• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कमला पुलको अवरोध छिचोलिरहेका डाक्टर गोइत

  •  बिहिबार, पुष १९, २०८० मा प्रकाशित

गोदार (धनुषा) । तपाईँ हुलाकी राजमार्ग हुँदै सिरहा जानुभएको छ भने धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलछेउमा एउटा कालो रङको चारपाङ्ग्रे गाडी पक्कै देख्नुभएको होला । यो गाडी विगत आठ महिनादेखि सार्वजनिक बिदाबाहेक अन्य दिनमा यही पुल छेउमा देखिने हुँदा गाडी किन र कसले राख्ने गरेका होलान् ? भन्ने तपाईँलाई पक्कै जिज्ञासा हुनुपर्छ ।

यहाँ नजिक न बस्ती छ, न व्यापार । बाह्र वर्षअघिदेखि बनेको उक्त नदीमाथिको पुल सञ्चालनमा नआउँदै भास्सिएकाले यहाँबाट चारपाङ्ग्रे गाडी गुड्ने कुरै छैन तर पनि किन र कसले पुल छेउमा गाडीे राखिरहेको छ भन्ने बुझ्दै जाँदा थाहा भयो, त्यो गाडी त डा रामकिशोर गोइतको रहेछ ।

उहाँ सिरहास्थित प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ । त्यसैकारण डा गोइतलाई दिनहुँ कार्यस्थल सिरहा गइरहनुपर्छ । सिमाना जोडिएकै भए पनि जनकपुरधाम निवासी उहाँलाई ढल्केवर गोदार हुँदै त्यहाँ गइरहन दिनहुँ करिब ८७ किलोमिटर पार गर्नुपर्छ तर हुलाकी राजमार्ग हुँदै गएमा भने करिब २८ किलोमिटर बाटो छिचोले पुग्छ । यही छोटो दूरीको लाभ उठाउन डा गोइतले हुलाकी राजमार्गको बाटो रोजिरहनुभएको हो ।

आफ्नै गाडीमा कार्यस्थल पुग्न उहाँलाई भाँसिएको कमला पुल बाधक भएकाले विगत आठ महिनादेखि जनकपुरबाट गएर चारपाङ्ग्रे गाडीलाई कमला पुल छेउमा थन्क्याउने र पुलपारिबाट मोटरसाइकलको सहारामा कार्यस्थल आउजाउ गर्नुपर्ने बाध्यता छ ।

“के गर्नु ! ढल्केबर हुँदै पूर्वपश्चिम राजमार्गबाट जाँदा झण्डै तेब्बर दूरी पार गर्नुपर्छ । छोटो दूरीको सदुपयोग गरौँभन्दा पनि कमलाको पुल बाधक बनेकाले यहाँ गाडी पार्किङ गरेर जाने गरेको छु । खै कति वर्षसम्म यस्तो गर्नुपर्ने हो कुन्नि !”, डा गोइतले रासससँगको कुराकानीमा भन्नुभयो ।

“करिब १२ वर्ष लगाएर बनाइएको पुल एकै वर्षमा भास्सिएको साढे दुई वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा यहाँका मानिसले यस्तै सास्ती खेपिरहनुपरेको छ । अहिले त जेनतेन यस्तै चलिरहेको छ । वर्षायाममा त महेन्द्र राजमार्ग वा भारतको जयनगर भएर सेवा गर्न जानुपर्ने बाध्यता छ । यो पीडा कसले बुझिदिने”, उहाँले बताउनुभयोे, “करिब १३ वर्षदेखि निर्माणाधीन पुल सञ्चालनमा आए पनि तीन वर्षअघि भास्सियो । सञ्चालनमा आउन फेरि कति वर्ष लाग्ने हो ठेगानै छैन । यसले मलाई मात्रै होइन, प्रदेशको राजधानी पुग्नुपर्ने इमर्जेन्सीका बिरामीलाई त झन् कठिन भइरहेको छ ।”

डा गोइतका आफ्नै पीडा छन् । त्योभन्दा बढी पीडा छ उहाँका गाडी चालक बैजनाथ साहलाई छ । गाडीको सुरक्षाका लागि पनि चालकले डा गोइत नफर्कुञ्जेल त्यही पुलमा कुरेर बस्नपर्छ । “के गर्नु जागिर र गाडीको बचाउ गर्नैपर्यो । कहिलेकाहीँ त डाक्टरसापले शल्यक्रिया गर्दा धेरै समय लगाएमा झिमिक्क रात पर्दासम्म यही कुरेर बस्नुपर्छ”, चालक साहले आफ्नो पीडा सुनाउनुभयो ।

जनकपुरधामबाट आवतजावत गर्न डा गोइतलाई मात्रै होइन सोही अस्पतालमा कार्यरत अर्थोसर्जन डा रवि श्रीवास्तव र इण्डोक्रोलोजिष्ट डा सितेश गोइतलाई पनि उस्तै कठिनाइ भोग्नु परिरहेको छ । सिरहा अस्पतालमा विगत १० महिनादेखि कामकाज गर्दै आउनुभएका डा श्रीवास्तवले भन्नुभयो, “अस्पतालको आवास सुविधा राम्रो छैन । जनकपुरधामबाट दिनहुँ धाउने बाटोको हालत झन् खराब छ । यो १० महिनाको अवधिमा भोगेको दुःख भनिसाध्य छैन ।”

सङ्घीयता आएपछि घर पायक हुनेगरी सेवा गर्ने अवसर मिले पनि पुलको दूरावस्थाले आफूहरूलाई सास्ती दिनाका साथै सङ्घीय व्यवस्थामा पनि ढिलासुस्तीले विगतमा झै निरन्तरता पाउनु शोभनीय नभएको उहाँको गुनासो थियो । जनकपुरधामबाट सिरहा र सिरहाबाट जनकपुरधाम जान महेन्द्र राजमार्ग या त भारतको जयनगर पुग्नुपर्ने भएकाले अधिकांश नागरिकले यही बाटो प्रयोग गर्छन् । यो बाटो प्रयोग गर्दा करिब ६० किलोमिटर दूरी छोटिन्छ जबकि अरु बाटो प्रयोग गर्दा ८७ किलोमिटर लामो दूरी पार गर्नुपर्छ ।

“वर्षाबाहेक अन्य समयमा कमला नदीमा स्थानीयवासीले अस्थायी काठेपुल प्रयोग गर्छन् । त्यसका लागि मोटरसाइकल प्रयोग गर्नेहरुले एक पटकमा रु ५० तिर्नुपर्छ । कुनै बेला रु एक सय ५० तिरेर पनि आवतजावत गरेको छु”, सप्तरीको शम्भुनाथ नगरपालिका अर्नाहाका सञ्जीवकुमार यादवले भन्नुभयो, “वर्षात्मा त्यो सुविधा पनि प्रयोग गर्न नपाउँदा जनजीवन झन् कष्टकर हुन्छ ।”

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त कम्पनीसँगको ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । सो कम्पनीले निर्माणको काम अन्तिम चरणमा पुर्याएर विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा त्यसअघि नै बाढीका कारण पुल भास्सियो । तेह्रवटा पाया र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भास्सिएको थियो ।

गत वर्ष फागुनमा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ (हाल उपप्रधान तथा गृहमन्त्री)ले तत्काल पुल निर्माणको काम सुरु गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएअनुसार सोही वर्ष चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुनःनिर्माणको काम सुरु पनि गरियो तर सो कार्य वर्षा सुरु भएसँगै ठप्प छ ।

विसं २०७८ असारमा भास्सिएको पुल निर्माण सुरु हुन डेढ वर्ष लाग्दा पनि २०७९ चैतदेखि पुनःनिर्माण सुरु भएर केही हप्तामै रोकिएको सो काम आगामी २०८१ असार मसान्तभित्र सक्नुपर्ने हुलाकी सडक निर्देशनालय सिरहाका निर्देशक कृष्णकुमार महतोले जानकारी दिनुभयो । रासस

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.