ट र टेक्सटाइलमा पनि कच्चा पदर्थका रूपमा प्रयोग गर्न सकिने देखिएको जानकारी गराउनुभयो ।

“गुल्मीको कफीलाई जापानसँग लिङ्क गरेपछि सहज भएजस्तै गाँजालाई पनि औषधीय गुणसँग जोडेर अन्तर्राष्ट्रियकरण गरिनुपर्छ । आयातित प्रवृत्तिले हाम्रा गर्विलो इतिहासलाई मेटाउँदै छौँ, विगतका शासन प्रणालीमा भएको कमजोरीले हाम्रो मौलिकतालाई गुमाउँदै छौंँ,” डा पौडेलले भन्नुभयो, “गाँजालाई धुमपानका रूपमा प्रयोग गर्ने पद्धतिलाई मात्रै बन्देज गर्न सकेको भए हुन्थ्यो, अन्तर्राष्ट्रिय प्रभावका कारण औषधीयरूपमा पनि प्रयोग गर्न बन्देज गरेर हामीले सबै अवसरलाई गुमायौँ । बन्देज गर्नेगरी बनेका र भएका कानुनलाई १६औँ आवधिक योजनामा परिमार्जन गर्न पहल गर्नेछु ।”

नास्टका उपकुलपति प्रा डा दिलीप सुब्बाले गाँजा उत्पादन, उपभोग, प्रशोधन र बजारीकरणको विषय पेचिलो बनेको र नीति निर्माण तहमा विवादास्पद विषय बनेको धारणा व्यक्त गर्नुभयो । उहाँले सबै पक्षलाई केलाएर वैज्ञानिक, सामाजिक र मानवीय पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नीति र कानुन निर्माणमा ठोस सहयोग पुगोस् भन्ने धारणा व्यक्त गर्दै सरकारमा लाभदायक देखिनेगरी प्रतिवेदन पेस गर्न सकिने अपेक्षा गर्नुभयोे ।

गाँजासम्बन्धी नीति–नियमबारे चर्चा गर्दै बौद्धिक सम्पत्ति केन्द्र नेपालका कार्यकारी निर्देशक अधिवक्ता राजकुमार सुवालले मनीप्लान्टको सट्टामा घरको कोठाभित्र गाँजा रोप्न सक्यौँ भने हावामा कार्बनडाइअक्साइडलाई शुद्धीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभयोे । उहाँले कानुनीरूपमा बन्देज गरिएका देशमा मेडिकल क्षेत्रमा एक वर्षमा पनि चार सयभन्दा बढी बिरामीलाई गाँजा प्रयोगका लागि सिफारिस भएको पाइएको धारणा व्यक्त गर्नुभयो ।

गाँजासम्बन्धी भएका अनुसन्धान र हालसम्मको उपलब्धिबारे प्रस्तुतिकरण गर्दै नास्टका वैज्ञानिक डा सजनलाल स्याउलाले कुन खालको गाँजा कुन उपचारमा उपयोगी हुन्छ भन्ने कुरा अनुसन्धान गर्न आवश्यक छ भन्नुभयो ।

कुन औषधिमा के प्रयोजनका लागि गाँजा प्रयोग हुन्छ भन्ने अनुसन्धान पनि आवश्यक भएको धारणा व्यक्त गर्दै उहाँले यसको प्रयोगलाई व्यवस्थित गर्न र दुरुपयोगलाई निरुत्साहित गर्न कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिएर नीति–निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

हेम्प उद्योगका प्रबन्ध निर्देशक गणेश ऐडीले गाँजासम्बन्धी आर्थिक पक्षबारे चर्चा गर्दै अहिलेसम्म ऐन–नियममा भएका छिद्रलाई टेकेर काम गर्नुपर्ने बाध्यता छ भन्नुभयोे । नेपालको ५२ जिल्लामा यसको खेती गर्न सकिने उल्लेख गर्दै उहाँले यसबाट ४० लाख किलो रेसा र २० लाख किलो दाना उत्पादन गर्न सकिए पनि हाल चार लाख ५० किलोमात्रै रेसा र दाना उपलब्ध हुने गरेको छ भन्नुभयो ।

गाँजा क्षेत्रमा कार्यरत अनुसन्धानकर्मी, सङ्घसंस्था, मन्त्रालय सबैलाई एकै थलोमा ल्याई, गाँजासम्बन्धी नेपालमा भइरहेको कार्यक्रमबारे जानकारी गराउने उद्देश्यका साथ आयोजित विज्ञान संवादमा विभिन्न क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । रासस

बुधबार, पुष १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.