• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

शारीरिक अशक्तताका बाबजुद स्वर्णपदक जित्न सफल केशव

  •  शनिबार, पुष २८, २०८० मा प्रकाशित

म्याग्दी । धवलागिरि गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानैदेखिको सपना थियो । विसं २०६७ पुस २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै गरेका थापाको कम्मरभन्दा तलको भाग नचल्ने भयो ।

अठार महिना अस्पताल र पुनःस्थापना केन्द्रमा उपचार गरेपछि मेरुदण्ड पक्षघात (स्पाइनल इन्जुरी) भएका थापा ह्विलचियरमा हिँडडुल गर्नुहुन्छ । पढाइ र खेलमा अब्बल थापाले शारीरिक प्रतिकूलताका बाबजुद लक्ष्य हासिल र सपना पूरा गर्न हिम्मत हार्नुभएन । उहाँले ह्विलचियरकै साहराले शारीरिक अपाङ्गता भएकाबीच हुने पारा टेबल टेनिसको एक अन्तर्राष्ट्रिय र छ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

“बास्केटबलमा मेरो रुचि र अनुभव थियो”, उहाँले भन्नुभयो, “शारीरिक अवस्था प्रतिकूल भएपछि नेपाल अपाङ्ग सङ्घले सञ्चालन गरेको खगेन्द्र नवजीवन गृहमा बसेर पढाइलाई निरन्तरतासँगै ह्विलचियरमै बसेर टेबल टेनिस र बास्केटबल खेल्न सिके, प्रतियोगितामा भाग लिएर सफल पनि भए”, उहाँले भन्नुभयो ।

आत्मविश्वास, निरन्तरको अभ्यास र मेहनतका कारण खेलकुद र पढाइलाई सँगसँगै अघि बढाउन सफल भएको थापाको अनुभव छ । पुनःस्थापना केन्द्रमा बस्दा समय व्यवस्थापनका लागि आफू जस्तै अन्य साथीले खेलेको देखेर थापाले ह्विलचियरमा बसेर टेबल टेनिस खेल्न सिक्नुभएको थियो ।

सन् २०१४ मा बङ्गलादेशमा भएको पारा टेबल टेनिस प्रतियोगितामा थापाले स्वर्णपदक दिलाउनुभएको थियो । नेपालको प्रतिनिधित्व गरेर उहाँले सन् २०१८, २०१९ र २०२२ मा भएको पारा एसियन टेबल टेनिस च्याम्पीयनसिप प्रतियोगितामा भाग लिनुभएको थियो ।

पोल्याण्ड, जापान र थाइल्याडमा भएको छनोट खेलमा सहभागी हुनुभएका थापाले भूटानमा पारा टेबल टेनिसको अन्तर्राष्ट्रिय ‘कोच’सम्बन्धी पहिलो तहको तालिम लिनुभएको छ । राष्ट्रियस्तरको प्रतियोगितामा छ स्वर्णपदक जितेका थापाले अपाङ्गता मात्र नभई सवालङ्गलाई पनि टेबलटेनिस खेलसम्बन्धी प्रशिक्षण दिनुहुन्छ ।

यसै वर्ष पेरिसमा हुने पारा ओलम्पिकको छनोट खेलको तयारीमा रहेका थापा मे महिनामा पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन च्याम्पीयनसिपमा भाग लिन थाइल्याड जाने तयारीमा हुनुहुन्छ । थापालाई युवा तथा खेलकुद मन्त्रालयले विसं २०७८ मा रु एक लाख राशिको खेल प्रतिभा पुरस्कार प्रदान गरेको थियो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले विसं २०७६ मा ‘एनएनआइपीए अवार्ड’ बाट सम्मान गरेको थियो । धवलागिरि गाउँपालिकाले यही पुस २६ गते २१आँै गाउँसभाका अवसरमा रु १० हजार पाँच सयसहित थापालाई पुरस्कृत गरेको थियो ।

थापा स्पाइनल इन्जुरी नेटवर्कले काठमाडाँैमा सञ्चालन गरेको विद्यालयमा स्पाइनल इन्जुरी भएका बालबालिकाले पढ्ने विद्यालयमा शिक्षण गर्नुहुन्छ । सो विद्यालयमा हाल १५ बालबालिका छन् । अनलाइनमा आधारित अपाङ्गता सहायता सामग्रीको व्यवसायलाई थापाले जीविकोपार्जनको माध्यम बनाउनुभएको छ ।

सरकारले मेरुदण्ड पक्षघात भएकाका लागि उपलब्ध गराउने मासिक रु पाँच हजार औषधि उपचार खर्च थापाले पाउनुहुन्छ । “धेरै वर्षको प्रयासपछि दुई वर्षदेखि स्पाइनल इन्जुरी भएकाका लागि सरकारले औषधि उपचार खर्चको व्यवस्था मिलाएको छ”, उहाँले भन्नुभयो, “सार्वजनिक संरचना र शौचालय अपाङ्गतमैत्री बनाउन, मेरुदण्ड पक्षघात भएकाको शिक्षामा पहुँच बढाउन पैरवी गरिरहेका छौँ ।”

थापा ‘ह्वीलचियर’ को सहारा लिने मानिसको आत्मविश्वास बढाउने उद्देश्यले स्थापना भएको ‘मेरुदण्डीय पक्षघात समूह नेपाल’ को महासचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । दाताको सहयोग जुटाएर छात्राबासको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । रासस

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.