• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रक्त क्यान्सर : पहिचान, प्रविधि र उपचार

  •  शनिबार, फागुन १२, २०८० मा प्रकाशित

रक्त क्यान्सर : पहिचान, प्रविधि र उपचार

परिचय :
मानव शरीरको लागि रगत अतिनै आवश्यक तत्व हो । विशेषत: रगतको काम कोषिकालाई ऊर्जा दिने तथा अक्सिजन पर्‍ुयाउनु हो । संगै रगतले विभिन्न किसिमका संक्रमण तथा अन्य रोगसंगै लड्न मद्दत पर्‍ुयाउंँछ । रक्त क्यान्सरले रक्तकोषिकाको उत्पादन कार्यलाई असर पुर्‍याउंँछ । खासगरी धेरैजसो रगतका क्यान्सरको शुरुवात रगतमाथि (Bone Marrow) बाट हुन्छ । साधारणतया रगत रक्तकोषिकाहरु परिणत हुन्छन । जस्तै: रगत (Red Qmem Cells) सेतो रक्तकोषिका (White Blood Cells), Platelets धेरैजसो रगतका क्यान्सरहरुमा रक्तकोषिका उत्पादन प्रक्रियालाई नराम्रो प्रकारका(Abnormal Blood Cells) रगत कोषिकाहरुले असर पुर्‍याइरहेको हुन्छन । त्यसैगरि यी नराम्रा किसिमका रक्तकोषिकाहरु अथवा क्यान्सर कोषिकाहरुले रक्त कोषिकाहरुको कार्यलाई असर पर्‍ुयाउंँछ । यसबाट प्रभावित हुने मुख्यतया: कार्यहरु संक्रमणसँंग लड्न नसक्नु तथा कुनै किसिमको रक्तश्रावलाई रोक्न नसक्नु नै हो । रक्त क्यान्सर धेरै किसिमका हुन्छन । जस्तै : Lymphoma ,Leukemia ,Myeloma.

रक्त क्यान्सरका कारणहरु:
–अनावश्यक थकाई
–रातमा पसिना धेरै आउने
–सजिलै रक्त श्राव हुने
–शरिरमा गाँठागुठी देखिनु
–फियो र कलेजो ज्वरो सुनिने
–अनावश्यक संक्रमण हुनु
–लगातार सङ्क्रमण हुनु
–स्वासप्रश्वासमा समस्या देखिनु
–छाती दुख्नु, पेट दुख्नु, ढाड दुख्नु
–रिंगटा लाग्नु
–सोच्ने शक्तिमा परिवर्तन आउनु
–मानसिक सन्तुलन गुमाउनु
–मुटुको चाल (धड्कन) बढ्नु
–अन्य

रक्त क्यान्सरका कारक तत्वहरु :
रक्त क्यान्सरको कुनै ठोस कारण नदेखिएको तापनि अरु क्यान्सर जस्तै रक्त क्यान्सर विकास हुनका लागि विभिन्न किसिमका तत्वहरु यसका कारक तत्व रहेको पाइएको छ । कुनै किसिमका रक्त क्यान्सर वंशाणुगत रोगले पनि हुन्छ । कमजोर प्रतिरक्षा प्रणाली रहेको अवस्था जस्तै :(HIV & AIDS) तथा अन्य औषधी सेवन (Corticosteroids).
–विकिरणहरुको सम्पर्कमा आउनु
–अंगप्रत्यायोजन भएका बिरामीहरुमा (Liver Transplant).
–रगतका अन्य समस्या देखिएका बिरामीहरुमा
–वंशाणुगत रोग (Genetic Disease) Down Syndrome.
–सुर्तिजन्य पदार्थको सेवन

रगत क्यान्सर रोगको पहिचान :
–रगत क्यान्सर सम्वन्धि लक्षण देखिएको खंण्डमा ढिलाई नगरी चिकित्सकको सल्लाह लिनु अति आवश्यक हुन्छ ।
–धेरैजसो बिरामीहरुले दिइएको जानकारी, बिरामीहरुको परिक्षण तथा अन्य कुनै कारणले गरिएको रगतको परिक्षणले पत्ता लागेको पाइएको छ ।
–शारिरीक परिक्षणमा रगतको क्यान्सर शंका गरिएका हरेक बिरामीमा शारिरीक परिक्षण अति अनिवार्य हुन्छ । यसको मुख्य उद्देश्य शरिरमा कतै कुनै किसिमको गाँठा देखिनु साथै कलेजो र फियो सुनिएको पत्ता लगाउनु हो ।
–रक्त क्यान्सर पत्ता लगाउनमा रगत जाँचलाई मुख्य आधार बनाईन्छ । रगत जाँचको क्रममा अधिक मात्रामा नरम्रा किसिमको रगतका कोषिका तथा क्यान्सरका कोषिका देखियो भने रक्त क्यान्सरको सम्भावित पहिचान गर्न सकिन्छ । यसपछि गरिने जाँचहरुमा रक्तमासीको जाँच (Bone Marrow Aspiration) लिम्फुमुख बायोप्सी (Genetic Analysis) हो ।

रक्त क्यान्सरको उपचार :
आजको २१ औ शताब्दीमा थुप्रै राम्रा किसिमका औषधिहरुको आविष्कार हुनु, रक्त क्यान्सरका बिरामीहरुका लागि बरदान सावित भएका छन ।
वास्तवमा भन्ने हो भने ३० वर्ष अगाडिको रक्त क्यान्सरको उपचारको अवस्था त्यति छैन । कतिपय किसिमको रगतको क्यान्सरहरुको ८० प्रतिशत भन्दा बढी बिरामीहरुमा क्यान्सर पुरै रुपमा निर्मुल रहेको पाइएको छ । रक्त क्यान्सरको उपचारमा केमोथेरापी मुख्य उपचार पद्दति हो । कहिलेकांँही उपचारमा विकिरण पद्धति (Radiotherapy) को प्रयोग गर्नुपर्ने हुन्छ ।
–अहिले चर्चामा रहेको रक्तमासी प्रत्यारोपण (Bone Marrow Transplantation) ले रक्त क्यान्सरका बिरामीहरुमा उपचारमा नयाँ आयाम थपिएको छ । संगै (Biological Therapy) जिवाणु प्रविधिले पनि ठुलो फड्को मार्ने देखिन्छ ।

रोकथाम:
अहिलेसम्माका अध्ययनहरुमा रक्त क्यान्सरका रोकथामका बारेमा केही सफलताको आधार देखाएको पाइएको छ ।
–माथि उल्लेखित रक्त क्यान्सरसंग सम्बन्धित कारक तत्वहरुसंँग टाढा वस्नु उचित ठानिन्छ । कहिलेकांँही कसैलाई यी रोगहको लक्षणहरु देखिएमा यथाशीघ्र क्यान्सर रोग विशेषज्ञसंँ सम्पर्क गर्न बुद्धिमानी देखिन्छ ।


लेखक डा.गुरु शरण साह वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा वरिष्ठ मेडिकल अंकोलोजिष्ठकोरुपमा कार्यरत हुुुनुहुन्छ ।

शनिबार, फागुन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.