• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण

  •  शनिबार, माघ २०, २०८० मा प्रकाशित

भोजपुर, २० माघ । जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक रु दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।

आठ परिवार बस्नेगरी निर्माण भएको आवास भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताललाई शुक्रबार हस्तान्तरण गरेको छ । भवन ब्राइट वुल÷युडी जेभीले निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको काम २०७८ भदौदेखि सुरु गरिएको थियो ।

एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कोभिडलगायत विभिन्न कारणले नौ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ । तोकिएको मापदण्डानुसार गुणस्तरीय तवरबाट भवन निर्माण गरेको युडि विल्डर्स निर्माण कम्पनीका प्रमुख उत्तम खड्काले बताउनुभयो । तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम गरेको भए पनि कोभिडका कारण नौ महिना म्याद थप्नुपरेको उहाँको भनाइ छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कामु आयोजना प्रमुख सुमनकुमार मिश्रले जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल थुलुङलाई भवन हस्तान्तरण गर्नुभएको हो । नर्सिङ आवास भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पतालका प्रमुख डा शिवजी रिजालले बताउनुभयो । आवास भवन नहँुदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसला थपेको उहाँको भनाइ छ ।

“नर्सिङ आवास नहँुदा सेवा प्रवाहमा धेरै कठिनाइ थियो”, प्रमुख रिजालले भन्नुभयो, “आवास नहुँदा बाहिर बस्नुपर्ने भएकाले रातको समयमा धेरै समस्या थियो, अब भने बिरामीलाई सेवा प्रवाह गर्न थप सहजता भएको छ ।” भवन निर्माणले अस्पतालको सेवा प्रवाहमा सहजता थपेको जनाउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भावी दिनमा यसको व्यवस्थापनका लागि अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताउनुभयो । भवन निर्माण सेवा प्रवाहमा थप सहजता भएको उहाँको भनाइ छ ।रासस

शनिबार, माघ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.