• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अपाङ्गता भएका व्यक्तिहरूको बृहत् यौनिकता शिक्षाको पहुँच सुनिश्चित गर्न माग

  •  बुधबार, माघ १७, २०८० मा प्रकाशित

भेरीगङ्गा (सुर्खेत) । अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि पैरवि गर्दै आएका विभिन्न सङ्घसस्थाले कर्णाली प्रदेश सरकारलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घको अगुवाइमा उनीहरूले सबैका लागि बृहत् यौनिकता शिक्षामा पहुँच सुनिश्चित गर्नु सुझाव दिएका छन् ।

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि बृहत् यौनिकता शिक्षा आवश्यक भएको जनाउँदै माध्यमिक तहमा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई ऐच्छिक बनाइएको भए पनि किशोरकिशोरी यौन र यौनिकताबारे अनुसन्धानमा आधारित सिकाइबाट बञ्चित रहेको उल्लेख गरिएको छ । विभिन्न प्रकारका अपाङ्गताका लागि सबै सिकाइ सामग्री पहुँचयोग्य ढाँचामा विकास गरिनुपर्ने सुझाव दिइएको छ ।

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९ ले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि समावेशी सूचना, शिक्षा र सञ्चार सामग्री अपाङ्गतामैत्री मापदण्डहरू सिफारिस गरेको जनाउँदै समावेशी सूचना, शिक्षा, सञ्चारलाई अपनाएर चेतना र ज्ञान बढाउनतर्फ कार्यक्रम बनाउनसमेत सुझाव दिइएको छ ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकारको दायराभित्र जानकारी र हेरचाह प्रदान गर्न टेलिहेल्थ सेवाको प्रयोग सुरु तथा विस्तार गर्नुपर्ने जनाउँदै यसले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पूरा गर्न प्रतिवादन गर्ने सुझावमा उल्लेख गरिएको छ । त्यसैगरी सम्मानजनक र मर्यादित हेरचाहका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने, यौन तथा प्रजनन स्वास्थ्यका लागि स्वहेरचाहका कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवालाई थप पहुँचयोग्य बनाउन हालका कानुन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ । स्थानीयस्तरका हरेक निकाय र संस्थामा अपाङ्गता भएका व्यक्तिलाई सदस्य राखिनुपर्ने भन्दै प्रत्येक मुद्दामा अपाङ्गताको सवाललाई समेटिनुपर्नेलगायतका सुझाव प्रदेश सरकारलाई दिइएको छ ।

यसैबीच अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको जनाउँदै यतातर्फ सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुले मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको बताएका हुन् ।

समूहगत छलफलमा सहभागी नेत्रहीन महिला अधिकारकर्मी सोमना खड्काले अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि समाजमा विभेद गर्ने गरिएको जनाउँदै त्यसमाथि पनि अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको बताउनुभयो । उहाँले कर्णालीमा महिनावारी भएको समयमा छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको भन्दै अपाङ्गता भएका महिलालाई झनै समस्या यो प्रथाले बनाएको बताउनुभयो ।

उहाँले गर्भवती परीक्षण गर्न तीन दिनको बाटो हिँडेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको ,अपाङ्गता भएका गर्भवती कसरी जाँच गर्न जान सक्छन् भन्दै प्रश्न गर्नुभयो । अपाङ्गता भएका गर्भवती कति हुन्छन् र कति छन् भन्ने कुनै निकायसँग तथ्याङ्क नरहेको उहाँले बताउनुभयो ।

नेत्रहीन युवासङ्घ नेपालका सचिव अर्जुन साउदले अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा अझै पनि अधिकार प्रत्याभूत हुन नसकेको बेला मुगुको छायाँनाथ रारा नगरपालिकाले केही सुधारका काम गरेकामा खुसी व्यक्त गर्नुभयो । नगरपालिकाले नेपालमै पहिलोपटक अपाङ्गता नीति बनाएको छ । नगरप्रमुख विष्णुकुमार भामले आफूहरूले पहिलोपटक अपाङ्गतासम्बन्धी नीति ल्याएको र यसलाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

पालिकामा साङ्केतिक भाषाको समेत सुरुआत गरिएको जानकारी उहाँले दिनुभयो । उहाँले पालिकाका ३१ विद्यालय र २९ स्वास्थ्य संस्थाको संरचनालाई अपाङ्गतामैत्री बनाइएको र पालिकाकामा रहेको सात सय अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको बताउनुभयो ।

यस्तै प्रदेश सरकारले स्वास्थ्यको सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउनेगरी नीति निर्माण गरिएको र यो नीतिले अपाङ्गता भएका व्यक्तिको पनि स्वास्थ्य सेवामा पहुँच पुग्ने दाबी गरेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले ७०सामुदायिक स्वास्थ्य एकाइ बनिरहेको र ४२ एम्बुलेन्समार्फत सेवा दिइरहेको जानकारी दिनुभयो । समूहगत छलफलमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रबिन खड्कालगायतको सहभागिता थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ५३ हजार ५२ अपाङ्गता भएका व्यक्ति रहेका तथ्याङ्क छ । रासस

बुधबार, माघ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.