• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बन्ध्याकरणमा पुरुषको ‘क्याम्प’ खाली

  •  बिहिबार, माघ १८, २०८० मा प्रकाशित

महोत्तरी । परिवारनियोजनका लागि महोत्तरीका भित्री गाउँ÷नगर बस्ती र अस्पतालमा सञ्चालित बन्ध्याकरण शिविर (क्याम्प) मा पुरुष क्याम्प खाली देखिएको छ ।

जिल्लाका मटिहानी, भङ्गाहा, मनराशिशवा, रामगोपालपुर र औरही नगरपालिकामा सञ्चालित क्याम्पमा पुरुषले सेवा लिन नपुगेकाले खाली देखिएको हो । शिविरमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि बन्ध्याकरणको व्यवस्थासहित चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको टोली परिचालन गरिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म पाँच नगरक्षेत्रमा सम्पन्न शिविरमा एक पुरुष पनि सेवा लिन नपुगेको कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिनुभयो ।

“हामीले एक महिना पहिलेदेखि पुरुष र महिलाका लागि बन्ध्याकरण शिविर सञ्चालन हुने भनेर प्रचारप्रसार ग¥याँै, सोअनुसार व्यवस्थापन पनि गरिएको छ तर सेवा लिन हालसम्म एकजना पनि पुरुष पुग्नुभएको छैन”, उहाँले भन्नुभयो, “शिविर क्षेत्रमा देखिने पुरुष पनि महिलालाई नै बन्ध्याकरण गराउन पो पुगेका छन् ।” पाँच नगरक्षेत्रमा सम्पन्न बन्ध्याकरण शिविरमा ३४९ महिलाले भने स्थायी बन्ध्याकरण (मिनिल्याप) गराएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तह र जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बन्ध्याकरण विशेष शिविर जारी छ । प्रादेशिक अस्पतालमा पनि हालसम्म बन्ध्याकरण गराउन एकजना पनि पुरुष नपुगेको बुझिएको छ । अस्पतालमा हालसम्म ७६ महिलाले मिनिल्याप गराएका छन् ।

शिविरमा पुरुष÷महिला दुवैलाई लक्ष्य गरेर विशेष क्याम्प सञ्चालन गरिए पनि पुरुष क्याम्पमा सहभागी जनशक्ति र अन्य तयारीले कुनै काम नपाएको कार्यालयका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक अम्विका दासले बताउनुभयो ।

जिल्लाका गौशाला, सम्सी, लोहारपट्टि, बलवा, पिपरा र जलेश्वरसहित स्थानीयतहमा शिविर सम्पन्न हुन बाँकी छ । यता प्रादेशिक अस्पतालमा भने निरन्तर यो सेवाको प्रबन्ध मिलाइएको जनाइएको छ । परिवार नियोजनको स्थायी बन्ध्याकरणमा पुरुष सहभागी नहुनु सुरक्षा शङ्का र आफूले बढी मेहनत गर्नेपर्छ भन्ने मानसिकता रहेको बुझिन्छ तर पुरुषका लागि बन्ध्याकरण अत्यन्त सरल, झन्झटरहित र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने हुने गरेको प्रमुख प्रशासक गुप्ताले बताउनुभयो ।

स्वास्थ्य सचेतना कार्यक्रममा यी विषयबारे निरन्तर जोड दिँदै आइए पनि बन्ध्याकरणमा पुरुषको सहभागिता नहुनु परिवार र समाजमा महिलाप्रतिको रुझान देखिने महिला अधिकारबारे पैरवी गर्ने महिला नेताहरूको प्रतिकृया छ । “बुझ्नु भएन, परिवार नियोजनको बन्ध्याकरणमा केही समस्या भए महिलाले नै भोगुन् भन्ने मानसिकता हो”, महिला अधिकारकर्मी भङ्गाहा–४ कि हिरा काफ्लेले भन्नुभयो, “के गर्नु ? आफैँले जन्माउनु र हुर्काउन पर्ने जिम्मेवारीले गर्दा महिला नै बन्ध्याकरणमा पुग्ने गरेका छन् ।’’ नगर्दा आफैँमाथि भार थपिने हुँदा पुरुष बन्ध्याकरणमा अनिच्छुक देखिएपछि महिला नै पुग्ने गरेका उहाँको भनाइ थियो । रासस

बिहिबार, माघ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.