• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्तन क्यान्सर : लक्षण, कारण र निदान

  •  शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

स्तन क्यान्सर : लक्षण, कारण र निदान

विश्वमा नसर्ने रोगहरुमध्ये स्तन क्यान्सर पनि एक हो । स्तनको कुनै पनि भागमा रहेका कोष–कोषिका ( Cells) जब असामान्य किसिमले परिवर्तन भई तिनीहरुबाट बन्ने अनियन्त्रित तथा अनाबश्यक बृद्धिबाट बन्ने गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भन्न सकिन्छ । १० प्रतिशत भन्दा कम गाँठागुठीमा क्यान्सर पाईन्छ ।

स्तन क्यान्सर रोगका लक्षणहरु:
१. स्तन तथा काखीमा गिर्खा पर्नु ।
२. स्तनको छाला सुन्तलाका बोक्रा जस्तो देखिनुको साथै स्तनको आकार परिवर्तन हुनु ।
३. स्तनबाट लगातार हरियो, कालो, रातो तरल पदार्थ आउनु ।
४. स्तनको मुन्टो गाडिनु भित्र पस्नु ।
५. स्तनको मुन्टो वरिपरि चिलाउनु, र लामो समयसम्म निको नहुने घाउ हुनु ।

स्तन रोगको प्रकृति र प्रकारहरु:
मुख्यत: दुई प्रकृतिका हुन्छन् ।
धेरैजसो स्तन क्यान्सर दूध बनाउने ग्रन्थी, (Lobules) र दूधलाई बोकेर लिएर जाने नली (Duct) मा पाईन्छ । यी पनि दुई किसिमका हुन्छन् । एउटा ग्रन्थी भित्र त्यस्तै दूध बोक्ने नलीभित्रै रहन्छन् जसलाई (CARCINOMA INSITU) भनिन्छ ।
यसलाई ( NON INVASIVE BREAST CARCINOMA) भनिन्छ । अर्को ग्रन्थी र दूधको नलीबाट पनि बाहिर निस्कने क्यान्सर भनिन्छ जसलाई (INVASIVE CARCINOMA) भनिन्छ ।

विश्व र नेपालमा प्रमाणित विरामीहरुको अवस्था :
विश्वमा करिव २३ लाख जति स्तन क्यान्सर प्रभावित छन् । जसमध्ये ६ लाख पचास हजारको मृत्यु भईसकेको छ । सन् २०२० सम्म ७८ लाख स्तन क्यान्सरका विरामी ५ बर्ष भित्र पत्ता लागेको थियो । नेपालको सन्दर्भमा यसले स्तन क्यान्सरको भयावह अवस्था देखाउँछ । नेपालको सन्दर्भमा २०१२ मा (GLOBOCAN) ले गरेको सर्भेमा प्रत्येक १ लाखमा १४ जना स्तन क्यान्सर भएको पाइएको छ । यसैलाई आधार मान्ने हो भने पनि नेपालमा ५ बर्ष भित्र ३० हजार जति स्तन क्यान्सरका विरामी हुन्छन् ।

स्तन क्यान्सर पत्ता लगाउने विधि :
१.आफ्नो स्तन आफै परिक्षण गर्ने (BSE) Breast Self Examination.
२. नियमित स्वास्थ्य परिक्षण
३.Ultra Sound / Video X- ray ( गर्ने ४० बर्ष भन्दा कम उमेरलाई
४.Mamography ४० भन्दा बढी उमेरका महिलालाई (प्रत्येक बर्ष)
५. यी बाहेक (MRI) पनि गर्न मिल्छ ।

स्तन क्यान्सरको निदान :
FNAC स्तनमा भएका अस्वभाविक गिर्खाको मसिनो सुईले घोचेर निकालेको तरल पदार्थको (Cytology) गरी निदान गर्ने । (Histopathology) गिर्खाबाट सानु टुक्रा मासु निकालेर ( Trucut Bx,Incisional Bx,Excisional Bx) परिक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ ।

रोगका उपचारका तरिका :
मुख्य ४ किसिमका उपचार पद्धति हुन्छ ।
१. सर्जरी – सर्जरीको पनि (BCS) गरियो भने गिर्खा मात्र काटेर स्तन बचाईन्छ ।
( MRI Modified Radical Mastectomy) यसमा सबै स्तन फालिन्छ ।
२. केमोथेरापी
३. रेडियसन
४. हर्माेनल थेरापी
नेपालमा आजभन्दा २४ बर्ष अघि स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सय बेडबाट शुरु भई ४५० बेड भएको छ सोही अनुसार बार्षिक १ लाख भन्दा बढी बिरामीहरु इएम् मा आउँछन् । यसैगरी स्तन क्यान्सरका बिरामी पनि बढ्दो छ । यसको विस्तारको लागि प्रत्येक प्रदेशमा एक–एक वटा यस अस्पतालको शाखा विस्तार गर्नुपर्छ । उपचारको लागि आवश्यक जनशक्ति एकदमै कम छन् । दक्ष जनशक्तिको लागि राज्यले लगानी गर्नुपर्छ । यस अस्पतालले पनि दक्षजनशक्तिको लागि (Fellowship MCH) जस्ता कार्यक्रम सञ्चालन गरेको छ यसले थोरै भएपनि यस बिरामीको उपचारमा मदत पुग्छ ।

विरामीको उपचार पद्धतिमा आवश्यक नयाँ तथा प्रविधि सोही अनुसारको प्राविधिकहरुलाई (Training Refreshment Course) तथा विभिन्न अन्बेषणमा सामेल गरी दक्ष जनशक्ति उत्पादित गर्दै प्राविधिक क्षेत्रको विकास गर्नुपर्छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालको एक मात्र क्यान्सर बिरामीलाई एकीकृत रुपबाट सेवा दिने अस्पताल हो । यस अस्पतालले विभिन्न किसिमका क्यान्सर रोगीहरुलाई सोही विषयका विशेषज्ञबाट उपचार गराईन्छ । क्यान्सर आपंmै पनि एक किसिमको जटिल रोग भएकोले यसको उपचारलाई समय लाग्न सक्छ । यहाँ बिरामीलाई उपचार गर्न सरल छ । त्यसैले दक्षिण एशियामा यसलाई सफल अस्पतालको रुपमा लिईन्छ ।

लेखक डा.विश्वराम पौडेल सिनियर कन्सल्टेण्ट बे्रष्ट सर्जन तथा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवनको सर्जिकल अंकोलोजी विभागको प्रमुख हुनुहुन्छ ।

शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.