• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मेडिकल सिटी र कनेक्टिभिटीको लागि चितवनमा फर्मा एक्स्पो

  •  शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

चितवन । चितवनमा यही फागुन २५ देखि चितवन प्रर्दशनी केन्द्रमा नेपाल फर्मा एक्स्पो आयोजना गरिदैछ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा फागुन २७ गते एक्स्पो सञ्चालन गर्न लागिएको हो । बिहीबार भरतपुरमा आयोजित पत्रकार भेटघाटमा चितवन मेडिकल सिटीको रुपमा विकसित जिल्ला र अन्य जिल्लाहरुको कनेक्टीभीटी भएकोले चितवनमै एक्स्पो गर्न लागिएको आयोजकले जनाएको छ ।

हरेक दुई बर्षमा हुँदै आइरहेको नेपाल फर्मा एक्स्पो सातौंदेखि लगातार चितवनमा नै हुँदै आएको हो ।
एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेज सहित ठूला चार वटा अस्पताल र अन्य २४ भन्दा बढी अस्पतालहरु रहेको भन्दै चितवन मेडिकल सिटीको रुपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले चितवन बुटवल–भैरहवा, वीरगञ्ज, पोखरा र काठमाण्डौं जस्ता नजिकका ठूला शहरबाट एकै दिन आउजाउ गर्न सकिने भएकाले एक्स्पो चितवनमा गर्न लागिएको बताउनुभयो । संयोजक रुङ्गटाले भन्नुभयो “चितवन राम्रो कनेक्टिभिटी भएको ठाउँ हो । यहाँ मेडिकल र प्राविधिक व्यक्तिहरुको उपस्थिति पनि राम्रो छ ।”

यो एक्स्पो प्रदर्शनी मात्रै नभए ‘नलेज डिष्ट्रिब्यूसन’ समेत भएको उहाँको भनाई छ । एक्स्पोका संयोजक रुङ्गटाले भन्नुभयो “एक्स्पोमा तीन दिनसम्म फर्मासिस्ट र मार्केटिङहरुलाई तालिम हुन्छ । यहाँ सीप र ज्ञानको आदान प्रदान गरिन्छ ।”

एक्स्पोका मिडिया संयोजक एवं संघका उपाध्यक्ष सन्तोष बरालले एक्स्पोमा रहेका १५० वटा स्टल बुक भईसकेको जानकारी दिंदै २० हजार हाराहारी प्राविधिले अवलोकन अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “एक्स्पोमा प्राविधिक सहित ठूलो संख्यामा सर्वसाधारणले अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।” नेपाली औषधिप्रतिको भ्रम चिर्नका लागि पनि एक्स्पो फलदायी हुने उहाँको भनाई छ ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालका औषधिहरु अन्तर्राष्ट्रियस्तरका उपकरण र कच्चापदार्थबाट बन्छ भन्ने कुरा बुझाउन पनि एक्स्पो आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालका औषधि कुनैपनि विदेशी कम्पनीभन्दा गुणस्तरमा कमजोर छैनन्, हामीले प्रयोग गर्ने प्रविधि, उपकरण र कच्चा पदार्थ र विदेशीले प्रयोग गर्ने एउटै हुन् ।” नेपाली औषधिहरु विदेशमा समेत निर्यात हुने गरेको भन्दै उहाँले विदेशीहरु समेत नेपालको औषधिप्रति रुचि राखेर एक्स्पोमा आउने उहाँले जानकारी दिनुभयो । विदेशी औषधि तथा उत्पादनका स्टल नभएर उनीहरुको प्रविधि, मेशिन,उपकरण लगायतका सामान प्रर्दशन गरिने उहांँले बताउनु भयो ।

६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको नेपाली औद्योगिक उद्योगले गत आर्थिक वर्षमा २९ अर्ब रुपैयाँ मात्रैको कारोबार गरेको भन्दै उहांँले सरकारको नीति व्यवसायी मैत्री भए नेपालको कुल मागको ९० प्रतिशत औषधिको माग नेपाली उद्योगले गर्न सक्ने प्रधानको भनाई छ ।

“नेपाली उद्योगले नेपालको मागको ९० औषधि उत्पादन गर्न सक्छौं ।” हाल नेपाली उद्योगहरु ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुनु परेको छ, प्रधानले भन्नुभयो “नेपाली औषधि उद्योगलाई राज्यको प्रबद्र्धन र संर्वद्धन र संरक्षणको खाँचो छ ।” भारतबाट भित्रिने औषधिको नियमन, निरीक्षण र दर्ता गरेका औषधि मात्र नेपालमा आपुर्ति भएमा नेपाली औषधिको बजारले राम्रो स्थान पाउने प्रधानको तर्क थियो ।

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.