• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

महानगरका ‘बर्थिङ सेन्टर’बाट एक सय २६ जनाले लिए सेवा

  •  बिहिबार, माघ ११, २०८० मा प्रकाशित

भरतपुर (चितवन) । चितवनको भरतपुर महानगरपालिकाभित्रका ‘बर्थिङ सेन्टर’बाट यो आर्थिक वर्षमा एक सय २६ जनाले प्रसूति सेवा लिएका छन । महानगरका पाँच स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टरबाट पुस मसान्तसम्म एक सय २६ जनाले सेवा लिएका हुन् ।

मेघौली स्वास्थ्य चौकीबाट ४५, जगतपुर स्वास्थ्य चौकीबाट २३, गुन्जनगर स्वास्थ्य चौकीबाट ३४, शारदानगर स्वास्थ्य चौकीबाट १६ र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट आठ जना महिलाले प्रसूति सेवा लिएका छन । गत वर्ष यी स्वास्थ्य संस्थाबाट दुई सय २४ जनाले प्रसूति सेवा लिएका थिए ।

महानगरका सबै स्वास्थ्य संस्थामा सुत्केरी गराउन तालिमप्राप्त स्वास्थ्यकर्मी राखिएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताउनुभयो । स्वास्थ्य संस्थामा चौबीसै घण्टा सेवा उपलब्ध रहेको भन्दै उहाँले महानगरले प्रसूति सेवा लिन आउनेलाई एम्बुलेन्स खर्चको समेत व्यवस्था गरेको जानकारी दिनुभयो । “रु दुई हजारसम्म एम्बुलेन्स खर्च उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “जन्मदर्ता प्रमाणित गरेपछि वडाबाटै रकम प्राप्त गर्न सकिन्छ ।” यसबाहेक सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको आठपटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएको आठ सय र सुत्केरी गराएबापतको रु दुई हजार पनि उपलब्ध गराउँदै आएको भट्टले बताउनुभयो ।

सुत्केरी भएपछि पनि स्वास्थ्य संस्थाबाट तीन दिन, सात दिन र छ हप्तामा स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा प्रदान गर्ने गरेका छन् । गुञ्जनगरबाहेक सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने महिलाका लागि निःशुल्क प्रयोगशालाको व्यवस्था गरिएको अधिकृत भट्टले राससलाई बताउनुभयो ।

मेघौली स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयम्सेविका बिष्णुमाया राना थापाले गरिब विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारबाट प्रसूति सेवा लिनका लागि आउने गरेको बताउनुभयो । पछिल्लो समय शल्यक्रिया गरेर प्रसूति हुने दर बढेका कारण पनि बर्थिङ सेन्टरबाट सेवा लिने घटेको बताउनुभयो ।

सामान्य अवस्थामा भरतपुर अस्पताल जानु नपर्ने भन्दै स्थानीयस्तरबाटै सेवा लिन नागरिकलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ । मेघौली स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिनुभएकी भरतपुर–२८ की कमली कुमालले यहाँ राम्रो सेवा पाएको बताउनुभयो । उहाँले आफूले यहाँ नै नियमित गर्भजाँच गराएको भन्दै रातको समयमा पनि स्थानीय स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेपछि खुसी लागेको बताउनुभयो । रासस

बिहिबार, माघ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.