चितवन । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट बरिष्ठ पत्रकार महेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको आठौं बार्षिकोत्सवको अवसरमा विगत लामोसमयदेखि पत्रकारिता मार्फत समाज परिवर्तनमा गरेको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको हो ।
उहांँलाई प्रमुख अतिथि नेपाली कांँग्रेसका वरिष्ठ नेता तथा सांसद डा.शशांक कोइराला तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सम्मान गर्नु भएको थियो ।
अवार्डबाट सातै प्रदेशका १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको थियो ।