• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नेपालमै क्यान्सर रोगको निदान र उपचारमा अत्याधुनिक प्रविधि भित्रिसकेको छ

  •  मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित


नेपालमै क्यान्सर रोगको निदान र उपचारमा अत्याधुनिक प्रविधि भित्रिसकेको छ

कुनै समय यस्तो थियो, जुन घरमा परिवारका सदस्यलाई क्यान्सर लाग्थ्यो, त्यो अभिशाप झैँ हुन्थ्यो । क्यान्सर लागेको विरामी एकातिर छट्पटिने र आत्तिने, अर्कोतिर परिवारका अरु सदस्यलाई अर्को चिन्ता थपिने । कारण थियो,क्यान्सर लागेको बिरामीलाई बचाउन पनि नसकिने र उपचार गर्दा सबै सम्पत्ति सकिने धारणा । त्यो धारणा मात्रै नभई त्यतिखेरको समयको वास्तविकता थियो । कारण थियो क्यान्सर भनेको प्राणघातक र महंगो रोग हो र यो रोग लागेपछि विरामी बाँच्नै मुश्किल हुन्छ भन्ने ।

२५ वर्ष अगाडि नेपालमा क्यान्सरको उपचार सेवाहरु निकै पिछडिएको अवस्थामा थियो । तात्कालिन समयमा, उच्चस्तरीय र समग्र क्यान्सर उपचारका लागि आवश्यक प्रविधि र सुविधाहरू नेपालमा धेरै कम थिए । क्यान्सर उपचारमा प्रशिक्षित मानव स्रोतको पनि अभाव थियो । नेपालमा योग्य अंकोलोजिष्टहरू, नर्सहरू, र अन्य स्वास्थ्य पेशेवरहरूको संख्या अत्यन्तै कम थियो, जसले क्यान्सरका बिरामीहरूलाई उच्चस्तरीय र समग्र उपचार प्रदान गर्ने क्षमतामा सीमितता थियो।
उपलब्ध उपचारहरूमा मुख्यरूपमा सर्जरी र केही पारम्परिक चिकित्सा पद्धतिहरू समावेश थिए । विकिरण चिकित्सा र केमोथेरापी जस्ता आधुनिक उपचारहरू पहुँच भित्र नभएकोले धेरै बिरामीहरूले उपचारका लागि विदेश जानु पर्ने अवस्था थियो । क्यान्सरको निदान र उपचारमा आवश्यक पर्ने उन्नत प्रयोगशाला सुविधाहरू पनि न्यून थिए । नेपालमा क्यान्सर सम्बन्धि चेतना र शिक्षा पनि पर्याप्त रूपमा विकसित नभएको कारण धेरै बिरामीहरू उपचारको लागि ढिला पुग्थे, जसले उपचारको सम्भावना कम गथ्र्याे।

२५ वर्ष अघि स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग क्यान्सर क्षेत्रमा काम गर्नेप्रति सबैभन्दा कम चासो थियो किनभने यो चिकित्सा क्षेत्रमा सबैभन्दा कम सफलताका कथाहरू थिए । डाक्टरहरू आफ्नो करियरकोरूपमा यस विशेषतालाई लिन तयार थिएनन् । क्यान्सर उपचारको अवस्था चुनौतिपूर्ण थियो र यस क्षेत्रमा धेरै सुधारको आवश्यकता थियो। मेरो करियर योजना नेपालमा काम गर्ने र नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान गर्ने थियो। सन् १९९७ तारिख जब म नेपालमा स्नातकोत्तर तालिम लिँदै थिएँ । मैले यस चिकित्सा क्षेत्रमा एक ठूलो शून्यता महसुस गरें । मैले यस चुनौतिलाई स्वीकार गर्ने निर्णय गरें र क्यान्सर विशेषज्ञ बन्नको लागि भारतमा मेडिकल अंकोलोजीमा डक्टरेट तालिम प्राप्त गर्ने निश्चय गरें ।

राजीब गान्धी क्यान्सर संस्थान,नयाँ दिल्लीमा मेडिकल अंकोलोजीको तालिमको क्रममा, मैले नेपाली क्यान्सर बिरामीहरू र उनीहरूका परिवारहरूले भारतमा उपचारका लागि आउँदा भोग्नु परेको पीडा र निराशा देखें । उनीहरूका कथाहरूमा झल्किएको यो यातना र निराशाको भावनाले मलाई गहिरो रूपमा प्रभावित गर्यो, र मैले निश्चय गरें कि मलाई नेपाल फर्केर नेपालमै अत्यधुनिक क्यान्सर अस्पतालको स्थापनाको सपना साकार गर्नुपर्छ ।
मेरो दृष्टिकोण नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरको क्यान्सर उपचार प्रदान गर्ने एउटा आधुनिक नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र स्थापना गर्नु थियो। यस सपनाको मूल मान्यता यो हो कि कुनै पनि नेपालीले विश्वस्तरीय क्यान्सर उपचारका लागि विदेश जानु पर्ने आवश्यकता हुनु हुँदैन ।

यो कल्पना गरिएको अस्पताल,जहाँ उन्नत उपचार प्रविधिहरू र सुविधाहरू एकै छानामुनि उपलब्ध हुनेछन् । यसमा रोगको निदान, उपचारहरू जस्तै: विकिरण चिकित्सा, केमोथेरापी, शल्य चिकित्सा, उबििष्बतष्खभ अबचभ लगायतका विविध सेवाहरू उपलब्ध हुनेछन्। यस सपनाको अर्को महत्वपूर्ण पक्ष अनुसन्धान पनि हो । यो केन्द्रले नेपालका विशिष्ट क्यान्सर प्रवृत्तिहरू बुझ्न मात्र होइन, विश्व क्यान्सर अनुसन्धानमा पनि योगदान गर्नेछ । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थाहरू सँगको सहकार्यद्वारा, यस केन्द्रले नवीन उपचारहरूमा अग्रणी हुने लक्ष्य राख्नेछ । यो अस्पतालको स्थापना स्वास्थ्य सेवामा समानताको दिशामा पनि एउटा कदम हो, किनकी यसले सबै नेपाली नागरिकहरूलाई सस्तो मूल्यमा उच्च (गुण स्तरीय उपचार प्रदान गर्ने लक्ष्य राख्छ । आर्थिक बाधाले कसैलाई पनि सर्वोत्तम सम्भव उपचार प्राप्त गर्न बाट रोक्नु हुँदैन।

यस केन्द्रमा, बिरामीहरूले उपचार मात्र पाउँदैनन्, तर मनोवैज्ञानिक सहयोग, पोषण सल्लाह, र पुन:र्वास सेवाहरू पनि प्राप्त गर्नेछन्, जसले क्यान्सर उपचारमा समग्र दृष्टिकोण सुनिश्चित गर्दछ । यसैगरी, केन्द्रले क्यान्सर चेतना र रोकथामका लागि समुदायसँग जोडिएका कार्यक्रमहरू सञ्चालन गर्नेछ, जसले नेपालमा क्यान्सरको प्रसार कम गर्ने उद्देश्य राख्छ । मेरो सपना नेपालमा क्यान्सरबाट प्रभावित व्यक्तिहरूको जीवन सुधार गर्ने प्रतिबद्धताबाट प्रेरित छ । यो अस्पताल र अनुसन्धान केन्द्र आशाको प्रतिक र नेपालले हासिल गर्न सक्ने स्वास्थ्य सेवाको प्रगतिको एउटा साक्षीको रूपमा रहनेछ । मैले भारतबाट फर्के पश्चात् Nepal Cancer Relief Society र Rotary International को संयुक्त प्रयासबाट स्थापित भक्तपुर क्यान्सर अस्पतालको विकासमा योगदान गर्ने मौका पाएँ । त्यस संगठनका मेडिकल निर्देशकको रूपमा मेरो कार्यकालका दौरान, मैले नेपालमा क्यान्सर उपचारको परिदृश्यलाई अझ नजिकबाट हेर्ने ठूलो अनुभव प्राप्त गरें ।

तर त्यति बेला, एनजीओ मार्फत अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल स्थापना गर्न आर्थिक स्रोत र साधनहरूको अभावका कारण सम्भव थिएन । यो कठिनाइले मलाई निजी क्षेत्रमा
Nepal Cancer Hospital and Research center स्थापना गर्न प्रेरित गर्यो । काम सजिलो थिएन, कुनै बजेटकोष थिएन, कुनै अनुभव पनि थिएन, केवल मेरो आत्मविश्वास मात्र थियो । यदि तपाई सही कारणको लागि हुनुहुन्छ भने निश्चितरूपमा भगवानले सहयोग गर्नुहुन्छ । हाम्रो सपना साकार पार्न सबैतिरबाट सहयोग प्राप्त भयो।

ईस्वी सन् २०१५ मा ५० बेडको क्यान्सर अस्पतालको सुरुवातमा भएको थियो, र ईस्वी सन् २०१७ मा नेपालको पहिलो उच्च प्रविधि रेडियोथेरापी मेसिन, ट्रुबिम २ जडान गर्दा यसले क्यान्सर अस्पतालको पुर्णता पाएको थियो। यो नै त्यो वर्ष हो जब नेपाल आधुनिक क्यान्सरको उपचार को नयाँ युगमा प्रवेश गरेको थियो, वास्तवमा गौरवको क्षण थियो । हाल यो अस्पताल सय बेडको आधुनिक अस्पतालको रुपमा सेवा प्रदान गरि आइरहेको छ । क्यान्सर उपचारका सबै प्रकारका उपचार विधिहरू जस्तै रेडियोथेरापी, मेडिकल अंकोलोजी, Peadiatric Oncology, हेमाटोअंकोलोजीले सबै प्रकारका केमोथेरापी सेवाहरू प्रदान गर्दछन् भने targetted Therapy र इम्युनोथेरापी सेवाहरू पनि दिइन्छ । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा अब सबै प्रकारका क्यान्सर सर्जरीहरू उपलब्ध छन्।

क्यान्सर बिरामीहरुलाई दिइने सम्पूर्ण सेवाहरु एकै छानामुनि दिने उद्देश्यले हामीले नेपालमै पहिलो पटक विभिन्न विशिष्ट सेवाहरु शुरु गरिसकेका छौं । जस्तै : Interventional Oncology Clinic, Onco Genetic Clinic, Pain & pallative Clinic, Breast Care Clinic,Survivorship Clinic , Psycho Oncology Clinic,Interventional pain Management Clinic, Speech and Swllaow Clinic , Home care service , Diet and Nutrition Clinic ,Clinical Pharmacology Services आदि हुन् । यसै गरि, क्यान्सर शुरुको अवस्थामा नै पत्ता लगाउन नियमित रुपमा Cancer Screening Clinic संचालन भईरहेको छ । Molecular Laboratory with PCr Immunohistochemistry सेवा पनि सुरु गरिएको छ ।

त्यसैगरी, जटिल केस उपचारको लागि नियमित रूपमा ट्युमर बोर्ड र मोलिक्युलर ट्युमर बोर्डको व्यवस्था गरिएको छ, जहाँ विशेषज्ञहरू एकसाथ बसेर बिरामीहरूको लागि सम्भव भएसम्मको उत्तम उपचार समाधान प्रदान गर्ने गर्छन् । स्थापनादेखि नै यो अस्पतालले गुणस्तरीय हेरचाह र सुरक्षालाई प्राथमिकता दिएको छ । यसले एकै छानामुनि सबै प्रकारका क्यान्सरका निदान र क्यान्सरको उपचार प्रदान गर्दै आएको छ । यो संस्थाले आफ्नो समर्पित अनुभवी क्यान्सर विशेषज्ञको टीम द्वारा क्यान्सर सेवाहरू प्रदान गर्दै आएको छ । अस्पतालले आफ्नो नारा नेपाली क्यान्सर बिरामीको उपचार नेपालमै न्याय गर्न सफल भएको छ ।

यो संस्था शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्न सक्रिय रहेको छ र देशभित्र र बाहिरबाट आएका विभिन्न क्लिनिकल र गैरक्लिनिकल विद्यार्थीहरूलाई तालिम दिइन्छ । यस अस्पतालको शैक्षिक तथा अनुसन्धान विभाग द्वारा शैक्षिक र अनुसन्धान क्रियाकलापहरूलाई संस्थाभित्र, देशभित्र तथा बाहिरका विभिन्न संस्थाहरूसँग सहकार्य गरेर काम गरिरहेको छ ।

आफ्ना सेवाहरूलाई केवल अस्पताल परिसरभित्र सीमित नराख्दै, यो संस्था आफ्नो भगिनी संस्था नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारको लागि सहयोगी हातहरूको मद्दतले विभिन्न क्यान्सर निवारण क्रियाकलापहरूमा सक्रिय रहेको छ । यी क्रियाकलापहरू केवल काठमाडौंमा मात्र सीमित छैनन्, तर नेपालका दूरदराजका गाउँहरूमा पनि फैलिएका छन् । यो संस्था क्यान्सर जागरूकता र क्यान्सर स्क्रिनिङमा धेरै सक्रिय छ,विशेष गरी महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको ,जुन नेपालका महिलाहरूमा सबैभन्दा बढी हुने क्यान्सर हुन् ।

यस प्रकारका क्रियाकलापहरूले सार्वजनिक रूपमा क्यान्सर सधैं घातक रोग होइन भन्ने कुरा जान्न सहयोग पर्‍ुयाएको छ, यसलाई रोक्न सकिन्छ, र यो उचित उपचारसँग संगै निको पार्न सकिन्छ । रोकथामका उपायहरू र शीघ्र निदानका तरिकाहरूले पहिले भन्दा पहिला चरणमा नै मानिसहरूलाई निदान गर्न सहयोग गरेको छ । यसले समुदायमा यस रोगको त्रासलाई केही हदसम्म कम गरेको छ । यसैगरी, यो संस्था आफ्नो भगिनी संस्थामार्फत ( Cancer Survivors) क्रियाकलापहरू गर्न देशमा अग्रणी रहेको छ । यसले क्यान्सर निको हुनसक्ने र क्यान्सरपछि पनि जीवन रहेको सन्देश देशभरि फैलाउन मदत गरेको छ । यी क्रियाकलापहरूले बिरामी र उनीहरूको परिवारलाई यो डरलाग्दो रोगसँग लड्न मद्दत गरेको छु ।

नेपालको क्यान्सर नियन्त्रण क्षेत्रमा सरकारी अस्पताल,गैरसरकारी संस्था र अन्य सरोकारवालाहरूले सबैले आ–आफ्नै ढंगले काम गरिरहेका छन् । तर तिनीहरूबीच समन्वय र एकरूपता हुन सकेन । सीमित स्रोत भएको देश जस्तै नेपालले सार्वजनिक–निजी साझेदारी अपनाउनु उचित हुन्छ। यसले क्रियाकलापहरूलाई अझ प्रभावकारी बनाउँछ । नेपाल क्यान्सर अस्पताल यस अवधारणामा विश्वास राख्छ र त्यसैले विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूसँग निकट सहकार्य गर्दै आएको छ ।

हाम्रो हालैको योजना यस वर्ष भित्र बोनम्यारो प्रत्यारोपण शुरु गर्ने हो । साथै, हाम्रो रेडियोथेरापी सेवालाई (SBRT) क्षमतासम्म विस्तार गरिने छ, जुन उपलब्ध रेडियोथेरापी सेवाहरूमध्ये सबैभन्दा उच्च स्तरको हो। नजिकको भविष्यमा विस्तार योजना अन्तर्गत अस्पताललाई ३०० बेडको क्यान्सर अस्पतालमा उन्नत गर्ने हो, जसमा अत्यधुनिक अन्य सुविधाहरू जस्तै : RI PET/CT स्पेक्ट्रोमेट्री, न्यूक्लियर मेडिसिन,EBUS/,EUS/, लेजर शल्यक्रिया, रोबोटिक शल्यक्रिया उपलब्ध हुनेछन् ।

यस अस्पतालको सफलताको कथाले अवश्य धेरै अन्य डाक्टरहरूलाई अंकोलोजीमा करियर बनाउन प्रेरित गरेको छ, त्यसैगरी धेरै अन्य अस्पतालहरूलाई पनि अंकोलोजी सेवामा लगानी गर्न प्रेरित गरेको छ । यसको परिणामस्वरूप, निजी र सरकारी दुवै क्षेत्रमा नवीनतम रेडियोथेरापी सुविधाहरू सहितका धेरै केन्द्रहरू स्थापित भएका छन् । त्यसैगरी, बोनम्यारो प्रत्यारोपण सेवाहरू सिभिल अस्पतालमा शुरु भएका छन् र लिभर प्रत्यारोपण पनि केही सार्वजनिक र निजी केन्द्रहरूमा शुरु भएको छ । (PET) स्क्यान अब उपलब्ध भएको छ,जसले क्यान्सरको निदानलाई अझ सुदृढ बनाएको छ । त्यसैगरी, हड्डी स्क्यान,थाइरोइड स्क्यान,थाइरोइड एब्लेशन थेरापी सेवाहरू पनि निजी सेटअपहरूमा शुरु भएका छन् । यसै गरि केही क्यान्सर को सर्जरी गर्दा प्रयोग गर्नै (HIPEC Therapy) शुरु भएको छ ।

त्यसैगरी, केही केन्द्रहरूमा इम्युनोहिस्टोकेमिस्ट्री र मोलिक्युलर निदानका कामहरू शुरु भएका छन् । यी नवीनतम क्यान्सर निदान सेवाहरू हुन । तर, अधिकांश मोलिक्युलर निदान, विशेषगरी नेक्स्ट जेनेरेशन सिक्वेन्सिङको लागि हामीले आफ्नो सेवाहरू भारतमा पठाउनु पर्दछ । तथापि, यस सेवाको लागि बिरामीलाई देश बाहिर यात्रा गर्नुपर्दैन, बिरामीको रगत वा बायोप्सी नमुनाहरू भारतका ती प्रयोगशालाहरूमा पठाईन्छ,जुन सहज समयसीमामा प्रदान गर्दछन्।

क्यान्सर औषधिको उपलब्धताको विषयमा,अधिकांश क्यान्सर औषधिहरू अब नेपालमा उपलब्ध छन् । जुन औषधिहरू अझै पनि उपलब्ध छैनन्,ती पनि केही दिनभित्र उपलब्ध गराइन सक्छ । हाल प्रयोगमा ल्याइएका सबैभन्दा नवीनतम औषधिहरू जस्तै:(Targetted Therapy)औषधिहरू र इम्युनोथेरापी पनि बिरामीहरूमा प्रयोग गर्न उपलब्ध गराइन सक्छ । नेपाल भित्रै यी सबै सेवाहरू उपलब्ध भएकाले, अब कुनै पनि क्यान्सर बिरामीले आफ्नो क्यान्सर उपचारको लागि बाहिर यात्रा गर्नु पर्दैन । तथापि, केही क्यान्सरका रोगीहरूलाई केही खास कारणहरूका लागि बाहिर पठाउनु पर्नेहुन्छ,तर तिनीहरू धेरै छैनन् । उदाहरणका लागि केही बिरामीहरूलाई विशेष प्रकारको स्क्यान जस्तै : डोटा स्क्यान दुर्लभ क्यान्सरको लागि र प्रोस्टेट क्यान्सरको लागि (PSMA/ PET/ स्क्यान आवश्यक पर्दा उनीहरूलाई नेपाल बाहिर पठाउनु पर्छ, तर यस्ता बिरामीहरू धेरै छैनन् ।

यसैगरी, केही विशेष थेरापी जस्तै : रेडियो आइसोटोप थेरापी, साइबरनाइफ थेरापी, केही जटिल प्रत्यारोपण, केही शल्यक्रिया जुन रोबोटद्वारा गर्नुपर्ने हुन्छ , भने उनीहरूले अझै पनि देश बाहिर यात्रा गर्नुपर्छ । बाँकी बिरामीहरूलाई यसको आवश्यकता छैन । तथापि, विभिन्न कारणहरूका कारण नेपाल बाहिर जाने मानिसहरू छन, केहीलाई नेपालमा उपलब्ध क्यान्सर सेवाहरूको जानकारी नहुँदा, केही आफ्नो इच्छाले उत्तम उपचारको आशामा,केही सामाजिक दबाबमा, केही गोपनीयताका लागि, र केही त्यहाँ बस्ने आफ्ना आफन्तहरूका कारण ।

अन्त्यमा, म यो जोड दिन चाहन्छु कि क्यान्सर एउटा रोग हो र यो अब रोक्न सकिने र छिटो निदान भएमा निको पार्न सकिन्छ । यो नेपालमा सम्भव छ । कसैले पनि आफ्नो क्यान्सरको निदान र उपचारको लागि देश बाहिर जान आवश्यकता छैन । केवल केही बिरामीहरूले मात्र बाहिर जानुपर्छ, र यसको निर्णय क्यान्सर विशेषज्ञले गर्नेछन् । म ती सबैलाई अनुरोध गर्दछु जो आफ्ना नजिकका र प्रियजनहरूलाई क्यान्सर उपचारको लागि विदेश जान बाध्य पार्दछन् । उनीहरूले त्यसो गर्नुअघि क्यान्सर विशेषज्ञसँग परामर्श गर्न सुझाव दिनुहोस् । अनावश्यक यात्राले केवल राष्ट्रिय अर्थतन्त्रलाई मात्र कमजोर पार्दैन,तपाइँको सुझावले बिरामी र परिवारलाई पनि अनावश्यक,ठूलो कष्टकर दु:ख पुर्‍याउन सक्छ ।

लेखक डा.सुदिप श्रेष्ठ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धि, ललितपुरका कार्यकारी अध्यक्ष हुनुुन्छ ।

मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.