• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपाली औषधिको गुणस्तर अन्य देशभन्दा राम्रो छ : उपाध्यक्ष सन्तोष बराल

  •  बिहिबार, फागुन १०, २०८० मा प्रकाशित

नेपालमा उत्पादित औषधिको अन्तराष्ट्रिय बजारीकरण र विदेशका उद्योगमा हुँदै आएका नयाँ औषधि उत्पादन, परीक्षण, बजार माग आदिबारे जानकारी दिन नेपाल औषधि उत्पादक संघ (ऐपोन) ले आगामी फागुन २५ देखि २७ सम्म फर्मा एक्स्पो आयोजना गर्दै छ । एक्स्पोमा आधारित रहेर संघका उपाध्यक्ष सन्तोष बरालसँग गरिएको कुराकानी:

फर्मा एक्स्पोले औषधि उद्योगको विकासमा कस्तो टेवा पुग्ने ठान्नुहुन्छ ?

नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गर्न लागेको यो नवौं संस्करणको एक्स्पो हो । एक्स्पो प्रत्येक २–२ वर्षमा हुने गरेको छ । विगतमा नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने प्रश्न गरिन्थ्यो । त्यसको जवाफ दिन पनि फर्मा एक्स्पो जरूरी थियो । नेपाली औषधि उद्योगबाट उत्पादित औषधि कस्तो बनेका छन् भन्ने पनि चासोको विषय हो । यसका लागि कस्ता मेसिन प्रयोग गरिन्छ, कस्ता कच्चा पदार्थ प्रयोग हुन्छन्, ल्याब उपकरण कस्तो प्रयोग गरिएका छन् । भन्ने विषयमा जनमानस साथै सरकारमा बसेका सरोकारवालाई जानकारी दिने प्रमुख उद्देश्यले फर्मा एक्स्पो सुरूवात गरिएको हो ।

हामीले कस्तो सूचना प्रवाह गर्दैछौं ?

यसपालिको एक्स्पोमा विशेषता भनेको जाम्बियाबाट स्वास्थ्य सचिव, औषधी व्यवस्था विभागका डिजीसहित चार जनाको टोली आउने सूचना पाएका छौं । उनीहरुले ’नेपाल मेड’ औषधि अन्तराष्ट्रिय गुणस्तरका भएकाले आफ्नो देशमा आयात गर्ने अनुमतिका लागि एक्स्पो ’भिजिट’ गर्न लागेका छन् । उक्त टोलीले नेपालका ४ वटा उद्योग भ्रमण गर्ने तयारी भइरहेको छ । यसैगरी भारत र चीनबाट प्राविधिक टोली आउँदैछन् । हामीकहाँ पनि अन्तराष्ट्रिय गुणस्तरका औषधि उत्पादन भइसकेका र बेच्न तयार भएको सूचना प्रवाह गर्नेछौं ।

आयात रोक्न कत्तिको सफल भएका छौं नि ?

नेपालमा औषधि उद्योगको इतिहास ३५ वर्ष बढी भइसकेको छ । यो अवधिमा नेपाली औषधि उद्योगले फड्को मारेका छन् । नेपालमा उत्पादन हुने मोलक्यिुलको बजार हिस्सा ७०–७५ प्रतशित पुर्याइसकेका छौं । यो सरकारको कुनै नीति नियम र कानुनले गरेको होइन । नेपाली उद्योगीले बजार रणनीति अपनाएर धेरै आयातलाई विस्थापन गर्न सफल भएका हुन् । सुरुमा उत्पादक उद्योगीले धेरै दुस्ख बेहोरे । अहिले डाक्टर, पारामेडक्सि लगायत स्वास्थ्यकर्मीले नेपाली औषधिलाई प्राथमिकता दिएर माया गरेकाले नै गुणस्तरमा हजार गुणा फड्को मार्न सफल छौं । आजको मितिमा नेपाली उत्पादनमा कुनै प्रश्न उठाउन पर्दैन । कहिले काहीँ बजारमा २–३ प्रतिशत औषधिको समस्या आउन सक्छ । यो विश्व स्वास्थ्य संगठनले पनि स्वीकारेको छ । ती ब्याचका उत्पादन बजारबाट फिर्ता लिने गरिएको छ ।

नेपाली उत्पादन अन्तर्रााष्ट्रय बजारसँग कत्तिको प्रतिस्पर्धी छन् ?

कतिपय औषधि भारतमा भन्दा नेपालमै सस्तोमा बनाउँछौं । सस्तोमा बजारीकरण गर्छौं । त्यहाँको भन्दा धेरै गुणस्तरीय छन् । हामीले उत्पादन गर्ने औषधिमध्ये १० प्रतशित संसारको सबैभन्दा सस्तो र गुणस्तरीय रहेका छन् । नेपालमा औषधि आयात गर्ने आयातकर्ताहरूले भारतको भन्दा सस्तोमा बेच्नुपर्छ भनेर किनिरहेका छैनन् । लार्ज भलुम प्यारेन्टेरल स्लाइन’का बोटल पनि आयात गर्न कम भएको छ । पारासिटामल र ओआरएस पुनर्जलीय झोलजस्ता वस्तु आयात नै बन्द गरिसकेका छन् । कतपिय ट्याबलेट, भिटामिन, मल्हमको पनि त्यस्तै अवस्था छ । पोलटिकिल स्टन्टबाजी’को प्रमुख उदाहरण हो, औषधि उद्योग । जनता शब्द प्रयोग गरेर र ’स्टन्ट’ सिर्जना गरेर सस्तो भन्ने नाममा राजनीति गर्ने केही व्यक्ति, राजनीतिक दल र उनीहरुसँग नजिक भएका र कर्मचारीको मिलेमतोेमा औषधि उद्योग सिध्याउन ठूलो खेल खेलिरहेका छन् । उनीहरुले औषधिबारे बुझ्दा पनि बुझ्दैनन् । कर्मचारीहरु बुझेर पनि बुझ्न चाहँदैनन् । राजनीतिक नेतृत्वले बुझे पनि बुझ पचाउने काम भइरहेको छ ’कमैले जनतालाई धेरै गरें’ भन्ने नाममा । मुलुकमा सरकार स्थिर छैन ।

औषधि उद्योग कत्तिको नाफामुखी छन् ?

अहिलेको स्थिित निकै नाजुक छ । नेपाली औषधि उद्योगमा समस्या छन् । केही औषधि उद्योग बन्द हुन लागेको अप्रत्यक्ष जानकारीमा आएको छ । करिब ८–१० वटा उद्योग बन्द भइसकेका छन् । यो स्थिति आउनुमा प्रमुख कारण सरकारको गैरजीम्मेवारी, राष्ट्र बैंकको अव्यवहारिक व्याज नीति राजनीतकि नेतृत्वको स्टन्टबाजी र केही कर्मचारीको लापर्बाही हो । यसमा ८० प्रतिशतभन्दा बढी दोषी सरकार नै हो । अर्को प्रमुख कारणमा इन्स्योरेन्स पोलिसी पनि हो । इन्स्योरेन्स कम्पनीले सरकारसँग होलसेल मूल्यमा पैसा लिने र उत्पादक कम्पनीसँग सस्तोमा औषधि लिएर जनतालाई झुक्याउने काम भइरहेको छ । उद्योगीले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग लगायतका जिम्मेवारी निकायलाई झकझक्याइरहेका छन् । तर, उनीहरु कानमा तेल हालेर बसेको अवस्था छ ।

अर्थतन्त्रमा औषधि उद्योगको योगदान कति छ ?

आजको मितिमा १ रुपैयाँ लिएर आएर ३ रुपैयाँमा बेच्दा हुने भ्यालु एडसिन (अतरिक्ति मूल्य) को सम्पूर्ण नाफा सरकारले मात्रै खाएको छ । तर त्यही सरकार औषधि उद्योगलाई सकाउन लागिरहेको छ । उद्योगमैत्री वातावरण अभावले औषधि कम्पनीहरु घाटा गइरहेको अवस्थामा नयाँ कम्पनी खोल्न दिनुको कारण के हो । राज्यको अनुगमन र मूल्यांकनबिना नयाँ खोल्न उद्योग खोल्ने स्वीकृति दिंदै जाने प्रवृत्तिले आर्थिकभार बढ्दै जान्छ । एउटै कच्चा पदार्थ प्रयोग गर्ने १० भन्दा बढी कम्पनीलाई लाइसेन्स नदिएको भए यो स्थिति आउँदैनथ्यो । यो कुरा सरकारले बुझ्नुपर्ने थियो र छपनि । संघ यस विषयमा बोलेको बोल्यै छ ।

बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.