• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • २ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • ३ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • ५ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २३ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २३ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २४ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १ दिन 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १ दिन 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. मीना सुनारको उद्धार

  • ३. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ९. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • १०. खैरो हेरोइनसहित चार जना पक्राउ

चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा क्रमिक सुधार : चिकित्सक

  •  बिहिबार, पुष १९, २०८० मा प्रकाशित

सियोल ।घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् ।

लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उहाँको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो ।

टाउकोबाट शरिरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्काले स्थानीय अस्पतालमा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको ‘भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।”

लीको मांसपेशीमा १.४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भएपनि शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार देखिएको हो ।

चक्कूले ‘भित्री नशा (जुगुलर भेन) करिब ६० प्रतिशत भाग काटेको’ सर्जन चिकित्सकले बताएका छन् ।

“भाग्यवश धमनी, मस्तिष्क तन्त्रिका, घाँटी वा वायुमार्गमा क्षतिको कुनै सङ्केत थिएन ।”

“लीको स्वास्थ्य तत्काल खतरामुक्त भए पनि अझै चिकित्सकीय निगरानी आवश्यक छ, मिनले भन्नुभयो, किनकि घाउमा सङ्क्रमण भई उपचारमा जटिलता आउनसक्छ ।”

लीको शल्यक्रियापछि सियोल अस्पतालले बिहीबार पहिलो पटक स्वास्थ्य अवस्थाबारे दिएको जानकारीमा पार्टी नेतालाई बुधबार सघन उपचार कक्षबाट जनरल वार्डमा स्थानान्तरण गरिएको बताइएको छ ।

लीको डेमोक्रयाटिक पार्टीले आक्रमणकारीको चक्कु उनको नसामा नभई उनको धमनीमा लागेको भए उहाँको मृत्यु हुनसक्ने बताएको छ ।

योनहाप समाचार संस्थाका अनुसार बुसानको एक अदालतले हत्या प्रयासको अभियोगमा ६६ वर्षीय संदिग्ध व्यक्तिविरुद्ध अभियोजन पक्षले दायर गरेको पक्राउ पुर्जी बिहीबार पुनरावलोकन गर्ने भएको छ ।
रासस

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
नारायणी अस्पतालका चिकित्सकको राजीनामा

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.