• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन

  •  शनिबार, फागुन ०५, २०८० मा प्रकाशित

भोजपुर । भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावा, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद सुनील शर्मा, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोकका अध्यक्ष अशोक राईको सहयोगमा गत पुस २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो ।

दुई पालिकामा सञ्चालन गरिएको शिविरबाट करिब दुई हजार दुई सय जनाले निःशुल्क सेवा लिएका अस्पतालका बजार व्यवस्थापक अधिकृत नवीन दाहालले बताउनुभयो । शिविरमार्फत सामान्य रोगको निःशुल्क औषधि वितरण थियो ।

शिविरका क्रममा जटिल समस्या भएका एक सय ७८ जना बिरामीलाई निःशुल्क शल्यक्रिया तथा थप उपचारका लागि रेफर गरिएको थियो । रेफर गरिएकामध्ये जटिल किसिमका बिरामीको शल्यक्रिया गरिएको दाहालले बताउनुभयो । शिविरबाट चिकित्सकसहितको टोलीले जनरल तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक कान घाँटी, न्यूरो फोक्सो, कलेजो, नसा रोगलगायतको उपचार सेवा प्रदान गर्नुका साथै औषधि वितरण गरिएको थियो ।

रिफर गरिएकामध्ये हालसम्म विभिन्न रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको बजार व्यवस्थापक दाहालले बताउनुभयो । सबै बिरामीको औषधिबाहेक सम्पूर्ण खर्च निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो ।

युरोलोजीको तीन, अर्थोपेडिक हार्डजोर्नीका चार, स्त्रीरोगतर्फ पाँच, नाक, कान तथा घाँटी एक, न्यूरो सर्जरी एक, जनरल सर्जरी तीन र मुटुको एक जनाको शल्यक्रिया गरिएको दाहालले जानकारी दिनुभयो । डेन्टलमा सात जनाको निःशुल्क उपचार भएको उहाँको भनाइ थियो । उनीहरुलाई शय्यामा भर्ना गरेर नै उपचार गरिएको अस्पतालले जनाएको छ ।

“शिविरबाट रिफर भएकामध्ये जटिल रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरेका छौँ”, दाहालले भन्नभयो, “बिरामीको औषधि र आवश्यक सामानबाहेक अस्पतालबाट शुल्क पूर्णरुपमा छुट गरेर सेवा प्रदान गरेका छौँ ।”

नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको सांसद बान्तावाले बताउनुभयो । उहाँका अनुसार रेफर गरिएकाको नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।

“उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामीण भेगका गरीब तथा विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ”, सांसद बान्तावाले भन्नुभयो, “डाक्टरले सिफारिस गरेका बिरामीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरेका हौँ । सबैलाई सजह रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।”

मुख्यरुपमा स्वाथ्य, शिक्षा, खानेपानी, सिँचाइ, कृषि, सडकसँगै अरुण र दूधकोशी नदीमा निर्माण भइरहेका पक्की पुललाई समयमा सम्पन्न गराउन पहल गरिरहेको सांसद बान्तवाले बताउनुभयो । पुल निर्माणपश्चात् आवतजावतलाई मात्र सीमित नराखेर यहाँका उत्पादनलाई बाह्य बजारसम्म पु¥याउनका लागि स्थानीय नागरिकलाई उत्पादनमुखीमा काम लाग्नका लागि उहाँले आग्रह गर्नुभयो । रासस

शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.