• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

शैलजा आचार्य हृदय रोग केन्द्रको सेवा सुरु

  •  सोमबार, माघ ०८, २०८० मा प्रकाशित

मोरङ । कोशी प्रदेश सरकारले विराटनगर–१० स्थित शैलजा आचार्य हृदय रोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।

प्रस्तावित एक सय शय्या हुने सो केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिनुभयो । केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीले मुटु रोगका साथै अन्य साधारण बिरामीको उपचार सेवा प्रदान गर्नेछन् । सो केन्द्रमा आगामी छ महिनाभित्र आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका परीक्षणको सामग्री उपलब्ध हुने उहाँले बताउनुभयो ।

कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज यहाँ संयुक्तरुपमा केन्द्रको उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रदेशप्रमुख खापुङले केन्द्रको स्थापनाबाट विराटनगर स्वास्थ्य केन्द्रका रुपमा विकसित भएको बताउनुभयो । उहाँले केन्द्रमा कोशी, मधेस प्रदेशका साथै सीमावर्ती भारतीय क्षेत्रका जनतालाई उपचारमा सहज हुनाका साथै यस क्षेत्रको आर्थिक चलायनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सात लाख उच्चरक्तचापबाट पीडित जनतालाई बचाउन हृदय रोग केन्द्र स्थापना गरेको बताउनुभयो । उहाँले प्रदेशमा दुई लाख मुटुको बिरामी रहेको चर्चा गर्दै उपचारमात्र होइन यो रोग कसरी लाग्छ भन्ने अनुसन्धानका लागि समेत बजेट छुट्याएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले मानवीय विकासका लागि चिकित्सक, इन्जिनियर, पशु र स्वास्थ्य विज्ञमा निःशुल्क अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले सरकार सुशासन कायम गर्न र नागरिकको जीवनस्तर उकास्नका लागि कोही कसैसँग कुनै सम्झौता नगर्ने प्रण व्यक्त गर्नुभयो ।

कांग्रेस नेता डा कोइरालाले सेवा प्रदान गर्ने संस्थामा राजनीतिक नगर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले मुलुकमा रहेका दक्ष जनशक्तिको विदेश पलायन रोक्न दलहरु गम्भीररुपमा लाग्नुपर्नेमा जोड दिँदै केन्द्रलाई तालिम केन्द्रका रुपमा समेत विकास गरेमा यसको उपादेयता मुलुकभर पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय पूर्वमन्त्री अमनलाल मोती, प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, पूर्वमन्त्री तिलकुमार मेयाङ्वो, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेत र मुटुरोग वरिष्ठ चिकित्सक डा भगवान कोइराला र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश अध्यक्ष राजेन्द्र राउतले केन्द्रको स्थापनाबाट प्रदेशका जनताले स्तरीय सेवा पाउनु धारणा राख्नुभयो । रासस

सोमबार, माघ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.