• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै

  •  बिहिबार, माघ ११, २०८० मा प्रकाशित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटले मिर्गौलाका बिरामीका लागि ‘डायलायसिस’ सेवा सञ्चालनमा ल्याउने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ ।

अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ ।

सो अवसरमा नगरप्रमुख घनश्याम गिरीले प्राथमिक अस्पतालको परिसरमा नगरपालिकाले थप १५ श्ययाको अस्पताल बनाउन सुरुआत गरेको जानकारी दिँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनका लागि सहयोग गरेकामा धन्यवाद दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा उच्च प्राथमिकता दिँदै लगानी गरिरहेको जानकारी दिनुभयो ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलायसिस सेवा सञ्चालन हुने जनाइएको छ । आगामी छ महिना भित्रनै उक्त सेवा सुचारु हुने उक्त कमिटीका अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो ।

‘प्राथमिक अस्पताल थानकोट’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल गत हप्ता शिलान्यास गरिएको थियो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।

गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । कर बाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ ।

‘चन्द्रागिरिलाई सहयोग जारी रहन्छ’

यसैबीच नगरप्रमुख गिरी, उपप्रमुख उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसआइडी० का उच्च पदस्थ पदाधिकारीका बीचमा छलफल भएको छ । बुधबार सम्पन्न भएको सो छलफलमा नगरप्रमुख गिरीले हाल नगरपालिकाले वातावरण संरक्षणमा गरिरहेको कामसहित नगरका गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा युएसआइडी प्रशासन सहायक सेनन ग्रिनले युएसआइडीले चन्द्रागिरि नगरपालिकालाई प्रदान गर्दै आएको सहयोग जारी रहने जानकारी दिँदै अगामी दिनमा थप सहयोगका बारेमा यस्ता छलफलले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले युएसआइडीको आर्थिक एवं प्राविधिक सहयोगमा स्वच्छ हावासम्बन्धी परियोजना कार्यान्वयन गरिराखेको बताउनुभयो ।

सो अवसरमा नगरपालिकाले कार्यक्रम कार्यान्वयनमा देखाएको तत्परतालाई युएसआइडीका प्रतिनिधिले धन्यवाद दिएका थिए । परियोजनाअन्तर्गत जस्तै सवारी साधनको वायु गुणस्तर जाँच र हरियो ‘स्टिकर’ प्रदान, सवारीमा ‘डस्टबिन’ राख्न प्रेरणास्वरूप चेतनामूलक ‘स्टिकर ’ टाँस, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम र घरघरमा परिचालन गर्ने काम नगरपालिकाले गरिराखेको छ । यसैगरी सरसफाइकर्मीलाई अभिमुखीकरण र वायु गुणस्तर र फोहरमैला सचेतनाका लागि नागरिक सञ्जाल गठन परिचालन र पैरवी, इन्डक्सन चुलो वितरणसमेत नगरपालिकाले गरिराखेको छ । रासस

बिहिबार, माघ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.